By

Published on

फ्याटी लिभरले जन्माउने रोगहरु कसरि योगासन बाट नियन्त्रण गर्ने ?

फ्याटी लिभरले जन्माउने मोटोपना, मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोललाई के योगासन र जीवन शैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ?

स्वस्थ जीवननै सबै भन्दा ठुलो धन हो। आफ्नो सरिर स्वस्थ र चुस्त नहुदा जीवनमा थुप्रै समस्याहरु आई पर्छन। जसको प्रत्यक्ष उदाहरण म आफै पनि हु। हाम्रो सरिमा देखा पर्ने थुप्रै रोग हरुमा एउटा रोग बंशानुगत रोग पनि हो। जसको बारेमा यहाहरुलाई थाहा भएकै हुन् सक्छ। त्यसको बारेमा म यहाँ चर्चा गर्ने छैन। तर आज मैले आफुले भोगेको र यसबाट छुटकारा पाएको एउटा रोगको बारेमा यहाँहरु समक्ष प्रस्तुत गर्न चाहन्छु। त्यो हो फ्याटी लिभरको समस्यामा। अमेरिका आएको केहि बर्ष पछि देखिनै मेरो तौल निरन्तर रुपमा बढ्न थाल्यो। जसको कारण मलाई मेरो डाक्टरले समेत आफ्नो जीवन शैलीमा परिवर्तन नगरे चाडै विभिन्न रोगको सिकार हुने जानकारी गरायो। यो मेरो मात्र होइन, प्राय हाम्रो जस्तो देसबाट अमेरिका आएका लाखौ प्रबासी को समस्या हो। यहाँको रहन सहन र आहार बिहारले हाम्रो सरिरमा चाडै प्रभाव पार्ने गर्छ। तर हामी त्यस्ता कुरा त्यति सिरियस लिदैनौ र आफ्नै खुसि जीवन जिउन रुचाउछौ । मेरो पनि त्यस्तै भयो।
रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नबाट जोगिनु सबै भन्दा राम्रो हो। तर यस बिषयमा हामी तब सम्म सचेत हुदैनौ जब सम्म आफै केहि रोगका सिकारबन्छौ। एक जना मेरो मित्रले केहि महिना अघि मलाइ भनेको थियो , “ध्रुवजी तपाइले भने जस्तै समयमा केहि गरेको भए आज म यस्तो हुने थिइन। के गर्नु यहाँको व्यस्त जीवन शैली र कामको चापले थाहै भएन मेरो सरिर मात्र होइन मेरो आखालाई समेत असर गरि सकेछ। अहिले म मधुमेहको रोगले थुप्रै समस्याहरु खेपी रहेको छु। जे होस अब अलिक आफुलाई परिवर्तन गर्दैछु। तर यो रोग लागेपछि निको नहुदो रहेछ । बस यसको रोकथाम मात्र गर्न सकिने रहेछ। बेलैमा सचेत भएको भए सायद आज यस्तो हुदैन थियो होला।”
अमेरिकामा एउटा कुरा राम्रो छ, यहाका डाक्टरहरुले जहिले पनि औषधिको थुप्रो दिदैन। कसरि आफ्नो जीवन शैली र खानपान बाट आफुलाई निरोगी बनाउन सकिन्छ त्यसको ज्ञान दिने गर्छन । मलाईपनि मेरो डाक्टरले दिएको सुझाब यहि हो।

आफ्नो खानपान र दैनिक योग प्राणायामले हामी आफैलाई निरोगी र तन्दुरुस्त राखन मात्र होइन नियम पुर्याएर र योग वा स्वस्थ परीक्षक को निगरानीमा आफ्नो तालिका बनाएर त्यसको पालन गर्ने हो भने हामी थुप्रै रोगहरु लाई प्राकृतिक रुपमै निर्मुल गर्न सक्छौ। प्रस्तुत छ यहाँ ति केहि बिसेष योगासनहरु जसको नियमित र सहि तरिकाले योग प्रसिक्षक्को निगरानीमा गरे , फ्याटी लिभरको समस्याले सताउने सबैले यसको समस्याबाट छुटकारा पाउन सक्छन् ।
फ्याटी लिभर यस्तो स्वास्थ्य सम्बन्धी समस्या हो जसले धेरै समस्या निम्त्याउँछ। यसको बारेमा धेरै मानिसहरु चिन्तित छन्। डाक्टरले भन्ने गरेका छन यसको सबैभन्दा ठूलो कारण हाम्रो खराब जीवनशैलीनै हो । गलत खाने बानी र अस्वस्थ बानीका कारण मानिसहरु यसको सिकार हुन्छन् । यस रोगबाट पीडित व्यक्तिमा थकान, पेट फुल्ने, तौल घट्ने, अपच जस्ता समस्या हुने गर्दछ । कलेजोमा बोसोको मात्रा अत्यधिक जम्मा हुँदा फ्याटी लिभरको समस्या हुदो रहेछ । कलेजो वरिपरि बोसो जम्मा हुनु सामान्य कुरा हो। तर डाक्टर को भनाई अनुसार बोसोको मात्रा कलेजोको तौलको दश प्रतिशतभन्दा बढी हुँदा फ्याटी लिभरको समस्या हुन्छरे । मोटोपना, मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलका बिरामीले यो रोगबाट बढी सावधानी अपनाउनुपर्छ । फ्याटी लिभरको समस्यालाई योग र स्वस्थ जीवनशैली र आफ्नो भोजनमा नियन्त्रण गरेर हटाउन सकिदो रहेछ । मैले पनि यसलाई नियन्त्रण गर्न के के गरिन होला ? कहिले जिम जाने कहिले , हाइकिङ्ग जाने कहिले साइकल चलाउने गर्दा गर्दा अन्तमा योग आसन समेत गर्न थालेपछि यस रोगबाट पूर्ण मुक्त भएको डाक्टरले जानकारी गराएको छ भने अन्य रोगहरुबाट समेत बच्न सकेको छु। हाम्रो सरिरलाई कस्तो राख्ने त्यसको लागि केहि हदसम्म हामी आफैलाई अनुशासित र परिवर्तन गरेर प्राप्त गर्न सक्छौ। यो आजको भोलि हुने कुरा पक्कै होइन , यो जीवन शैली हो। यसलाई नियमित र दिर्घकालिनरुपमा अपनाउन सक्नु पर्छ। (यहाँ दिएको फोटोहरु तल उल्लेखित योगासन तथा भोजनका होइनन – लेखक )

