वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन
ऋतुहरु संगै फेरि बाचेको छ जीवन
लाचार र विवश भई झरेका पातहरू
मक्किएर ,गलेर फेरि उर्बर मल बनेर
फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ
मेरो घर नजिकको एउटा मेपलको रुख।

हरेक ऋतुहरु संगै जुझ्दै लड्दै
हरेक मौसम संग हातेमालो गर्दै
बसन्तको आगमन संगै बिछिटटै राम्री भएर
बेहुली झैँ लजालु बन्दै मुस्कुराएको देखेको छु
आफ्नै बैसमा मोहित हुँदै , हजारौ चराचुरुंगीलाई
आफैतिर आकर्सित गराएको देखेको छु                                                                                  अनि आफै देखि भुतुक्कै हुदै लजाएर
सिशिरको आगमन संगै बिचिप्त बन्दै
हाँगाबाट एक एक गर्दै झरेकोपनि देखेको छु ।

तर उ रत्तिभर अफसोस र चिन्तत् छैन
सधै सकारात्मक सोचमा बाचेको छ
हरेक सुख र दुखमा हासेको छ।
किनकी उसले जीवन र प्रकृतिलाई बुझेको छ।

त्यसैले त उ आफैमा गर्ब गर्छ
“हिजोको बसन्तमा फुलेको फुल हु मआज झरे त के भो? परिवर्तन सत्य छ
एक दिन फेरि यहि रुपमा फर्की आउनेछु।”

हो त्यही निर्दयी सिशिरको आगमनमा
तिम्रो त्यो सुन्दर रुप विधवाको जस्तै
हिमको खास्टोले ढाकेकोपनि देखेको छु
सिसिरको त्यो कठोर यातनामा तड्पिदै
हरेक बर्ष तिमि सहिद बनेकोपनि देखेको छु।

बैसमै बिधवा भएकी नारी जस्तै
एउटा कालखण्डको अवसान भएको देखेको छु।
तिम्रो त्यो पीडापनि हरेक पल अलिकति भोगेको छु।

ओह हो ! यो ऋतुहरुको कस्तो अनौठो खेल ?
यो जीवन चक्रकोपनि कस्तो अनौठो मेल ?
एक पछि अर्को बिस्तारै फेरिदै जाने
समयको गति र तालमा बदलिदै जाने।
मन्द गतिमा बगेको नदीको चाल जस्तै
थाहै नपाई यो जीवन चक्रपनि
बर्तमान देखि बिगतमा बदलिदै जाने।

तर म ढुक्क छु फेरि एक दिन मेरो घर अघिका
ति मेपलका पातहरु वसन्त ऋतु सँगै
नया पाउला बनि फागु खेल्न तम्सिदै
रंगी बिरंगी रुपले सबैलाई मोहित पार्दै
एउटा नया जीवनको बिजारोपण हुनेछ ।

आतेस लागेर भागेका चरा चुरुंगीहरु
त्यही मेपलको छहारीमा फर्किनेछन्
मेरो देस र प्रशान्त महासागर तरेर
साइबेरिया र मेरो देसको हिमाल तरेर
आफ्नो माया पिरतीको चिनो
नयाँ सन्तानलाई साथमा लिएर
बिस्तारै बिस्तारै यहि फर्कने छन।
म यहि हुनेछु तर मेरो मेपल्को रुखमा बस्ने चरा
मेरो देसको हालचाल बुझेर फर्की आउने छ
मैले नबुझ्ने भाषामा मेरो देसको गुण गाउनेछ।
फेरि प्रकृतिले चारै तिर हरियाली फैलाउने छ।

हो आज त्यही मेपलको रुखमा
खोइ कहाँ बाट एउटा माकुरी
आफ्नो जाल बुन्न तल्लिन छ
सायद आफ्नो सन्तानलाई
नयाँ घर बनाउन चारैतिर भागी रहेछ
तर उसको नियति पनि कस्तो ?
एक दिन उसकै सन्तानले रगत चुसेर मार्नेछ
र नया जीवनको खोजीमा
त्यहाँ बाट अन्त कतै बसाइ सर्ने छ
र फेरि एउटा कालखण्डको अवसान हुनेछ ।

हे प्रकृति यो कस्तो अनौठो तिम्रो लिला ?
जुन युगौ युग देखि चलि आएको छ।
हो त्यसैले त म बिस्वस्त छु …
विधवा जस्तै बनेका मेपलका रुखमा
फेरि बैँसको त्यो रुप फर्की आउने छ
यसरीनै प्रकृतिको यो मेल चलि रहने छ।
यसरीनै ऋतुहरुको यो रेल चलि रहने छ।
त्यसरीनै जीवन मृत्युको खेल चलि रहने छ।

 

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading