अभिव्यक्ति पत्रिकाको अमेरिका विशेषाँक प्रकाशित हुने
२४ फरवरी , वाशिंटन डिसी,

विगत ४५ वर्षदेखि प्रकाशन भैरहेको दुई महिने साहित्यिक पत्रिका अभिव्यक्तिको आगामि १८३औं ( असार साउन ) अँक अमेरिका विशेषाँकको रुपमा प्रकाशित गर्ने निर्णय गरेको छ । यस विशेषाँकमा अमेरिकामा रहेर सिर्जनारत साहित्यकारहरुको प्रवासी भावनाका सवै विधाका रचनाहरु समावेश हुनेछन् । प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा सम्पादकहरु प्रणयराज घिमिरे र ओपलराज घिमिरे रहनु भएको यस पत्रिकाको अमेरिका विशेषाँकको लागि गोवर्धन पूजा(वोष्टन), सहदेव पौडेल (न्यूयोर्क), नीलम कार्की निहारिका(नर्थ क्यारोलाइना), कृष्ण श्रेष्ठ(फ्लोरिडा), ज्ञानेन्द्र गदाल(कोलोराडो), आविष्कार भारती(विस्कानशीन)तथा ध्रुव थापा (क्यालिफोर्निया) सहितको अतिथि सम्पादक मण्डल गठन गरिएको छ र अतिथि सम्पादक मण्डलको सँयोजक गोविन्द गिरी प्रेरणा रहनु भएको छ ।
स्मरणीय छ, अमेरिकामा नेपाली साहित्यकारहरुको वाक्लो उपस्थिति छ र यस प्रकारको विशेषाँक प्रकाशनले अमेरिकामा रहेका रचनाहरुको सामुहिक प्रस्तुति नेपाली पाठकहरुले एकसाथ पाउने अपेक्षा गरिएको छ ।
“अभिव्यक्ति अमेरिका विशेषांक” का लागि रचना आव्हान !
विगत साडे-चार दशकदेखि संचालित नेपाली द्वैमासिक साहित्यिक पत्रिका “अभिव्यक्ति”को १८३औं अंक अमेरिका विशेषांकको रुपमा प्रकाशित हुन गैरहेको छ । अमेरिकामा रहेका नेपाली साहित्यकारका सिर्जनाहरु मात्र यस विशेषांकमा समावेस गरिनेछन् | बरिष्ठ साहित्यकार नरेन्द्रराज शर्मा प्रधान-सम्पादक रहनुभएको यस पत्रिकाका निम्ति देहाय बमोजिमको परिधिभित्र रही लेखिएका साहित्यिक रचना पठाउनुहुन सम्बन्धित सबै लेखक महोदयहरूमा हार्दिक अनुरोध गर्दछु |
प्रकाशन गरिने रचनाहरुः
१. कविताः गद्य / पद्य कविता, गीत, गजल, मुक्तक आदि ।
२. कथाः कथा/लघुकथा/गीतिकथा आदि |
३. निवन्धः निवन्ध, संस्मरण, यात्रा संस्मरण, आत्म संस्मरण, व्यंग्य आदि ।
४. नाटकः एकांकी नाटक ।
५. समालोचनाः व्यक्तिपरक, कृतिपरक, विधापरक समालोचना ।
रचना पठाउँदा लेखकले ध्यान दिनुपर्ने कुराहरु:
१. सबै रचना प्रवासको पृष्ठभूमि, अर्थात प्रवासी जीवन र नेपालसँगको सम्वन्धमा आधारित हुनुपर्नेछ ।
२. कविता विधाको रचना २५ हरफ (lines) सम्मको मात्र हुनुपर्ने छ ।
३. कथा वा निवन्धहरु अधिकतम २००० शव्दसम्मको मात्र हुनुपर्नेछ ।
४, नाटक वढीमा १२५ हरफ (lines) सम्मको मात्र हुनुपर्नेछ ।
५, समालोचना अधिकतम ४००० शव्द सम्मको मात्र हुनुपर्नेछ ।
६. रचनाहरु नेपाली Unicode वा प्रिती फण्टमा टाइप गरिएको हुनुपर्नेछ
७. रचना आइपुग्नु पर्ने अन्तिम मिति: अप्रिल ३०, २०१६ रहेको छ |
८. रचना पठाउने इमेल ठेगाना: hamrosamajnet@gmail.com
भवदीय,
ध्रुव थापा
अतिथि सम्पादक, अभिव्यक्ति द्वैमासिक (अमेरिका विशेषांक)
Phone: ५१०७१०४४३८
Email: hamrosamajnet@gmail.com
Categories: ब्लग
You must be logged in to post a comment.