ब्लग

हाम्रो सपना आर्थरलाई अमेरिकन आइडलमा बिजयी देख्ने !

हालै मेरो एउटा लेख brtnepal .com  मा प्रकासित भएको थियो  जसको एउटा अंश यहाँ प्रस्तुत गरेको छु . आज हुने अमेरिकन आइडलको ग्रान्डफिनालेमा दिबेस पोखरेललाई विजय बनाउनहामी  सबै एक जुट हौ। एउटा सपना जुन हामी सबै मिलि पुरा गर्न सक्छौ।  आउनुहोस यो कार्यमा तपाइँ हामी एक जुट हौ र एउटा नया ईतिहास लेखौ। 

अमेरिकन आइडलका निर्णायकहरुले (judges) समेत निक्कै राम्रो र प्रशंसनीय टिप्पणीहरू दिँदै आएका छन् दिबेस पोख्रेल अर्थात् आर्थर गनलाई । हालै भएको राउन्डमा समेत उसको राम्रो प्रशंसा गरिएको छ । त्यसैले उनी एक सफल र विजेता हुने लायकको कलाकार समेत भएको हुँदा र हाम्रो सानो प्रयासले नयाँ कीर्तिमान बन्छ भने हामी किन पछि पर्ने ?

टप टेनको प्रस्तुति पति निर्णायकगणले दिएको टिप्पणी यस प्रकार छ । जसमा क्याटीले उ आराम र शान्त देखिन्थे र श्रोता र क्यामेरामा दर्शकलाई आरार्सित गर्न सफल थिए । त्यसै गरी ल्यूकले भनेका थिए कि उ एक धेरै नरम/कम बोल्ने मान्छेबाट एक सम्भावित विशाल रेकर्डिङ कलाकारको रूपमा देख्न पाउँदा रमाइलो लागेको छ । लियोनेलले त झन् उसको तारिफ गर्दै भने कि उसले जुन गीत गाउँदछ त्यसमा आर्थर गन को स्ट्याम्प लाग्छ, र त्यो शैली र पहिचान हुनुपर्ने धारणा व्यक्त गर्छन् । अहिले उनी टप ७ मा पुगी सकेका छन् र अहिले उसको लागि दिनु पर्ने भोटिङ लाइन यस सप्ताहको लागि बन्द भई सकेको छ । अब मात्र एक सप्ताह छ ग्रान्ड फिनालेको लागि जसमा एउटा नयाँ किर्तिमानतय हुनेछ, र यो एउटा अवसर हो हामी सबैको लागि कि पहिलो पल्ट एउटा नेपाली छोरोलाई विश्वको सबै भन्दा ठुलो रियालिटी सो को विजेता बनाउने । जुन हामी सबैको लागि एकदमै महत्त्वपूर्ण घडी हो । आउनु होस् हामी सब मिली यो एउटा इतिहास कायम गरौँ । यसले हाम्रै जित हुनेछ र अमेरिका र विश्वले पनि नेपाल सगरमाथा र बुद्धको देश मात्र नभएर कला र सङ्गीतको देश पनि हो भनेर चिन्ने छन् ।