आज मेरो एकजना मिल्ने साथीले बिहानै कल गरेर आफ्नो दुख पोख्न थाल्यो , यो उमेर बढ्दै गएपछि सरिरले पनि साथ दिन छोड्दो रहेछ, सानै देखि खादै आएको मेरो प्रिय भोजन हरुनै डाक्टरले नखान र परेज गर्न भनेर सुझाएको छ। अब आफुलाई मनपरेको खाना पनि खान नपाउने कस्तो उमेर र समय आएछ। मैले भने हेर साथी, “यो समस्या तिम्रो मात्र होइन, हामी सबैको हो। ” मैले उसलाई हौसला भनौ वा सान्तवना दिनलाई भनि दिए।

हो यस्तै छ हाम्रो खाने शैली। हामी एउटा कुरा मन परे पछि बिहानको नास्ता देखि रात्रि भोजमा समेत त्यहि खान मन पराउछौ , मन नपरेको परिकारलाई जति सुकै राम्रो र स्वस्थ बर्धक किन नहोस हामी खान रुचाउदैनौ। नेपालीमा उखान छ , अति भए खति हुन्छ भनेर। खाने कुरा पनि त्यस्तै हो एउटै कुरा धेरै खाए त्यसले सरिरलाई हानी गर्छ। त्यसैले डाक्टर वा आहार विज्ञले हाम्रो खानामा बिबिधता हुनु पर्छ भन्छन। स्वस्थ रहनको लागि बिभिन्न कुराहरुमा ध्यान पुर्याउनु आवश्यक हुन्छ जसमा हाम्रो भोजन प्रमुख हो । तर हामी धेरैको बानीनै हुन्छ कि मन परेको खाना बिहान होस या दिउसो वा साँझ, निरन्तररुपमा एकै किसिमको खाना खाने । यदि हामीले एउटै खाले खाना जतिनै पौष्टिक तत्वले भरिएको भएपनि निरन्तर खाने हो हने  त्यसले शरीरमा नकारात्मक असरनै पार्छ।

धेरै नेपालीहरु दैनिक रुपमा दिउसो होस् वा साँझ  दाल, भात तरकारीको प्रयोग गर्ने गर्छौ  चाहे त्यो देसमा होस्छ वा बिदेशमा । अनि भन्ने गर्छौ हामीले सुद्ध र राम्रो भोजन आफ्नै घरमा पकाएको खान्छौ तरपनि खै किन हो सरिर भने झन झन् रोगले ग्रसित हुदै छ। हो हामी पौष्टिक खानानै खान्छौ सधै प्रोटिन र सागपात पनि खान्छौ तर सधै एकै परिकारको पोषण तत्वको अत्यधिक प्रयोग र अन्य तत्वको कमीले बिभिन्न रोग समेत लाग्न सक्छ त्यस तर्फ हाम्रो ध्यान जादैन। चिकित्सा विज्ञानले गरेको विभिन्न अध्ययनहरुले यसरी दैनिक एकै प्रकारको खाना खानु स्वास्थ्यको लागि राम्रो नभएको बताएका छन् ।

समय अभावका कारण होस् या त अरु विविध कारणले हामीहरु घर बाहिर खाना खान जाँदा पनि घरमा खाने खालको खानानै खान खोज्छौ जस्तै हामी बाहिर  नेपाली वा भारतीय रेस्टुरेन्टमा गयौ भने हामी त्यहि खान रुचाउछौ जुन हामी दैनिक खाई रहेका हुन्छौ। तर, चिकित्सकहरुको खोजलाई आधार मान्ने हो भने त्यस्तो बानीले हामीलाई बिभिन्न रोगले ग्रसित पारिरहेको हुनसक्छ ।त्यसैले हामी हाम्रो कम्फोर्ट जोन  (comfort zone ) भन्दा बाहिर निस्किएर बिबिध परिकारहरु खानु पर्छ , त्यसको मतलब यो होइन कि जे पनि खाने वा जंक फुडहरु खाने , हाम्रो खानामा  स्वाद, मात्र नभएर स्वस्थ बर्धक पनि हुनु पर्छ।

चिकित्सकहरुले यसरी दैनिक एउटै खानेकुरा खाँदा त्यो खाना अस्वस्थकर हुने थुप्रै कारणहरु उल्लेख गरेका छन् । जसरी सरिरलाई पनि एउटै खाले ब्याम गरायो भने त्यसले सरिरको कुनै एउटा अंगलाई मात्र मजबुत र स्वस्थ बनाउछ। ब्याम गर्दा समेत विभिन्न खाले ब्याम गर्नु पर्छ जसले सम्पूर्ण सरिरलाई लाभ होस। हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । त्यस्तो अवस्थामा सकेसम्म खाने कुरा होस् या हामीले गर्ने ब्याम वा काम गर्दा  हाम्रो सरिरको अंगलाई फरक फरक तरिकाले प्रयोग गर्नु पर्छ। दैनिक ब्याम गर्नु , मर्निङ्ग वाक गर्नु वा योगा गर्नु जस्तै हामीले आफुलाई स्वस्थ राख्न फरक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ । चिकित्सकहरुले त खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार सधै खान नहुने बताएका छन् । जसले गर्दा एउटै ब्याम गरेर सरिरको एउटा अंग मात्र  मजबुत र आकर्षित बनाए जस्तै एउटै  परिकार सधै खादा सम्पूर्ण सरिरलाई चाहिने पौस्टिक तत्व नपुग्ने हुदा हाम्रो सरिरमा पोषण (nutrition )को कमि हुन् जान्छ र त्यसले सरिरमा सबै किसिमको पोषण दिन नसकेर रोग निम्त्याउछ। त्यसैले हाम्रो फिजिकल जाच गर्दा थुप्रै कुराको कमि भएको र त्यसको कारणले बिबिध रोग लागेको जानकारी डाक्टरले दिने गरेको हुन्छ।त्यसैले औषधि को रुपमा विभिन्न भिटामिन , मिनेरल र सप्लिमेन्ट दिने गर्छ जुन हामी खानाबाट पनि प्राप्त गर्न सक्छौ। 

त्यसैले हामीले सधै राम्रै र स्वथ्बर्धक आहार खादै छौ भनेर ढुक्क हुनु हुदैन , झन् अहिलेको बिशाक्ति  युक्त खाध्य प्रयोग गरेर उब्जाएको खाने कुराले अझ धेरै असर गर्छ , त्यसैले जति सक्दो अर्गानिक भोजन बिसेष गरेरे साग सब्जी, सलाद र फलफुल खादा  स्वास्थ्यको लागि लाभदायक हुन्छ। त्यसैले दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद, रंग र परिकार खानु पर्छ। हाम्रो खानाको रंग समेत इन्द्रधनुस जस्तै हुनु पर्छ। हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाटनै पाउन सक्छौ यदि हामीले सन्तुलित तरिकाले सबै प्रकारको र सबै मौसममा पाइने फलफुल नियमित रुपमा खाने हो भने । त्यसको लागि सबैभन्दा आवश्यक कुरा हो दैनिक योग साधना गरे  जस्तै हामीले खाने भोजनमा समेत विभिन्न खाले फलफूलहरुको नियमित सेवनले न्युट्रेशनको कमी पूरा गर्न मद्दत गर्छ । तर, एकै किसिमको फलफूलपनि नियमित खानु हुँदैन । त्यसमा सके सम्म हामीले विविधता ल्याउनु पर्दछ ।जसले रोग प्रतिरोधक क्षमतालाई सरिरमा बिकसित गर्छ। एउटै खानाले पेटमा समेत रोग उब्जाउन सक्छ र हाम्रो पेट्नै खराब भए हामीले खाएको जस्तो सुकै भोजन पनि मात्र मल मुत्र भएर खेर जान सक्छ। हाम्रो पाचन सक्ति कम्जोर भए हाम्रो सरिरलाई पौष्टिक आहार पुग्दैन र बिभिन्न रोगले जन्म लिन सक्छ। यसको लागि आफ्नो सरिरलाई कुपोषण बाट जोगाउन हाम्रो दैनिक आहारमा मौसम अनुरुपको बिभिन्न फलफूलहरु, सागपात आदिको सहि प्रयोग गर्नुपर्दछ ।

हामी धेरैले भन्ने गरेका छौ, ” खै मेरो सरिर त जतिनै गरेपनि घट्दैन , पानी मात्र पिउदा समेत मोटाउछु , अब कसो गर्ने , मुख बारेको पनि एक बर्षै भई सक्यो अलिक दिन घटेको जस्तो हुन्छ र फेरी उही तौलमा पुगी हाल्छु।”  हो हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्रो तौल घटाउने प्रयासमा समस्या सिर्जना हुनसक्छ । तौल धेरै भएर समस्या भएकाहरुले जतिसुकै प्रयास गरेपनि खानामा ध्यान दिने र दैनिक फरकफरक पौष्टिक आहार नखाने हो भने हाम्रो सम्पूर्ण प्रयास निरर्थक हुने न्युट्रिसनिस्ट को भनाई छ । जसरि कसैलाई मोटोपन घटाउन गाह्रो हुन्छ त्यसरीनै अरुलाई आफ्नो दुब्लोपन बडाउन वा कुपोषण मुक्त हुन् समेत गाह्रो हुन्छ यदि हामीले हाम्रो नियमित अहर मा ध्यान दिएनौ भने। एउटै प्रकारको जति सुकै राम्रो खान खाएपनि हाम्रो सरिरमा कुपोषण हुन् सक्छ। यस्तो अवस्थामा नियमित एकै किसिमको खाद्यपदार्थहरु खाँदा माथि उल्लेख गरेजस्तै हाम्रो सरिरले खोजेको बिबिधता मा कमि हुदा एउटै खानाको रंग, स्वाद र बनावटको कारणले सरिरले त्यसलाई सकारात्मक रुपमा लिन मान्दैन र अरुचि हुनु , खान मन लाग्नु जस्तो लक्षणहरुले त्यो सरिरमा लाग्नु को साटो त्यसै सरिर बाट बाट खेर जान सक्छ। जसले गर्दा जतिनै खाए पनि मोटाउन सक्दैन। दैनिक एकै किसिमको खाना खाने मानिसहरुमा पाचन सक्ति को कमि र अन्य बिबिध कारण लगायत कलेजो सम्बन्धी रोग समेत हुने गरेको चिकित्सकले जानकारी गराउछन।

हामी सबैलाई थाहा भएको कुरा हो, हरेक प्रकारका साग सब्जी र फलफूलमा विभिन्न किसिमका औषधीय गुण हुन्छ । त्यसले निरोगी र स्वस्थ रहन मौसम अनुसार हामीले खाने भोजनमा साग सब्जी र तरकारीलाई सन्तुलित तवरले खाए उमेर अनुसार लाग्ने रोगमा समेत निकै कम आउने छ । जस्तै चिकित्सक ले दिएको तालिकामा हेरौ हाम्रो करेसा बारीमा फाले फलफुल को नक्सा सहित को फलफुल र तरकारीमा पाइने बिभिन्न पौष्टिक गुण को ब्याख्या गरिएको हुन्छ जस्तै गाढा पहेलो र हरियो तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटिन भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिनलाई हाम्रो शरिरले भिटामिन एमा परिणत गर्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रेट मध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । हरियो तथा पहेलो तरकारीमा कोलेरेस्टोल भने हुदैन । तरकारीमा फाइबरको मात्रा अधिक हुन्छ आदि इत्यादि। त्यसैले त आयुर्वेदिक खाना मा विभिन्न खाना को गुण र दोष लाई मिलाएर तयार गरिन्छ र बिभिन्न खाले रोगको समेत हाम्रो नियमित खाना द्वारानै उपचार गरिन्छ। यसैले हामीले खाने दैनिक भोजनमा धेरै राम्रो औषधीय गुणहरु हुन्छन् । तर खान जान्नु पर्छ र खाने मात्रा र खाने समयका कारणले पनि हाम्रो सरिरमा सकारात्मक र नकारात्मक असर गरि रहेको हुन्छ।

त्यसैले अंग्रेजीमा एउटा भनाई छ ,”You are what you eat.” भनिन्छ हाम्रो सरिरमा लाग्ने ९० प्रतिशत रोगको कारण हाम्रो असन्तुलित, हानीकारक , बिशक्ति युक्त खाने कुराबाट उत्पन्न हुन्छ। राम्रो र सन्तुलित भोजननै हाम्रो स्वस्थ जीवन को आधार हो।

पहिलो पल्ट प्रकासित मिति 12/28/2019

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading