By

Published on

जीवनको मूल्य !

एकदिन एउटा मानिस जीवन को मूल्य बुझ्न भगवान बुद्धको सामु गएर बिन्ति गरेछ भगवान , मेरो जीवनको मुल्य कति हो ?

भगवान बुद्धले त्यस मानिसलाई नियालेर हेरेपछि एउटा ढुंगा दिएर भन्नु भएछ , यो ढुंगा लिएर जाउ र यसको मूल्य कति रहेछ पता लगाएर आउँ। तर भुलेर पनि यसलाई नबेच्नु।

हवस् हजुर, भनेर उ बजारतिर लागेछ, बाटोमा एउटा फल वालालाई देखाएर भनेछ हजुर यस्को मूल्य कति होला ? फल वालाले भनेछ म तिमीलाई यसको “एक किलो सुन्तला दिन तयार छु” ।

त्यसपछि एउटा किराना पसलमा जादा ” २ बोरा चामल ” दिने प्रस्ताव राखेछ। उ त्यहाबाट निस्किएर सोझै एउटा सुनारको दोकानमा गएर सोधेछ , हजुर यस ढुंगाको मुल्य कति होला ? सुनारले त्यस पत्थरलाई नियालेर हेरेपछि “एक तोला सुन “संग साट्ने प्रस्ताव राखेछ।

अब उ अन्योलमा परेछ, यसको मूल्य हरेकले किन फरक फरक राखी रहेको छ ? उ त्यहाँबाट एउटा जौहरीकोमा पुगेर देखाएछ।

जौहरी ले त्यो अमुल्य रत्नलाई आफ्नो  हातमा लिएर पहिले त ढोगेछ र नियालेर , तौलीदै  भनेछ , यो त अतिनै बहुमुल्य रत्न हो , यसको मुल्य तिमि जति भन्छौ म अहिले दिन तयार छु। उसले त्यसको मुल्य  रु १० लाख भन्दा जौहरीले तत्काल १० लाख दिन तयार भएछ।

तर बुद्धको आज्ञा अनुसार उसले लालचमा आएर त्यो बेच्न सकेन र उ त्यहाँबाट फेरी फर्केर बुद्ध को मा फर्की आएछ।

हे भगवान , मैले यसको मुल्य बुझ्न सकिन हरेकले यसको मूल्य फरक फरक राख्दै गए र सबैले यसलाई पाउने इच्छा प्रकट गरे। हजुरनै भनि दिनुहोला यसको मूल्य कति हो ?

बुद्धले मन्द मुस्कानका साथ उत्तर दिएछ , हेर मित्र तिमि यहाँ आफ्नो जीवनको मूल्य बुझ्न आएका थियौ , अब सुन हाम्रो जीवनको मूल्य पनि यस्तै हरेकले आफ्नो औकात , हैसियत , क्षमता र बिबेक अनुसार  तोक्छन।

त्यसैले तिम्रो यो बहुमुल्य जीवनलाई , प्रेम गर, इज्जत गर, कहिले यसको अवहेलना नगर र त्यो संग मात्र संगत गर जसले तिम्रो इज्जत गर्दछ र त्यहाँमात्र जाउ जहाँ तिम्रो कदर हुन्छ ।

चिन्ता नगर तिमीलाई सहि मुल्यांकन गर्नेहरु पनि यो संसारमा धेरै छन्।

(भगवान बुद्धका प्रेरणादायक कहानीमा आधारित )


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading