
Journalism
२८ औ ए एन ए सम्मेलनमा उत्कृष्ट वेव पत्रकारिता पुरस्कार प्रदान
२८ औ ए एन ए सम्मेलनमाअन्तरास्ट्रीय कविता प्रतियोगिताको नतिजा घोषणाका साथै उत्कृष्ट वेव पुरस्कार प्रदान
वोष्टन३ जलाई२०१० एएनएको वार्षिक सम्मेलनमा सम्पन्न गिरंदै आएको साहित्यिक कार्यक्रम वोष्टनमा सम्पन्न भएको छ । यस वर्ष नेपाली कविताको इतिहासमै सम्भवत अमेरिकी डलर एक हजार नगद पुरस्कार राखिएको कुविता प्रतियोगिता तथा अनेसासले हरेक बर्ष प्रदान गर्दै आएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नारायण जयन्ता सर्वोत्कृष्ट वेभ पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि अमेरिका स्थित नेपाली दुतावासका उप नियोग प्रमुख कालिप्रसाद पोखरेलहुनुहुन्थ्यो । कार्यक्रमको शुरुमा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रमकी संयोजिका तथा अनेसास बोस्टन च्याप्टरकी भारती गौतमले कार्यक्रमको वारेमा प्रकाश पारेकी थिइन ।
कविता महोत्सवकोको रुपमा आयोजित सो साहित्यिक कार्यक्रमको शुभारम्भ १०८ आत्मानन्द गिरीको मंगलाचरणबाट गरिएको थियो भने हालै दिवगन्त हुनुभएका साहित्यकार कृष्णचन्द्र प्रधानको आत्माको शान्तिका लागि एक मिनटको मौनधारण गरिएको थियो । कार्यक्रलाइ हेमन्त श्रेष्ठ र निलम कार्की निहारीकाले पालै पालो सन्चालन गरेका थिए ।
डा चिन्तामनी योगीको हातबाट एउटा भजनको सिडी विमोचन तथा प्रवचन पछि यस कविता महोत्समा एक हजार डलरको पुरस्कार प्रायोजन गर्ने टेक्सासका हेम पाठक र सरिता पाठकले यस प्रतियोगिता लगायत अन्य विधाहरुमा समेत गरेर बर्षको पाच हजार डलर बराबरको पुरस्कार दिने समेत जानकारी आफनो मन्तव्यको क्रममो जनाउनु भएको थियो । यस कविता प्रतियोगितामा विश्वका १२ देशका करिव तीन सय पचासको हाराहारीमा कविताहरु आएका थिए जस्को मुल्यांकन नेपालमा रहेका साहित्यकारहरुबाट गरिएको थियो ।
आजको यस कार्यक्रमको अर्को महत्व पुर्ण पुरस्कार अनेसासले हरेक बर्ष प्रदानगर्दै आएको नेपाली साहित्यको सर्वोत्कृष्ट वेव पत्रकारिताका लागि अनेसास नारायण जयन्ता प्रसाई पुरस्कार हाम्रो समाज डट नेटका संस्थापक तथा प्रधान सम्पादक धु्रव थापालाई कार्यक्रमको प्रमुख अतिथी पोखरेलको हातबाट नगद राशि तथा प्रमाण पत्र प्रदान गरियो । आज सम्म प्रदान गरिएको उक्त पुरस्कार पहिलो पल्ट अमेरिकाबाट सन्चालित पत्रिकाले पाएको हो जस्को प्रायोजन न्युयोर्ककी साहित्यकार कमला प्रशाईले गरेकीहुन ।
कार्यक्रमको दोस्रो चरणमा प्रतियोगितामा आएका उत्कृष्ट कविताहरु त्था उपश्थित प्रतियोगी तथा अप्रतियोगि कविहरुले आ आफनो कविता बाचन गरेका थिए भने उपश्थित हुन नसेका कविहरुको कविताहरु ऋमेरिकामै रहेकै विभिन्न कवि तथा कवियेत्रीहरुले बाचन गरेका थिए ।कविता प्रतियोगिताको लागि १२ देशबाट अंग्रेजी र नेपाली भाषामा जम्मा ३२० वटा कविताहरु प्राप्त भएका थिए । जसमध्ये ६ वटा श्रव्य र २ वटा दृष्य कविताहरु पनि परेका थिए । कविता मूल्याकंनका लागि प्रशिद्ध कवि एवं साहित्यकारहरु तुलसी दिवस, मंजुल, व्यञ्जु शर्मा, विक्रम सुब्बा र मोमिला रहेको एक निर्णायक समिति गठन गरिएको थियो ।
लगभग साडे तीन घन्टासम्म चलेको उक्त साहित्यीक कार्यक्रममा साईबाबाका भजन संग्रहको सिडीको समेत विमोचन गरिएको थियो । यस साहित्यीक कार्यक्रममा आठ बर्षका बालक देखि ८० वर्षकी बृद्धाले समेत कविता र संगीनी गाएर सबैलाई चकित पारेका थिए ।
नेपालका बरिष्ठ साहित्यकारहरुले जाचेको यस कविता प्रतियोगितामा विराटनगरका उमेश साम्पांग राईले मोनालिसा र मार्च ८ शिर्षकको कविताले प्रथम स्थान प्रदान गरेको थियो भने क्रमस भोजपुर नेपालकै सोमनाथ स ुवेदीको कविता अभाव र काभ्रे नेपालकै रमा अधिकारीले गास्नुपर्ने मनहरु शिर्षको कविताले प्राप्त गरेको थियो । त्यसैगरी अन्य दुइजान प्रतियोगिहरुलाई विशेष जुरी पुरस्कारको घोषणा संयोजक समितिका शुन्दर जोशीले गरेका थिए । कार्यक्रममा हेम पाठकले एक हजार राशिको पुरस्कारका साथमा प्रथम हुने कविको कृतिसमेत प्रकासन गर्ने घोषणा गरेका थिए भने मुल्यांकन समितिले छानेका उत्कृष्ट ३० वटा कविताहरुको संग्रहको प्रकासन विश्व परिक्रमाका संस्थापक तथा प्रमुख सम्पादक साहित्यकार गोविन्द गिरी प्रेरणा र यस बर्षको अनलाईन पत्रकारिता पुरस्कार प्राप्त गर्ने हाम्रो समाज डट नेटका संस्थापक तथा प्रमुख सम्पादक ध्रुव थापाको संयुक्त प्रकासनमा प्रकासित गर्ने घोषणा समेत गरिएको थियो ।Source: as published in various online and print Medias.
You must be logged in to post a comment.