कविता

सयथरी बाजा बज्दा एउटै तालमा नाचौ ।

नेपाल छ धनि आफनै लोक संस्कृति र मौलिक भेसभुषामा
नाचौ गाऔ खुसि मानाऔ, नेपालको औलोकिक चाडपर्वमा ।
हिमाल, पहाड तराई सम्म, नाच्छन नेपाली आफनै मौलिकतामा
हरेक जात धर्म र संस्कृति, मौलाएको छ आफनै विशेषतामा। १


आउ आज संगै नाचौ नेपालको बिबिध सांगीतिक तालमा
नाचौ आज चुट्का , चाचर, चण्डी र चर्याको तालमा
गाउछौ गीत भोजपुरी, तामांग सेलो र डम्फुको भाकामा
धिमाल, धिमे ,धान नाच, देउडा र घाटुको माया जालमा । २

झागड, झाकी, झिजिया र झुम्राछन् आफनै भाकामा ।
झ्याउरे, बालुन सवाई गाउछन नेपालकै बन पाखामा
दुख भुलाई सबै नाच्छन आफ्नै मौलिक भाकामा
साकेला, सकिया, संगिनी, सोरठी, सेब्रुको तालमा। ३

कोहि गाउछ्न साथीसंग जुवारी ,दोहोरी र रोधीमा बसी
कोहि नाच्छन रत्तेउली, संगिनी र बालनमा कम्मर कसी।
कस्तो राम्रो संस्कृति हाम्रो आफनै मौलिकता छ
हरेक पाखा पखेरामा हाम्रो आफनै विशेषता छ। ४

कोहि नाच्न जुङ्ग्वा, करुवा, चोल्मु र चेङ्ग्बाको तालैमा
साउनको झरीमानि नाच्छन जात जतिन र मयुरी तालैमा
बसन्त बहार फागु नाच्छन होरिया र रंगको साथमा
कोहि नाच्छन कुडा, खली , खुकुरी नचाई हातमा ।५

छम्म छम्म नाचौ , चुटके ,मारुनी र टप्पाको तालमा
नाचौ सबै मिलि, , करुवा , बेठी र च्याब्रुंगको चालमा
हाम्रो आफ्नै मौलिक चाडमा सबै मिलि संगै नाचौ
परदेशको दुख भुलाई सबै मिलि संगै बाचौ । ६

धर्म ,भाषा, संस्कृतिनै हाम्रो मौलिक पहिचान हो
आफनै लोक संगीतनै हाम्रो असली पहिचान हो
मौलिकतालाई साक्षी राखी आऊ आज सबै नाचौ।
सारा भेदभाव, द्वेष भुलाई आऊ आज संगै बाचौ । ७

यसैमानै हाम्रै आफ्नो संस्कृति र आस्था लुकेको छ
गोर्खालीको बिरता र इमानमा बिश्वपनि झुकेको छ।
बहु-जाति भाषा संस्कृति एउटै छ हाम्रो खुन
बहु-लोक संगीतमा बज्छ हाम्रो एउटै धुन। ८

आउ आज सब मिलि नाचौ ईश्वरको भक्ति धुन
कुमारी, अस्टमात्रिका, बज्रयोगिनी र मंगल धुन
नभुलौ कहिले भैरब-काली ,महाकाली, कृष्ण लिला
लाखे , मन्जुश्री, आर्य तारा, पंच बुद्ध, र पन्च सिला। ९

गासौ सबै संस्कृतिलाई नेपालीको एउटै मालैमा।
सम्मान गरौ सबको संस्कृति आफ्नो आफ्नै हालैमा।
नाचौ गाऔ सबैमिली जोगाउ हाम्रो संस्कृतिलाई
गर्ब गरौ हाम्रो आफ्नै बिसिस्ट यो प्रकृतिलाई । १०

जब सबले गर्ब गर्छन आफनै तालमा नाच्न
तब जगले गर्ब गर्छन आफनै हालमा बाच्न
अनेकतामा एकताको माला गासि बाचौ
सयथरी बाजा बज्दा एउटै तालमा नाचौ । ११