By

Published on

सन्दर्भ : होलिडे सिजन र साकाहारी भोजनको बढ्दो प्रचलन।

सन्दर्भ : होलिडे सिजन र साकाहारी भोजनको बढ्दो प्रचलन।

अहिले अमेरिकामा होलिडे सिजन लागेको छ, यहाँ मेरी क्रिसमस भन्न भन्दा Happy Holidays भन्न रुचाउछन , कारण यहाँ सबैको आफ्नो आफ्नै आश्था र धर्म मान्ने अधिकार छ र यदि कसैले अन्जानमै कसैलाई merry Christmas भन्दा उसलाई असहज हुन्छ कि भनेर happy Holidays भन्दा केहि फरक नपर्ने हुनाले त्यसो भनिएको हो। सन्दर्भ होलिडे सिजनको भए पनि यहाँ चर्चा भने अहिले मानिसको खानपानको बारेमा गर्न खोजेको हु। किनकी यहाँ बिसेष गरेर चाड पर्वमा खाने भोजमा निक्कै परिवर्तन हुन थालेको छ। यहाँ केहि दसक अघि सम्म पनि होलिडे सिजनमा भोजनको मुख्य अंश भनेकै मासुको परिकार हुन्थ्यो भने अहिले यहाँ पनि आफुलाई साकाहारी हु भन्ने जमात दिन प्रतिदिन बढ्दो छ। हालै टेलिविजन मा एउटा ग्रुपले हातमा प्ले कार्ड बोकेर ” Lets celebrate Vegan Christmas” भनेर प्रचार गरेको देख्दा यो लेख लेख्न मन लागेर लेखेको हु। यहाँ सम्मकि डाक्टरले समेत हस्पिटलमा निरोगी र स्वस्थ रहन Plant-based Food खाने सल्लाह दिनेगर्छन । त्यसैले अहिले food habits दिन प्रतिदिन बदलिदो छ र हुदा हुदा vegan खानेको जमात पनि निक्कै बढ्दो छ। जसले दुध जन्य खाध्य सामग्रीको समेत प्रयोग गर्दैनन्।
हालको अमेरिकी food trend को तथ्यांकलाई हेर्दा धेरैले अहिले आफ्नो प्रमुख भोजनमा साग सब्जी लाई बिसेष प्राथमिकता दिएको देखिन्छ, जसमा काचो फल फुल. सलाद, उमारेको गेडा गुडी देखि गहुको जमरा र अन्य सुक्ष्म बनस्पति ( micro plant ) हुदै नरिवल, र अन्य भटमास वा बदामको दुध दहीको प्रयोग हुन थालेको छ।
यस्तो खाना खानेको जमातमा अहिले millennials यानिकी २००० को हाराहारीमा जन्मेका युवा पिडिमा अझ धेरै देखिन्छ भने यसको प्रत्यक्ष प्रभाब ८० को दसक देखिको एताका मानिसमा पनि धेरै देख्न सकिन्छ। NPD ग्रुपको तथ्याकं अनुसार ४० नकाटेकाहरु लगभग ५० प्रतिसतको हाराहारीमा साकाहारी खान रुचाउछन भने त्यस भन्दा १० बर्ष अधिक उमेर भएका हरुमा पनि यसको प्रभाव बिस्तारै पर्दै गरेको तथ्यांकले जनाउद छ।


यस प्रबितिलाई सुक्ष्म रुपमा नियाल्दा अहिले होटेल रेस्टुरेन्टहरुमा समेत यसको प्रभाव पर्न थालेको छ भने हालै आएर प्रोफेसनल सेफ , पर्सनल सेफ र प्राइभेट सेफहरुको डिमाण्ड समेत बढेको तथ्यांकले देखाउछ। हालै टेलिविजन सोहरुमा समेत साकाहारी खाना को बारेमा धेरै कार्यक्रमहरु बन्न थालेको छ भने हालै New York magazine मा एउटा लेखमा लेखेको छ “Simply put, the once-meat-obsessed populace is realizing that vegetables actually taste good. Especially when fresh, in season, and carefully prepared.”

अहिले आएर घरमा बनेको खाना को महत्व निक्कै बढेको छ भने आफ्नै बगैचा मा फलेका फलफुल हरु केहि बर्ष अघिसम्म यहाका मानिसहरुले “Free ” लेखेर आफ्नो गरको अघि राख्ने गर्थे र आफ्नै करेसा बारीमा फलेका साग सब्जी फल फुल हरु समेत खादैन थिए यस बिसयमा मैले केहीलाई सोधेको पनि थिए र उनीहरुको जवाब हुन्थ्यो यसलाई हामीले किसानले जस्तो हेरचाह गरेर लगाएको होइन र यो खान योग्य छ कि छैन हामिल त्यो रिस्क लिन सक्दैनौ भन्थे , तर अहिले Farmers market मा त्यहि बिक्रि भएको देख्दा र सबैले खाएको देख्दा यो प्रबिती को समेत परिबर्तन भएको छ।

अहिले अर्गानिक फलफुल को समेत माग बढेको हुदा र यसको मूल्य अन्य भन्दा धेरै हुने हुनाले भनिन्छ यहाँ साकाहारी हुन् मांसाहारी हुन् भन्दा महँगो छ। र अहिले यो नै एउटा जीवन शैली र मानिसको सम्पन्नता समेत देखाउने नया कडी बनेकोछ। मानिसहरु अहिले अमेरिका लगायत पश्चिमी मुलुकहरुमा आफुलाई , Vegan , Vegetarian , yoga , meditation, spirituality जस्ता शब्दहरु प्रति आकर्सित हुदैछन र यो प्रबिती निरन्तर रुपमा बढ्दो छ। यो हिले अमेरिकामा एउटा नया र आधुनिक जीवन शैली बन्दैछ जसप्रति युवा पुस्ता निक्कै आकर्षित हुदैछ जुन एउटा सकारात्मक बिषय पनि हो। तर हामी भने अमेरिका आएर आफ्नो संस्कृति रिति रिवाजलाई लत्याएर अमेरिकी बन्ने क्रम बढ्दो छ। यह्को राम्रो कुरा पनि धेरै छन् त्यसलाई उनीहरुले हामीबाट सिके जस्तै हामीले पनि उनीहरुको राम्रो कुराको सिको गरेर पुर्बिय संस्कृति र जीवन शैलीलाई आधुनिक तवरमा निर्वाह गर्ने हो भने हामी अझै धेरै अगि बढ्न सक्छौ। अझ भारतीयको तुलनामा नेपाली खाना लाई महत्व दिने हो भने हामी धेरै साकाहारी र भेगन खानानै खान्छौ , त्यसमाथि हाम्रो खानामा probiotic र fermented खानाको समेत बिशेष स्थान छ। त्यसको मूल्य र महत्वलाई हामीले बुझ्न सक्नु पर्छ। हामी वास्तवमा भन्ने हो भने साकाहारी भोजन नै धेरै खान्छौ।तर अहिले आधुनिकताको नाममा fast food र non veg खाना प्रति आकर्षित हुदै छौ जुन हाम्रो स्वास्थ्यको लागि समेत घातक हुदै गएको छ।

मासुको तुलनामा साग सब्जी तिर आकर्षित हुने केहि प्रमुख कारणहरु।

स्वास्थ्य को कारण: सबैलाई थाहा भएकै कुरा हो साकाहारी भोजन चाडै पच्द्छ र सरिर हल्का र सन्तुलित हुदछ , भने मासु मा अधिक बोसो र अनेक्ल रोग लाग्ने लक्षण हुन्छ। हालै Journal of American Medical Association Internal Medicine ले १३०,००० मानिसमा गरेको एउटा अनुसन्धानमा प्लान्ट प्रोटिन र अनिमल प्रोटिन मा प्लान्ट प्रोटिन खनेको आयु धेरै हुने उल्लेख गरेको छ।
करेसा बारीको अहोधरना बढ्दो छ। जसले मानिसलाई स्वस्थ रहन देखि बिभिन्न रोगबाट समेत मुक्त हुन् सहयोग गर्ने छ। स्वस्थ हावापानी र बाहिरी बारीमा काम गर्दा र घरमै बसेर टेलिविजन र कम्पुटर मा समय बिताउदा यसले सरिरमा नकारात्मक असर पर्ने गर्छ।
पर्यावरण को संरक्षण: University of Oxford, England,को डाटा अनुसार भोजनमा धेरै बनास्पतिको प्रयोगले प्रदुसन नियन्त्रण गर्न र carbon footprint नियन्त्रण गर्न समेत सहयोग पुर्याउछ।
अहिले को बढ्दो आहार प्रबितिमा Locally grown Vegetables को निक्कै चर्चा छ किनकि यसको उत्पादन स्थानीय स्तरमा भएको हुदा कस्तो खाध्य प्रयोग गरिएको हुन्छ त्यसको समेत जानकारी लिन सकिने छ र ओर्गानिक हो होइन त्यसको प्रमण पत्र समेत राखेर स्थानीय फारमर्स मार्केट मा बिक्रि हुने गर्छ। अझ घरैमा आफैले उमारेको साग सब्जी को महत्व कति होला सबैले अनुमान लगाउन सक्छन। त्यसैले गर्दा अहिले home gardener को पेसा समेत निक्कै बढ्दो छ र आफ्नै निगरानीमा आफ्नै करेसाबारीमा केहि उमारेर एक पल्ट खानु होस , त्यसले तपाइले स्वर्गीय आनन्द र निक्कै ठुलो आत्मा सन्तुस्ट दिनेछ। अब आउदो चाड पर्वमा खसी हैन फर्सी बलि दिएर यसको परिकार बनाउने कि ? अब समय आएको छ हाम्रो चाड पर्वमा पनि भोज मा समावेस हुने परिकारमा साग सब्जी, फलफुल र सलाद को अत्यधिक प्रयोग गर्ने कि ?


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी