By

Published on

हाम्रो आत्मबल र शक्ति हामी भित्र निहित छ।

एका देसमा एउटा राजाले आफ्नो राज्यको लागि नया बाटो बनाउन अर्को देशबाट केहि दासहरु ल्याएर बन्धक बनाएर राख्छन । उनीहरुलाई नजिकको जंगल किनारको एउटा एकान्त स्थानमा घरहरु बनाएर त्यहाँ बस्न र खान प्रबन्ध गरेर राखिन्छ । यदि कुनै दिन उनीहरु त्यहाँ बाट भाग्न खोजे उनीहरु सबैको हत्या गर्ने जानकारी राजाका एउटा सिपाहीले सधै सुनाउछ। यो गाउको चारै तिर राजाका सैन्य राखिएको छ र कसैले भाग्न खोजे मात्र पनि उनिहरुलाई मृत्यु दण्ड दिने राजाको आदेसहुन्छ । त्यहि भयमा उनीहरु त्यहा बसेर राजाको लागि दिन रात मेहनत गर्छन। धेरै बर्षहरु बितेर जादा समेत उनीहरु त्यहि बसेर कडा परिश्रम गर्दै राजाको सेवा गर्छन। उहिहरुले चाहेको भए सजिलै त्यहाबाट भाग्न सक्थे तर त्यसो कसैले कहिले गर्दैनन।

Photo by Vijay Putra on Pexels.com

केहि बर्षको प्रयास पछि त्यहाँ नया बाटोको निर्माण हुन्छ र सोहि बाटो भएर एक जना ऋषि केहि योगिहरुको साथमा त्यस राज्यमा आउछन , बाटोमा ति मानिसहरु चर्को घामको पर्वाह नगरी काम गरि रहका हुन्छन र उनीहरुलाई ऋषिले किन यसरि एस्तो चर्को घाममा काम गरेको? केहि बेर बिश्राम गरेर काम गर्दा पनि त हुन्छ भनेर सल्लाह दिन्छन तर कोहि पनि ऋषिको आज्ञाको पालन गर्दैनन र आफ्नो काममा लागि रहन्छन , यो देखेर ऋषि चकित हुन्छन र मन मनै सोच्छन कस्तो राम्रो राज्यमा आइएछ जहाँका प्रजा आफ्नो कर्तब्य र काममा एति धेरै लगनशील रहेछन यस्तो राज्यको राजा झन् कस्तो होला। जहाँ कोहि तिनीहरुको काम हेर्ने नहुदा समेत कसरि लगनशील भएर काम गरि रहेका छन्। उसलाई राजालाई भेट्ने ईच्छा जाग्यो र अन्य योगिहरुको साथमा राज दरवार तिर लागे।

उनीहरुको राज्यमा राम्रो सत्कार भयो मिस्ठान्न भोजन ,लत्ता कपडा र केहि अनाजले उनीहरुलाई सम्मान गरियो ।यो सब देखेर ऋषि हर्षले गद गद भए र राजाको प्रशंसा गर्न थाले। केहि बेर पछिको बार्तालाप पछि ऋषिले राजालाई उनको त्यो प्रजाको बारेमा जिज्ञासा राख्दै प्रश्न राखे , राजन हामी तपाइँ लाई भेटेर धन्य भयौ , हजुरको राज्य सधै यस्तै प्रगति उन्नति गर्दै हरेक मानव जगत, यसको प्रजा , र हरेक प्राणीको रक्षा गर्न र उनीहरुको हक , अधिकार, आत्मा सम्मान र कल्याण गर्न सक्षम बनि रहोस। हजुर कत्ति सक्षम राजा हुनु हुन्छ भन्ने ज्ञान मैले यहाँ आउदा बाटोमानै पाएको थिए , हजुरको प्रजा बिना रुकावट र कसैको निगरानी बेगर पनि कति लगनशील भएर काम गरि रहेका थिए। यसको राज के हो ? जान्ने ईच्छा राखे हजुर। हे महाराज उनीहरुले चाहेको भए त्यहा काम नगरी बस्न सक्थे। त्यस्तो टन्टलापुर घाममा काम गरि रहेका हुदैन थिए। तर पनि उनीहरु सबै एकोहोरो आफ्नो काममा लागि रहे , उनीहरुलाई मैले समेत केहि बेर आराम गरेर काम गर्न अनुरोध गर्दा समेत मानेनन् यसको रहस्य के हो ?

राजाको उत्तर सुनेर ती ऋषि र योगीहरू छक्कै परे , ऋषिबर! राजाले भने , ” तिनीहरु अन्य राज्यबाट ल्याइएका दासहरु हुन् यहाँ ल्याएर उनीहरुलाई काम लगाएको पनि अब पाच बर्ष भै सक्यो ,उनीहरुलाई कसैले बिद्रोह गरेर भाग्न खोजे मृत्यु दण्ड दिने घोषणा हरेक दिन दिने गरिन्छ र त्यहि भयको कारण उनीहरु दिन रात मेहनत गरि रहेका छन् , उनीहरुलाई उनीहरुकै कमजोरी र सामर्थ्यलाई दोस दिएर काममा लगाइएको हो र उनीहरूसँग आत्मबल र सामर्थ्यको अभाव छ। र यही कारण हो कि उनीहरु कहिल्यै भाग्न खोजेनन् र अज्ञात भयको कारण कसैको निगरानी बेगर उनीहरु काम गरि रहेका छन् र कुनै रोकटोक उनीहरु त्यसरीनै काम गरि रहने छन् ।

कथाको नैतिक:
हाम्रो आत्मबल र शक्ति हामी भित्र निहित छ। आफनै सामर्थ्य र आफुलाई चिन्न सकेनौ भने सधै दास बन्ने छौ।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading