परदेशमा दशै

सबै भन्छन दशै आयो
हो दशै त आएकै हो
दशै को चर्चा सबैको मुखबाट सुनेकै हो
तर दशैँ त परदेशमा….
मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ
खै कहाँ छ यो परदेशमा दशैको रौनकता ?
खै कहाँ छ चाड पर्वको मौलिकता ?
खै किन हो के के नमिले जस्तो …
यहाँ हरेक चाड पर्व कस्तो कस्तो ।

यो परदेशमा दशैँ तिहार, लोशार छट सबै उस्तै…
जत्तिनै मिठो परिकार बनाएपनि नुन हाल्न भुले जस्तै
महिनौ दिन सम्म कार्यक्रमको आयोजना गरेपनि
जीउदै खसि काटेर भोज भत्तेर ख्वाए पनि
खोई कता कता के के नपुगेजस्तै हुदो रहेछ परदेशको दशै।

मैले त दशै अनलाईनमा, इमेलमा फेसबुकमा मात्रै पाए
कस्तो हुदो रहेछ परदेशको जीवन बल्ल चाल पाए
दशैँ भनेको त बाल्यकालमा जस्तै नया लुगा लगाएर
आमाको हात समाएर मेला हेर्न जानु हो
पुर्नेको दिन सम्मै निधारमा टिका लाएर
मामा घर र आफन्तकोमा चहार्नु हो
दिन भरिनै बेलुन , पटका र रोटे पिंगमा झुम्मीनु हो
नया लुगामा मक मक माशुको बास्ना आउनु हो।
त्यो सबको अनुभव नभए के को दशैँ ?

यो परदेशमा , यहाको व्यस्ततामा
समय मिलाएर मनाउनुपर्ने बाध्यतामा ,
चाहदा चाहदै पनि दिन भरि काममा जोतिनुपर्ने
यो परदेशमा दशै कहा आउदो रहेछ र ?

साच्चै भन्ने हो भने दशै त
मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ ।
निधारभरी टीका लाएपनि
दशैँ दिन नया लुगा लाएनि
हरेक दिन माशु भात खाए पनि परदेशमा….
दशैत मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ
जत्तिनै खुसियाली मनाएपनि गाउ घरकै याद आउदो रहेछ ।

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading