ब्लग

रक्तदान किन गर्ने ?

हामी न त ईश्वर हौ न कुनै डाक्टरनै तर पनि हामीमा एउटा जीवन बचाउन सक्ने इस्वरिय शक्ति छ र त्यसको उपयोग मानब कल्याणमा लगाउन पाउनु भनेको यो हाम्रो लागि एउटा सौभाग्य हो।
यो संसार एक अबिरल दु:ख कष्ट , प्राकृतिक बिपत्ति र दुर्घटनाहरूको एक अथाह भवसागर हो।जसको ज्वलन्त उदाहरण हामीले आफ्नो जीवन भर नभुल्ने यो महामारी कोविड को प्रकोपले अझै हाम्रो जीवन अनिश्चितताको भुमरीमा रुमाली रहेको छ। कति बेला के हुन्छ कसैले भन्न सक्दैन र हामीलाई कतिबेला रगतको आवस्यकता हुनसक्छ हामि कल्पना समेत गर्न सक्दैनौ। यो महामारी बाहेक पनि अमेरीकामा मात्र दैनिक सयौ मानिस कार दुर्घटनामा मर्छन भने अन्य बिभिन्न रोग जस्तै क्यान्सर जस्तो रोगहरूबाट त कति कति। यसरी लाखौँ मानिसहरू अकालमानै मरिरहेका छन्। यी मर्ने मध्ये धेरैलाई तपाईं हामिले गरेको रक्तदानबाट बचाउँन सक्छौ ।
हामिले दिएको रगत २४ घण्टाभित्र हाम्रो सरिरमा परिपूर्ती हुन्छ तर हाम्रो रगतले कसैको ज्यान बचाइरहेको हुन्छ। त्यसैले हामि भन्न सक्छौँ, “रक्तदान जीवन दान हो।” जीवनदान जस्तो ठूलो दान सायदै अरुहोला। रक्तदानले एउटा अनौठो सन्तोष र खुशिको प्रस्फुटन गर्दछ। हो, रक्तदान मनलाई शान्ति दिन र चित्त सुद्दी गर्न समेत सक्षम छ। रक्तदान गर्नु धर्म हो, विरता हो, मानव सेवा हो ।
आउनुहोस हरेक बर्ष झैँ यस बर्षपनि हाम्रो समुदायमा नेपाली लायन्स क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना यहि फरवरी ४ मा हुदैछ , अझै केहि स्थान खालि भएको हुनाले यस लिंकमा गएर सहभागी बनौ र जीवन दान गरौ। https://www.redcrossblood.org/give.html/donation-time sponsor code: Annapurna

Oakland Blood Donation Center

6230 Claremont Avenue Oakland, CA Time: 09:00 AM – 03:00 PM

Categories: ब्लग