सन्दर्भ नारीले लगाएको ढाका टोपी र टोपी दिवस

ध्रुव थापा , अमेरिका

तेश्रो अन्तरास्ट्रिय टोपी दिवसको अवरमा अहिले फेसबुक भरि टोपीको प्रदर्शन बढेको छ।देस बिदेशमा बस्ने हरेक नेपालीले कमसे कम बर्षमा एकदिन नै भएपनिशिरमा टोपी लगाएर फेस्बुक मै  भएपनि टोपी दिवस मनाउन थालेका छन् त्यो राम्रो कुरा हो। यसले हाम्रो टोपीको मात्र प्रचार र नगरेर सिंगो नेपाल र नेपालीको मान सम्मान सगरमाथा जस्तै अग्लो बनाएको छ। जसले पनि जुनै देशमा जादा पनि बोक्न सक्ने र चाहिएको बेला शिरमा लगाउन  सक्ने यो टोपी , टोपी दिवसको लागी मात्रै नबनोस। अहिले युवाहरु मात्र होइन युवतीहरुपनि ढाका टोपी लगाएर फोटो खिचेर फेसबुकमा हाल्न आतुर देखिन्छन ।

जे होस् यो फेसबुकबाटै सुरु भएको अभियानले झन्डै अंग्रेजी नया बर्ष नै बिर्सने गरि फेसबुकको भित्ता  भरिनै ढाका टोपीले प्रमुखता पाई रह्यो चाहे युवाहरु होस् वा युवतीहरु सबै ढाका टोपीमा गमक्क परेर  नेपाली बनौ र नेपाली पनमा रमाऔ भन्दै आफ्नो स्टाटस अपडेट गरि रहेका देखिए । १ जनवरी २०१६ भरिनै सबैलाई हतार देखिन्थ्यो कतै आफ्नो ढाका टोपी लाएको फोटो हाल्न ढिलो होलाकी भनेर । तर थोरैलाई थाहा होला सन् २०१३ को अक्टोबरतिर लन्डनमा अध्ययनरत गोरखाका रामचन्द्र मरहट्टा उर्फ मचराले यस  अभियानको सुरुवात गरेका हुन् भन्ने बारेमा ।  सायद उनलेपनि  सोचेका थिएनन् होला एति चाडो यो अभियान एति धेरै सफल हुन्छ भनेर। फेसबुकबाटै नेपाली टोपी दिवसको  सुरुवात  भएकोले अहिले फेसबुक भरि यसले प्रमुख स्थान पाउनु स्वाभाविकपनि हो र  यो सोसियल मिडियाको करामतपनि हो।  सायद चाडै नेपालमा यसले सरकारी स्तरमै मान्यता पनि पाउला।  जे होस् अहिले हेर्दा यहि अभियानले गर्दापनि  नेपाली टोपीको लोकप्रियता युवाहरुमा ह्वात्तै बढेको छ।

तर कता कता अलिक असुहाउदो पनि देखिदो रहेछ एउटै टोपी केटा र केटिले लगाउदा। कसै कसैले त फेसबुक र ट्वीटरमा यसको नराम्रो प्रतिक्रिया समेत लेखेको देखियो। सायद मर्दको शान  हो ढाका टोपी भनेर हुन् सक्छ। यो एउटा शान मात्रै नभएर समग्र नेपालीको पहिचान पनि हो, त्यो हामीले भुल्नु हुदैन । त्यसैले मैले नारीले ढाका टोपी लगाउनु हुदैन भन्न खोजेको होइन। पुरुस सरह लुगा लाउन हुने र यो टोपी किन लाउन नहुने भने प्रस्न अवस्य उठ्न सक्छ र म पनि लगाउन हुदैन भन्ने पक्षमा पटक्कै छुइन।

टोपिकै कुरा गर्दा बिभिन्न देशमा र अहिले फेसनमा आएको टोपी अथवा क्याप नारि र पुरुस दुवैले लाउने पनि पाईन्छ। तर बिसेष गरेर औपचारिक रुपमा  टोपीलाई हेर्ने हो भने नारि र पुरुषले लाउने टोपीमा अवस्य फरक हुने गर्दछ जस्तै , टोपीको रंग , आकार र त्यसमा बनाइएका डिजाइनहरु जसलाई हामी सजिलै चिन्न सक्छौ। नेपालीले पनि ढाका टोपी बाहेक अन्य टोपी जाडो को मौसममा होस् वा वर्षाको मौसममा लगाउदा कसैले वास्ता गर्दैन किनकी त्यो टोपी एउटा आवस्यकता वा फेसन को रुपमा प्रयोग भएको हुन्छ। तर एउटा देश सम्प्रदाय वा जातिलाई चिनाउने टोपी लगाउदा सुहाउदो पनि हुनु पर्छ र अलिक फरक खालको पनि हुनु पर्छ भन्ने मान्यता मेरो छ। यसमा धेरैको फरक मत पनि हुन सक्ला। नेपालकै कतिपय पहाडी जातिहरुमा नारि पुरुस दुवैले लगाउने टोपी छन् र उनीहरुलाई त्यो टोपीले निक्कै राम्रो देखिन्छ पनि र उसको पहिचान समेत झल्कन्छ।

अहिले जुन प्रकारले अन्तरास्ट्रिय स्तरमै ढाका टोपी दिवस अंग्रेजी महिनाको पहिलो तारिखमा मनाउने चलन बसेको छ र अहिले तेश्रो बर्षमा आईसक्दा सायदै कुनै नेपाली होलान जसलाई ढाका टोपी दिवसको बारेमा जानकारी नहोला। यसको एउटा उदाहरण नेपाल वा विश्व भरिबाट निस्कने नेपाली मिडिया होस् वा सोसियल मिडिया , गत बर्ष को तुलना मा यो टोपी दिवस  धेरै लोकप्रिय बनेको महसुस गरियो।    महिला होस्  वा पुरुष सबैले गर्बका साथ् शिरमा ढाका टोपी लगाएको   फोटोहरु देखियो । तर भोलि चौबन्दी चोलो दिवस पनि मनाउने भनियो भने के पुरुषले लगाउलान त चौबन्दी चोलो र गर्बले सोसियल मिडियामा सेल्फी खिचेर हाल्लान त ? हुन् त् नारीले जहिले पनि पुरुषको जस्तै लुगा लाएर हिड्ने छुट छ तर पुरुषले त्यसो गर्न सक्दैनन् वा चाहादैनन। यसमा नारीले पुरुस सरह हुनको लागि लगाएको भन्ने पनि सुनिन्छ तर अहिले आएर नारीले पुरुषको जस्तै लुगा लगाएता पनि त्यसमा नारित्व झल्कने डिजाइन बनेका  हुन्छन।  पुरुस र नारीले लगाउने प्यान्ट वा सुरुवालको कुरा गरौ त्यसको बनावट अलिक फरक र नारि र पुरुषलाई भनेर फरक डिजाइनमा बनाइएको हुन्छ र लगाउदा सुहाउने मात्र नभएर सरिरमा मिल्ने समेत हुन्छ। यो फेसन डिजायनरले धेरै अनुसन्धान र मेहनत गरि तयार पारेको हो।  त्यसैले नारि र पुरुषले लगाउने कोट प्यान्ट होस् वा सुरुवाल कमिज सबैमा नारीत्व झल्कन्छ र सुन्दर देखिन्छन । त्यसैले अब यो ढाका टोपी पनि नेपाली नारीले निक्कै रुचाएर लगाएको देखियो र सायद उनीहरुलाई पनि सोसियल मिडिया मा सेल्फी खिचेर हाल्न मात्र नभई बिसेस समारोहमा समेत सहज रुपमा लगाउन सक्ने डिजाइन निर्माण गरे राम्रो होला जस्तो लाग्छ। सायद यो अहिलेको समयको माग पनि हुन् सक्छ र फेसन डी जाइनलाई राम्रो आम्दानीको श्रोत समेत हुनसक्ने देखिन्छ।

बिसेष गरेर नेपाल बाहिर बस्ने हरेक नेपालीले नेपालबाट आउदा वा कोहि आउदा ढाका टोपी र नेपालको झण्डा  ल्याउन लगाउछन र बिसेष जमघट वा कार्यक्रमहरुमा सानका साथ लगाउछन। चाहे सरीरमा  जस्तो सुकै लुगा लगाएको किन नहोस् सिरमा ढाका टोपी लगाइसकेपछि उ नेपाली बन्छ र त्यसैमा गर्ब महसुस गर्छ। साथै यो सजिलो पनि र हरेक नेपालीले आफु संग देश विदेश जहि जादा पनि लिएर जान सक्ने र जस्तै बेलामा पनि लगाउनु पर्दा लगाउन मिल्ने भएको ले ढाका टोपीको महत्व अहिले बिदेशमा धेरै बढेको छ। तर नारीहरुले जब सम्म चौबन्दी चोलो, वा साडी चोलो लाउदैन्न तब सम्म विदेशको कार्यक्रममा यो नेपाली रहेछ भनेर छुट्टाउन सकिदैन। त्यसैले अहिले हरेक नेपालीले सिरमा हिमाल र सगरमाथा बोकेको गर्ब ठान्छन त्यसै नेपाली नारीलाई पनि त्यसै सजिलो र नेपालीको पहिचान देखिने केहि भए हुन्थ्यो भन्ने लागेको हुन् सक्छ। त्यसैले अब कल्चरल फेसन डीजाइनरले नारीलाई सुहाउने ढाका टोपी बनाउन सके राम्रो हुने थियो होला। अलिक फरक खालको र नारीको सौन्दर्यलाई अझ निखार्ने खालको ढाका टोपी चौथो अन्तरास्ट्रिय टोपी दिवसमा हेर्न पाइयोस यहि छ यस बर्ष को टोपी दिवस र अंग्रेजी नया बर्षको चाहना। पुरुष ले मात्र होइन अब हरेक नारीले समेत सिरमा सगरमाथा सिउरेर हिड्ने गर्ब अनुभूति गर्न पाउन। जय टोपी दिवस।

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading