कविता

अपलोड हुने आशामा बसेको छु।

अपलोड हुने आशामा बसेको छु।

आधुनिकताको महलमा
एउटा हाइटेक कोठा भित्र
उकुस मुकुस भएर बाचेको छु ..

एउटा मिनी ट्याब्लेट जस्तै
जसको काम र क्षमता
हरेक जेनेरेसन संगै बढ्दो छ
र हरेक जेनेरेसन संगै
यसको आकार र वजन घट्दो छ

त्यहि आधुनिक महलको
एउटा नानो कोठा भित्र
एउटा सपनाको प्रतिक्षामा
जिन्दगीलाई नै म्युट गरेर
कुरी रहेको छु……

तर सपना तिमि किन टाडीन्छौ ?
कतै तिमीले मलाइ
आफ्नो मेमोरी चिप्स बाटै
डिलिट त गरि सकेनौ ?
या आइक्लाउडमा सेभ गर्न भुल्यो ?
या पासवर्ड नै भुली दियौ ?
यदि त्यसो हो भने
एक फेर रिबुट गरिहेर
धेरै भो तिमीलाई स्लिप मोडमा

राखेर प्रतिक्षा गरेको

तर तिमि त साच्चै आउदिनौ
कतै तिमीलाई कसैले सुटुकै
म बाट ह्याक त गरेन ?
कतै तिमिले मलाई एउटा भारस सम्झेर
हरेक पल्ट सम्झन अघिनै
स्क्यान गरेर डिलिट गरिदिन्छौ?
या त स्पाम सम्झेर सोझै
आर्काइभमा फाली दिन्छौ ?
तर म भने तिम्रै प्रतिक्षामा
हरेक पल रिफ्रेश हुदै
अपलोड हुने आशामा बसेको छु।

It’s a high Tech Poem

High tech life.

Categories: कविता