स्वास्थ नै जीवन हो र हाम्रो स्वस्थ जीवन हाम्रो आहार, व्यहवार र संस्कारमा निहित छ। यदि हामीमा यी तीनकुराको राम्रो संयोजन रहे हाम्रो जीवन सुखमय हुनेछ। जसको बिस्तृत जानकारी र सिक्षा हाम्रो पुर्बिय दर्शनहरुमा ऋषि मुनीहरुले लेखेका छन् जुन अहिले पास्चात्य संस्कृति र जीवन शैलीले यसलाई प्रत्यक्ष रुपमै प्रभाव पारी रहेको छ। यो हाम्रै सिक्षा प्रणालीमा पुर्बिय सिक्षालाई महत्व नदिएको कारणले गर्दा हो भन्दा धेरैलाई गलत लाग्ला तर कटु सत्य यहि हो। हाम्रो संस्कृति र संकारमा अयुर्बेद्को ठुलो महत्व छ , तर समय संगै यसको महत्व अल्प सिक्षा र अज्ञानताले गर्दा दिन प्रतिदिन कम हुदै गएको छ। हामी सभ्यताको बिकाश पुर्बिय ज्ञान , संस्कार र धर्मसितै बिकसित हुदै आएको हो तर कालान्तरमा यसमा बाहिरिय प्रभाव पर्दै जादा र एउटा जाति, धर्म र संस्कृति अर्को संग समाहित हुदै जादानै आज को समाज , देस र राज्य स्थापना भएको हुन सक्छ , समय संगै धेरै कुरामा परिवर्तन हुदै गयो तर पनि हाम्रो अधिकांस जीवन शैली यसबाट अलग हुन् सकेको छैन। मात्र समय अनुसार यसको पूर्ण पालना हुन् नसकेको हो।

यस लेखमा म हाम्रो पुर्बिय दर्शनको ब्याख्या गर्न भने पटक्कै खोजेको होइन तर आफु पाक शास्त्रमा रुचि राख्ने भएको ले यसलाई अलिकति ब्याख्या गर्न पुर्बिय दर्शनलाई जोड्न खोजेको मात्र हु। जसको मुलभूत सुरुवात भनेकै आयुर्बेद हो र यो आयु को बिज्ञान हो जुन हाम्रो जीवनको हरेक पाटामा जोडिएको हुन्छ। त्यसैले यहाँ मात्र आंशिक जानकारीको लागि आयुर्वेदिक भोजन र हाम्रो जीवन शैलीलाई जोड्ने प्रयास मात्र गर्ने खोजिएको हो।

आयुर्वेदिक भोजन हामी पुर्बिय संस्कृतिको एउटा अभिन्न अंग हो र यसलाई हामी हाम्रो संकृति ,रिति रिवाज र चाड पर्व अनुसार जुन बिशेष भोज र भोजन ग्रहण गर्ने प्रथा छ त्यसलाई सामाजिक जीवनमा अयुर्बिग्य र ऋषि मुनिहरुले एउटा संस्कारको रुपमा हालेको हुन सक्छ। त्यसैले हामी हाम्रो चाड पर्व अनुसार र मौशम अनुसार के खाने के नखाने भन्ने जानकारी दिएको हुनसक्छ र सोहि अनुरुप हामी हाम्रो चाड पर्वमा बिसेष प्रकार र परिकारको भोजन बनाउने गर्छौ। तर कालान्तरमा यसको कमि हुदै जानु र यसको पूर्ण ज्ञान नहुनु जस्तो कारणले गर्दा र त्यस प्रकारको परिकार बनाउने सहि ज्ञान नहुदा हामीले ग्रहण गरेको अहिलेको भोजन पूर्णरुपमा आयुर्वेदिक भोजन भन्न नमिल्ने भएको छ। भोजन को सहि दोस र सहि सामाग्री को प्रयोग नहुदा यो अपूर्ण रहन्छ र यसले सरिरमा औषधिको काम नगरेर यसले सरिरमा नकारात्मक असर गर्न थाल्छ र हामीलाई आहार सम्बन्धि रोगहरु लाग्न थाल्छ। हाम्रो आफ्नै ज्ञान र शिक्षाको कमीले हामी हाम्रो भोजनलाई दोष दिने गर्छौ जुन सरासर गलत हो। जसरि हामी हाम्रो संस्कृति, रिति रिवाज र चाड पर्वको सहि अर्थ भुली रहेका छौ त्यसै गरि हामी हाम्रो जीवनको अभिन्न पाक विधाबाट पनि बन्चित हुदै गई रहेका छौ। जसले गर्दा अहिले फास्ट फूड कल्चरले हामीलाई आधुनिक हुन र सिको गर्न अग्रसर गराई रहेको छ भने अहिले आएर पश्चिमी मुलुकहरुमा अयुर्बिज्ञान र योग साधनाले त्यहाको मानिसलाई आकर्षित गरिरहेको छ।

हामी अहिले सन् २०१० को दसक पार गरेर सन् २०२० को दसकमा प्रवेस गर्दै छौ जसरि सन् २०१० पछिको दसकमा फेरी हामीले हाम्रो समाजमा योग, साधना र ध्यानलाई आधुनिक जीवन शैलीको रुपमा जीवनमा समाहित गर्न खोजेका छौ । राम देव जस्ता योग गुरु र आयुर्वेदिक सामग्रीको प्रचार प्रसारले विश्वमा हाम्रो जीवन शैली कतिको महत्वपूर्ण रहेछ भन्ने ज्ञान दिदै आएको छ। हाल विश्वको हरेक कुनामा पुर्बिय योग गुरुहरु विश्व प्रसिद्ध भएकाछन् भने हामी आफ्नै देशलाई आधुनिकी कारण गर्ने प्रयासमा हाम्रै धर्म, संस्कार र संस्कृतिको परित्याग गर्न लागि परेका छौ। साथै हामी फास्ट फुड कल्चरलाई आधुनिकताको नाम दिदै आफ्नो मौलिक खानालाई हेला गरि रहेका छौ।यहाँ हाम्रो सबै खाना राम्रो र स्वाथ्य कर छ भन्न खोजिएको पनि होइन तर हाम्रो खाना सहि सन्तुलित खाने हो भने धेरै राम्रो छ।

नेपालले २०२० भ्रमण बर्ष मनाउदा हाम्रो पुर्बिय संस्कृति र जीवन शैलीलाई पनि प्रचार प्रसार गर्न सके अझ धेरै पर्यटक नेपालमा भित्राउन सकिने छ। जसरि अहिले भारतमा पास्चात्य देसका पर्यटक योग साधना र पुर्बिय दर्शन र धार्मिक स्थान प्रति आकर्सित हुदै छन् ति पर्यटकलाई सहि रुपमा प्रचार प्रसार र पुर्बधार तयार गर्ने हो भने नेपालले धेरै पर्यटक नेपाल भित्राउन सक्ने छ र एउटा शभ्य संसारको पुन विकास हुने छ।

यो लेख मात्र अहिले को भ्रमण बर्षलाई प्रोत्साहन गर्न आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने र आयुर्वेदिक भोजन बारे जन प्रतिनिधि देखि जन समुदायसम्म लाई र ईको टुरिजम , होमस्टे र कल्चरल टुरिजम लाई समेत प्रोत्साहित गर्न लेखिएको हो । आयुर्वेदिक भोजन-प्रणाली को अर्थ विभिन्न, गेडा गुडी ,बीज, जड़ी-बूटिय प्राकृतिक मसालाको प्रयोग र सहि सन्तुलित र संयोजनले हाम्रो आहार स्वस्थ बर्धक बनाउनु हो, जुन मौशम , काल र स्थान अनुसार प्रयोगमा ल्याइन्छ। यसको प्रभावले सरिरको “ओजस” बडछ । यसमा हामी कुन खाध्य पदार्थ कसरी,कुन समय र मौशममा र कति खान्छौ त्यसको समेत महत्वपूर्ण जानकारी आयुर्वेदिक भोजन मा हुने गर्छ।

रासायनिक र अखाद्य पदार्थको प्रयोग र फास्ट फुड प्रकारको खाना जुन मिनटमै तयार हुन्छ त्यस प्रकारको खानाले हाम्रो सरिरमा बिभिन्न रोग उत्पन्न गर्न सक्छ। भनिन्छ नि समयमा फलेको फल फुल र बेमौसमको फलफूलमा धेरै फरक हुन्छ किनकी त्यसलाई आधुनिक रसायन प्रयोग गरेर जबस्जस्ती प्रकृतिको नियम बिपरित उब्ज्याएको हुन्छ र त्यसमा हुनु पर्ने सम्पूर्ण गुण हुदैन। अहिले को फास्ट फुड कल्चरले सबै भन्दा धेरै बाल बालिकामा असर गरेको जानकारी नेपाल जनस्वास्थ प्रतिष्ठानले समेत गर्दै आएको छ। त्यसैले जान स्तर र घर घर बाटै अब हाम्रो समाज र आउदो पुस्तालाई निरोगी स्वस्थ र सबल बनाउन अहिले बजारमा पाइने मिनट खाना र पी पदार्थलाई सके सम्म बाल बालिका , बिरामी र बृद्ध हरुबाट टाडा राखौ। उनीहरुलाई फाइदा हुन्छ भनेर चाउ चाउ को सुप र चिनीले भरिएको पेय पदार्थ देखि टाडा राखौ। कहिले काही स्वाद परिवर्तन र आपतकालीन अवस्थामा खान सबैले सक्छन तर यो नै जीवन शैली भने बनाउनु हुँदैन। अहिले हामीले स्वस्थ र निरोगी समाज बनाउने र आफ्नो सन्तानलाई हुर्काउने हो भने हाम्रै मौलिक खानालाई सहि , अर्गानिक, बिशक्ति मुक्त र समय अनुसारको खाना खाने बानी बसालौ। यसको लागि हाम्रो सोच र हाम्रो सामाजको मानसिकता बदल्न जरुरी छ। अहिले छिटो सजिलो र आधुनिकताको नाममा यी फास्ट फुड प्रति आकर्षित हुने गरेको पाउछौ। अहिले आधुनिकताको नाममा मानिसहरु चाहेर पनि आफ्नो व्यवहार र जीवन शैलीलाई परिवर्तन गर्न सकिरहेका छैनन्।हामी आफ्ना नजिकको साथी भाई सित भेट्दा होस वा कुनै बिरामीलाई हेर्न जादा होस सजिलो र प्रचलित चलन अनुसार हातमा बाटोको किनारमा कुनै मापदण्ड नपुर्याई बनाएको नास्ता जस्तै मःमः चाउचाउ, चाउमिन, चाट , कटलेट समोसा जस्ता सामग्री बोकेर बिरामी हेर्न, वा बृद्ध वा बालबालिकालाई कोसेली बोकेर जान्छौ साथै साथमा कोक, सोडा जस्ता पेय पदार्थ लाने र खान दिने गरेको पाइन्छ। जसको कारणले बिभिन्न खाले रोगबाट हाम्रो समाज दिन प्रतिदिन ग्रसित हुदै गएको छ। यो सब अनुधुनिक्ताको नाम र सस्तो प्रचार प्रसारले गर्दा हुन् गएको भन्दा कसैको दुई मत नहोला।

आउनु होस् आज सन् २०२० को सुरुवात र नेपालले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० मा हाम्रै मौलिक , संस्कृतिक, जातीय र देस काल , मौशम अनुसारको भोजनले नेपाल आउने हरेक पर्यटकलाई स्वागत गैरौ र नेपाल भ्रमण बर्ष साथै हाम्रो भ्रम लाई हटाएर स्वस्थ , सफा र प्रदुर्शन मुक्त समाज को निर्माण गरौ र अरुलाई पनि त्यसै अनुरुप गर्न प्रोत्साहन गरौ। नया बर्ष २०२० को सबैलाई हार्दिक मंगलमय शुभकामना र स्वास्थ्यको कामना।

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading