नेपालीले खाना चाखेर ‘वाह, क्या स्वादिलो’ भन्यो भने मलाई डर लाग्छः थापा (भिडियो अन्तर्वार्ता)

Published in http://www.enepalikhabar.com/interview/2015/03/37204

on March 31, 2015 in News of the day

क्यालिफोर्निया, अमेरिका, १७ चैत । खाद्य परिकारविद् ध्रुव थापालाई विदेशीका लागि तयार पारिएको खाना नेपालीले चाखेर ‘वाह, क्या स्वादिलो’ भन्यो भने डरलाग्छ– कतै परिकार मसलेदार, चट्ट पिरो, अमिलो र कडा नुनवाला त बनेन, ग्राहक भड्किेने पो हुन् कि !

अमेरिकाको क्यालिफोर्निया बे–एरिया– बक्र्लीस्थित ‘टेस्ट अफ दि हिमालयाज’ नामको नेपाली रेष्टुरा खोलेर विगत १२ वर्षदेखि अमेरिकी र अन्य ग्राहकहरुलाई सेवा पु¥याउँदै आएका इक्जुकेटिभ सेफ तथा सहसञ्चालक थापाले सो क्षेत्रमा भ्रमण गर्दै पुगेका पत्रकार कपिल काफ्लेलाई अन्तर्वार्ता दिंदै भन्नुभयो, ‘नेपाली खानाका परिकार विदेशीको छनोटमा पार्नेहो भने उनीहरुको रुचि, बानी र स्वादलाई ख्याल गर्नुपर्छ, पिजा मनपराउने ग्राहकलाई नेवारी परिकार चटामरी चखाउनुपर्छ ।’

नेपाली साहित्यमा पनि उत्तिकै रुचि राख्ने र कविताविधामा हात पनि चलाउने थापाले हालै ‘टेस्ट अफ द हिमालयाज’ नामको खाद्य परिकारसम्बन्धी पुस्तक पनि प्रकाशित गर्नुभएको छ । ‘मैले नेपाली खानाका सयौं परिकारबाट छानेर प्रमुख ७५ प्रकारलाई यस पुस्तकमा स्थान दिएको छु, मलाई विश्वास छ, यसले नेपाली पर्यटन क्षेत्रको बजार विस्तारमा सानै भए पनि योगदान दिनेछ’ अन्तर्वार्ताका क्रममा थापाले भन्नुभएको छ ।

नेपालका गाउँ–गाउँ डुलेर खाद्य परिकारको रेसिपी तयार पारेका थापाले खाजा–नास्ता–चमेना, साकाहारी, मांसाहारी, चरा भोजन, दाल–भात, माछा खाना, ब्रेड–रोटी–पराठा, अचार र मिठाई गरी आठ प्रकारका खाद्य परिकारको रेसिपी प्रस्तुत गर्नुभएको छ । एक सामाजसेवीका रुपमा पनि परिचय बनाएका थापा श्रीमती सविताका साथ ‘टेस्ट अफ दि हिमालयाज’ मा खटिरहेको देखिनुहुन्छ । आफ्नो रेष्टुराको नवौं वार्षिकोत्सवका सन्दर्भमा यो किताव प्रकाशित गरिएको उहाँले बताउनुभयो ।

‘खानाका परिकारले हाम्रो समृद्धि देखाउँछ, नेपालमा नेवार र थकाली समुदायका खाद्य परिकार अधिक छन् भन्नुको अर्थ हो उनीहरुको सांस्कृतिक इतिहास पनि लामो छ’ थापाले भन्नुभयो– पर्यटनका माध्यमले आर्थिक समृद्धि हासिल गर्ने सोचको नेपालले आफ्ना पाँच तारे होटेललाई पनि ढिंडोलगायतका नेपाली खानाका परिकार राख्न लगाउनुपर्छ ।

– See more at: http://www.enepalikhabar.com/interview/2015/03/37204#sthash.fwabzkZO.dpuf

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading