जिन्दगि….. ध्रुव थापा

कति पिउनु जिन्दगीमा
तिर्खा कहिले मेटिदैन
जति पियेनी जिन्दगीमा
अमृत कहिँ भेटिदैन १

मृग तृषना जस्तो जिन्दगि
खै के खोजि रहेछ
एकै पलमा निभ्ने जिन्दगि
अजम्बरी रोजी रहेछ २

जत्तिनै बाचेनी नपुग्ने यो जिन्दगि
जीवनकै अर्थ भुली रहेछ
शितको थोपा जस्तो यो जिन्दगि
कर्कलोको पातमा झुली रहेछ ३

बेगोंनभिल्लाको हाँगा होइन जिन्दगि
जहाँ गाड्यो त्यहि सरि दिने
नत पारिजातको फुल हो जिन्दगि
रातभरी फुलेर बिहान झरी दिने ४

माया गर यस नास्वर जिन्दगीलाई
यो हरेक ऋतु जस्तै फर्की आउदैन
उष्णताको बाफ नठान जिन्दगीलाइ
जुन साउने झरी जस्तै दर्की आउदैन ५

एउटा अनुपम कला हो जिन्दगि
यसलाई कलाकार भइ जिउन सिक
कपासको सुन्दर फुल हो जिन्दगि
यसलाई धागो बनाइ सिउन सिक ६

paarijat

One response to “जिन्दगि….. ध्रुव थापा”

  1. Nice poem about life…well expressed.

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading