कपी पेस्टको जमानामा
नया बर्षको शुभकामना दिन
नया शब्द खोजी रहेछु !
तर अह कुनै शब्द भेट्नै सकिन
यो डिजिटल शब्दमा मेरो हृदयको
अभिव्यक्तिहरु पोख्नै सकिन
त्यसैले यसपाली तिम्रो निम्ति
सामाजिक संजालभरि
शुभकामनाका शब्दहरु लेख्नै सकिन
किनकी तिमिलाई मैले
डिजिटलको दुनियामा हैन
मेरो हृदयमा साचेर राखेको छु।
त्यसैले एकफेर

हृदयको धड्कनलाई सुनी हेर
तिम्रो लागि अनन्त
शुभकामनाहरु
सुटुक्क पठाएको छु ,
जसरी आमा , बुवाले
कहिले शुभकामनाका
दुई शब्द लेख्दैनन
तर सागर भन्दा असीम र
अम्बर भन्दा अपार
माया र आशिर्बाद
आजीवन दिई रहन्छन !

त्यसैले त्यतिको त हैन ,
त्यो भन्दाकेहि कम
मेरोपनि तिमीलाई
शुभकामना छ
किनकी उनीहरुको स्थान
भगवानले त लिन सक्दैनन भने
म को हु र ?

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading