एउटा रुख ढल्दैमा जंगल मासिदैन
चोटहरुले सिकाउछ पिडा र सहनशीलतालाई
रुख जतिनै काटिएपनि जरा बलियो छ भने
फेरि मौलाउछ बिश्वास र आदर्शका पालुवाहरू
त्यसैले त कहिले कहिँ छाट्नु पर्छ हाँगाहरुलाई
ताकि धमिराले खोक्रो नपारोस
र बाहिरबाट हेर्दा सग्लो देखेपनि
भित्र भित्रै खोक्रो नबनोस I

शिशिरको आगमनमा झरेका पातहरुले
कहिलेपनि रुखलाई बिचलित बनाउदैन
किनकी उसलाई थाहा छ
बसन्तको आगमन अघिनै
पलाउनेछन नया पालुवाहरू
बसाई सरेका एकहुल चराहरु
फेरी फर्की आउने छन्
अनि बनाउनेछन् कर्मी चराले जस्तै
एक एक त्यान्द्रा बटुले नया गुडहरु
जहाँ फेरि नया उर्जा र जीवन मौलाउने छ I
बस हतास हुनु हुन्न
बिचलित हुनु हुन्न
विश्वाशको मल जल हालेर
थांग्रो बनेको रुखलाई
गोडमेल गर्नु पर्छ
त्यसको जडलाई जोगाउनु पर्छ।

यदि जड्नै बुडो र एक्स्फायर भएको छ भने
नया बिरुवा रोप्नु पर्छ,
मल जल र स्याहार गर्नु पर्छ
नत्र बन जंगलमा जस्तै
स्वतन्त्र हुर्कन दिनु पर्छ
एउटा रुख ढल्दैमा जंगल मासिदैन
एउटा रुख मर्दैमा त्यसको नश्ल मासिदैन
यहिनै प्रकृतिको नियम हो
बस जमीन उर्बर हुनु पर्दछ
र त्यसको संरक्षण हुनु पर्द्छ
फेरि एक दिन त्यहाँ नया बिरुवा
लह लहाउदो रुख बन्ने छ।

फरक एति मात्र हो
जे रोपिन्छ त्यसले त्यहिनै फलाउछ
आपको बोटले स्याउ फलाउदैन
बर रोपेर पिपलको पात पाइदैन।

हो यो पनि बुझ्नु पर्छ
सबै बलेको आगोनै ताप्न खोज्छन
र सितलता र छहारी खोज्दै
सबै मौलाएको रुखनै रोज्छन
यहिनै प्रकृति को नियम हो
यहिनै ध्रुब सत्य पनि हो !!

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading