संस्कृति

क्यालिफोर्नियामा जीवन विज्ञानका संस्थापक सदगूरू एल पि भानु शर्माको समुपस्थितिमा ध्यान साधना हुने!


हाम्रो ब्यस्त जीवन र रोग अनि तनाब लाई महसुस गर्दै यस बाट कसरी छुटकारा पाउन सकिन्छ भनी जीबन बिज्ञान नेपाल को सेकेन्ड हेड क्वाटर भर्जीनीया अमेरीका संगको अथक सहकार्य पछि क्यलिफोर्नियामा अध्यात्म र योग को दैनिक प्रयोग साला सन्चालन बजाएको हामी धेरैलाई जानकारी भएकै हुन सक्छ । गत जनवरी मा जुम मार्फत उद्घाटन गरिएको यस जीवन विज्ञानले यस अध्यात्म केन्द्रका संस्थापक सद् गूरू ए ल पि भानु शर्माको समुपस्थितिमा क्यालिफोर्नियामा दुई दिवसीय ध्यान साधना हुने भएको छ।
यस अवसरमा जीवन विज्ञान प्रतिष्ठान नेपालका संस्थापक एवं आध्यात्मिक रहस्यदर्शी सद्गुरु एल पि भानु शर्मा अप्रिल को अन्ततीर क्यालिफोर्निया भ्रमणमा सवारी हुनु हुने भएको छ ।
क्यालिफोर्निया आउनुहुँदा वहाँले साधकहरुका साथ विविध कार्यक्रम र भेटघाटका लागि समय दिनुहुने भएपछि जीवन विज्ञानको क्यालिफोर्नियामा विगत करीब दुई वर्षदेखि चलिरहेका दुई विद्युतीय जीवनयोग प्रयोगशालाका साधकहरुको सक्रीयतामा जीवन विज्ञान अमेरिकाद्वारा २०२२ मे १ देखि मे १२ सम्म विभिन्न स्थानमा सत्सङ तथा विशेष ध्यान साधना कार्यक्रम तय गरिएको छ ।

क्यालिफोर्निया,निबासी बिजया सुबेदीको बिशेष सॅयोजकत्वमा गिता श्रेष्ट नेभाडामा रहनुभएका डा. ईश्वर श्रेष्ठ, ओरेगनस्थित कुसुम प्रधान, जीवन विज्ञान अमेरिका आर्थिक विभागका सदस्य मुकुन्द दवाडी, को बिशेष ब्यबस्थापन मा निरजा ढुङ्गाना, विनायक शर्मा, निर्मणी कलाखेती राजी बिष्ट उषा लामा भवानी देउजा सान्ती वाग्ले नेपाली नीता लगायतका साधकहरुको तयारीमा विभिन्न स्थानमा भिन्नभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी भव्यताका साथ भइरहेको छ ।

मे १ मा पशुपति फाउन्डेसन लस एन्जल्सको संयोजनमा स्थानीय समयअनुसार साँझ ६ देखि ७ः३० सम्म विशेष सत्सङ्ग कार्यक्रम आयोजना गरिने छ !
त्यसैगरी मे ६ मा साक्रामेन्टो मा सांझ ६ बजे देखी ७.३० सम्म ळक्ष्मी नारायण मन्दीर मा जगदीश श्रेस्ट ज्यु को बिषेस पहलमा सत्सगं हुने भएको छ।
मे ७ र ८ तारिख सद्गुरुवर एल पि भानु शर्माले साधकहरुका लागि पूरै दुई दिन विशेष ध्यान साधना गराउनु हुने छ।
विगतमा जीवन विज्ञानको कुनै पनि साधनामा सहभागी नभएका व्यक्तिले पनि भाग लिन पाउने विशेष ध्यान विज्ञान साधनाबाट ध्यान गर्न इच्छा भएका तर यसको विधि थाहा नभएका व्यक्तिलाई विशेष लाभप्रद हुने कुरा जीवन विज्ञान अमेरिकाले जनाएको छ । ६४०१ वर्नहार्टएभेन्यु, रिचमन्ड क्यालिफोर्निया ९४८०५ मा रहेको ग्युटो फाउन्डेसन, बुद्ध मन्दिरको हलमा हुने सो दुई दिने ध्यान साधनामा क्यालिफोर्नियका स्थानीय तथा जीवन विज्ञान अमेरिकाबाट उपस्थित हुने साधकहरुसमेत १०० भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।
भगवान गौतम बुद्धको जन्मजयन्तीकै दिन परमज्योति प्राप्त गर्नुभएका सद्गुरु एल पि भानु शर्माको प्रकाश दिवसको विशेष कार्यक्रममा ध्यान साधनाका बीचमा मे ८ मा आयोजना गरिनेछ । प्रकाश दिवसको विशेष समारोहमा नेपालबाट जीवन विज्ञानका अर्का संस्थापक सद्गुरु रमेश नेपालले जुमका माध्यमबाट सम्बोधन गर्नुहुनेछ । नेपालबाहिरबाट पहिलोपटक आयोजना हुने सद्गुरुवर एल पि भानु शर्माको प्रकाश दिवसको विशेष समारोहको सम्पूर्ण प्रस्तुतिलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएका छन् ।

सदगुरु एल पि भानु शर्माको अमेरिकामा स्वागत एवं प्रकाश दिवसका साथै अमेरिकामा आयोजना हुने पहिलो ध्यान विज्ञान साधनामा भाग लिन जीवन विज्ञान अमेरिकाका अध्यक्ष शिव लामिछाने, कार्यक्रम विभाग संयोजक मधु पन्थी, सदस्य परशु तिमल्सिना, सदस्यता विस्तार विभागका संयोजक रमेश ढकाल र भर्जिनियाबाटक्यालिफोर्निया जानुहुनेछ भने क्यान्सास बाट शिक्षिका गिता मैनाळी ज्यु जानुहुने छ ।

सदगुरु एल पि भानु शर्मा तथा सदगुरु रमेश नेपालले सन् २०११ मा नेपालमा जीवन विज्ञान प्रतिष्ठान स्थापना गर्नुभएको हो । यस संस्थामा आवद्ध भएर करीब १५ लाख नेपालीहरुले नेपाल तथा नेपाल बाहिरका ५० भन्दा बढी मुलुकबाट जीवन विज्ञानका विभिन्न साधना गरिसकेका छन् ।दुवै सदगुरुका ५ हजारभन्दा बढी भिडियो रेकर्डमा भएका स्ववाणीहरु युट्युमा समेटिएका छन् । नेपालका रेडियो, विभिन्न एफ एम र टिभीहरुबाट जीवन विज्ञानका दुवै संस्थापक सद्गुरुहरुलेनियमित जीवन विज्ञानको महत्वमाथि प्रकाश पार्दै स्ववाणीहरु अन्तर्वार्ताका माध्यमबाट प्रस्तुत गरिरहनुभएको छ । स्वसंवाद, दिव्य संवाद र समृद्धि संवाद जीवन विज्ञानका अत्यन्त लोकप्रिय कार्यक्रम बन्न पुगेका छन् ।
त्यसैबीच सन् २०२० सेप्टेम्बरमा अमेरिकामा र २०२१ को फरबरीमा बेलायतमा जीवन विज्ञानका शाखाहरु स्थापना भइसकेका छन् ।ध्यान विज्ञानमा सहभागी हुन इच्छुक व्यक्तिका लागि जीबनविज्ञान अमेरिकाको वेभसाइट http://www.jvusa.org दर्ता फाराम राखिएको जानकारी पनि आयोजक संस्थाले गराएको छ ।