healthy food
green juice
Photo by cottonbro on Pexels.com
Photo by Elina Fairytale on Pexels.com
Photo by Burst on Pexels.com
Photo by Marta Wave on Pexels.com

। फ्याटी लिभरको समस्याबाट ग्रसित भएकाहरूका लागि तल उल्लेखित तीन प्रमुख योगाशन र केहि प्राणायमहरु गर्नु निकै फाइदाजनक साबित हुन सक्छ।आउनुहोस यी योगासनका बारेमा केहि जानकारी लियौ।


मण्डुकासनः अर्थ भ्यागुता हो, अर्थात् यो आसन गर्दा भ्यागुताको आकार जस्तो स्थिति देखिन्छ। यो आसन गर्नका लागि सबैभन्दा पहिले ब्रजासनमा बस्नुहोस् र औँलालाई बाहिरी दिशामा लिएर मुट्ठी बन्द गर्नुहोस्। त्यसपछि दुवै मुट्ठीलाई नाभिको दुबै छेउमा यसरी राख्नुहोस् कि मुट्ठीहरू ठाडो र भित्री भागमा अद्वितीय छन्। अब श्वास छोड्दा अगाडि झुकेर चिनलाई भुइँमा राख्नुहोस्। यस स्थितिमा केही समय बसेपछि ब्रजासनमा फर्कनुहोस्। यसो गर्दा पाचन प्रणाली ठीक रहन्छ र कलेजो स्वस्थ राख्न मद्दत गर्छ। योग पुस्तकहरुमा यस योगासन को फाइदा यसप्रकार दिएको छ मंडूकासनले कैंसर , पाचन तन्त्र, किड्नी , कलेजोमा जमेको बोशो घटाउन र वजन कम गर्न समेत मदद गर्छ।


शशाकासन: शशाक भनेको खरायो हो। यो आसन गर्दा मानिसको आकृति खरायो जस्तो हुन्छ । त्यसैले यसलाई शशाकासन भनिन्छ। यो आसन गर्नका लागि सबैभन्दा पहिले वज्रासनमा बस्नुहोस् र त्यसपछि श्वास लिँदा दुवै हात उठाउनुहोस्। कानको नजिक काँधहरू महसुस गर्नुहोस्। त्यसपछि अगाडि झुक्दा दुवै हातलाई समानान्तर अगाडि फैलाउनुहोस्, श्वास छोड्दा हत्केलाहरूलाई भुइँमा राख्नुहोस्। त्यसपछि टाउको पनि भुइँमा राख्नुपर्छ। केही समय यस स्थितिमा रहनुहोस् र वज्रासनको स्थितिमा फर्कनुहोस्।


गोमुखासन: नामबाटै देखिन्छ, गोमुखासन गर्दा मानिसको आकार गाईको अनुहार जस्तै बन्ने भएकाले यसलाई गोमुखासन भनिन्छ। यो आसन गर्नका लागि सबैभन्दा पहिले दुवै खुट्टालाई अगाडि सिधा राखेर बस्नुहोस्। हातहरू कम्मरको छेउमा र हत्केलाहरू भुइँमा टाँसिएको हुनुपर्छ। अब बायाँ खुट्टा झुकाउनुहोस् र दाहिने नितम्बको नजिक हिल राख्नुहोस्। दायाँ खुट्टा झुकाउनुहोस् र यसलाई बायाँ खुट्टाको माथि एकअर्कालाई छुनुहोस्। यस स्थितिमा दुवै तिघ्रा एकअर्काको माथि आउनेछन्।


अब एक तर्फ करिब एक मिनेट गरेपछि अर्को तर्फ पनि त्यस्तै गर्नुहोस्। यस स्थितिमा रहनुहोस् जबसम्म तपाईं आराम गर्न सक्नुहुन्छ। केही समयपछि श्वास छोड्ने क्रममा हातहरू बिस्तारै खोल्नुहोस् र पहिलेको जस्तै स्थितिमा आउनुहोस्। त्यसपछि दाहिने खुट्टालाई फोल्ड गरेर दाहिने हातलाई माथिबाट पछाडिसम्म लैजानुहोस्, त्यसपछि एउटा चक्र पूरा हुनेछ। यदि तपाईलाई हात, खुट्टा र मेरुदण्डमा कुनै गम्भीर समस्या छ भने यो आसन नगर्नुहोस्।

यहाँ दिइएको जानकारी प्राकृतिक उपचार र सामान्य जानकारीमा आधारित छ। कृपया यसलाई अपनाउन अघि चिकित्सकको सल्लाह लिनुहोस्। लेखक 

Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading