(listen youtube video) सायद चार बर्ष अघिको कुरो होला एक दिन रेडियो हिमालय डटकमका संचालक/ कार्यकारी निर्देशक  बुद्धि बिश्वकर्मा जी ले मेरो मेसेन्जर मा लेख्नु भएको थियो , “तपाईका कविताहरु पड्दै छु , समुन्द्र पारिका सिर्जनामा । समय मिले एक पल्ट फोनमा कुरा गर्न मिल्छ कि ? मैले हुन्छ अहिले काम मा छु हजुरको बिहानको समयमा कुरा गरौन हुन्न ? मैले मेसेज को जवाब पठाए, त्यसपछि मेसेज आदान प्रदान हुदै गयो। केहि दिनपछि मैले फेरी वहाको मेसेज देखेर र वहासित फोनमा कुरा भयो वहाले , काठमाडौँबाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हिमालयको बारेमा जानकरी गराउनु भयो र केहि लिंक सेर गर्नु भयो ।वहाले जानकरी गराउनु भयो यो एउटा भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपालमा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने जानकरी रेडियो हिमालय को अफिसियल वेब साइटमा समेत उल्लेख रहेको देख्दा धेरै खुसि लाग्यो।

वहाले एक दिन समय मिलाएर तपाइका कविताहरु र अन्य बिबिध बिषयको “भावनामा देस खोज्दै ” कार्यक्रम प्रसारण गर्ने ईच्छा व्यक्त गर्नु भयो र मैले पनि वहाको प्रस्ताव को कदर गर्दै हुन्छ कुनै दिन गरौ न भने।तर मलाई भने खै के बोल्ने ? के को बारेमा बोल्ने? जस्तो लागि रहेको थियो , हुन्छ एक दिन हजुरलाई जानकरी गराउछु नि भनेर त्यस बेलाको आग्रलाई त्यतिकै थाती राखेको थिए, तर खै किन हो एतिका बर्ष बितिसक्दा समेत कहिले समय जुरेन।

समय बित्दै गयो र यो अमेरिकाको व्यस्तताले गर्दा त्यो सम्भव हुनै सकेन। तर अहिले कोरोना को कहरमा आफु अलिक फुर्सदिलो भएको हुदा वहाले फेरी आग्रह गर्नु भयो, खै के भएर हो तपाइलाइ आज सम्म हाम्रो कार्यक्रममा निम्त्याउने अवसर त्यतिकै छ , अब म प्रोग्राम मिलाएर जानकारी गर्छु है भनेर फोनमा भन्नु भयो र मैले नाइँ भन्नै सकिन , तर मैले सोचेको थिइन् एति चाडै वहाले प्रत्यक्ष प्रसारणमा बोलाउनु हुनेछ भनेर , बिहान कुरा भएको दिउसो तिर मेरो मेसेज मा एउटा लिंक पठाएर बेलुका ९.१५ क्यालिफोर्निया समय अनुसार प्रत्यक्ष प्रशारण हुदै छ भनेर जानकारी गराउनु भयो । अब मैले आनाकानी गर्ने ठाउँ नै थिएन , छोटो समयमा त्यहि माथि क्रिसमसको साँझ वहाले मलाई प्रत्यक्ष प्रसारणमा केहि मनका कुराहरु र कविता बाचन गर्ने अस्वर प्रदान गर्नु भयो जसको लागि रेडियो हिमालयको सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। प्रस्तुत छ youtube video मा upload गरिएको प्रत्यक्ष कार्यक्रमको audio record हजुरहरुको अमुल्य सुझाव र प्रतिक्रिया दिनु होला ।

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading