तिमि कुरा काट्दै गर

जिन्दगीको गोरेटोमा
हरपल हरदम हिडी रहेछु
लक्ष्य मा पुगे या पुग्न सकिन
यसको अड्कल तिमि काट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

सफल भए या असफल भए
धनि भए या गरिब भए
सुख पाएकी दुख पाए
रक्सि पिएकी अमृत पिए
यसको अड्कल तिमि काट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

कसरि मलाइ खसाल्ने
कसरी मलाइ उछिन्ने
कसरी मलाइ होच्याउने
यहि तिमि सोच्दै गर
जाल झेल र बल्छी थप्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

मैले खाएकी खाइन
मैले लाएकी लाइन
म उ सित बोलेकी बोलिन
तिमि हरदम मेरै चियो गर्दै गर
मेरै बारेमा दिन रात कुरा गर्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

बस मलाई मतलब छ त्
मेरो कामको, मेरो इमान्दारिताको
मेरो इज्जतको , मेरो भविस्यको
मेरो आफ्नो , मेरो हर सुभ चिन्तकको
तर तिमि भने मेरै पछी लागेर
अफ्नो अमुल्य भविस्य बिगार्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

न त् मलाइ फुर्सद छ तिम्रो कुरा काट्ने
नत् मेरो त्यस्तो समय छ खेर फाल्ने
नत मेरोमा केहि छ तिम्रो मुख टाल्ने
नत मलाइ चासो छ अरुलाई खसाल्ने
त्यसैले तिमीलाई जे मनलाग्छ गर्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर

Trending

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading