By

Published on

२०२१ कस्तो रहला ? स्वस्थ जीवनको लागि ध्यानदिनु पर्ने प्रमुख तत्वहरु के के हुन् ?

सायद केहि व्यक्ति मात्र होलान जसले २०२० एकदम राम्रो बर्षको रुपमा बित्यो भन्लान , तर धेरैको लागि यो बर्ष निक्कै चुनौतीपूर्ण र जीवनमा नसोचेको महामारीको सामना गर्न पर्यो । विश्वको हरेक देसका अनगिन्ती व्यक्तिको भावनात्मक र मानसिक सुस्वास्थ्यले यस वर्षभरि महत्वपूर्ण असर पारिनै रह्यो। एउटा अनौठो अन्योलता र अनिश्चितताले सबैलाई केहि हद सम्म सतायो र अझै सताइनै रहेको छ।।यदि यस महामारी अझै रहिरह्यो भने विश्वभरिनै मानिसक स्वास्थ्यमा नकारात्मक असर परिनै रहने छ त्यसो भयो भने आफ्नो स्वास्थलाई प्राथमिकता दिन र आफ्नै मानसिक स्वास्थ्यको हेरचाह गर्न गाह्रो हुन सक्छ।अहिलेको यस कोविड १९ को असर कुनै चमत्कारिक रुपमा जाने छैन र यसले अझै धेरै जटिल समस्याहरु बिसेष गरेर मानसिक तनाव थप्ने छ। यद्यपि नयाँ वर्षको सुरूवात परिवर्तन र पुनर्जन्मको पर्यायवाची हो। धेरै मानिसहरू यस समय लाई आफ्नो जीवनलाई नया ढंगबाट सुरु गर्न नया नया रेजुलेसन लेख्ने वा बनाउने गर्छ , तर यस बर्ष को रेजुलेसनमा सबैभन्दा धेरैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने र महत्वपूर्ण जीवनशैली परिवर्तन गर्ने कुरामा दुईमत छैन ।

२०२१ मा मानिसिक ,सारीरिक र आर्थिक रुपले समेत स्वस्थ रहनुहोस,

खुसी रहनुहोस र जीवनलाई नया ढंग बाट संयम, सतर्क र सुरक्षित भएर अघि बढाउनु होस् ।

यहि शुभकामना छ नया बर्षको सबैलाई।–

यदि तपाइँ नयाँ वर्षको resolution(संकल्प) तयार गर्ने गर्नु गर्नुहुन्न भने पनि आफ्नो स्वास्थयलाई पहिलो प्राथमिकता दिनु अति आवस्यक छ। झन् अमेरिकामा त नया बर्ष संगै मेडिकल इन्सुरेंस पुन नबिकरण हुने हुदा , जनवरीमानै आफ्नो सम्पूर्ण सरिर जाच्न डाक्टरसित सल्लाह लिनु जरुरि छ। किनकी अहिलेको महामारीमा अन्य थुप्रै रोगहरु र अन्यस्वास्थ्य सम्बन्धि रोगहरु तल माथि हुन् सक्ने प्रबल सम्भावनाहरु चिकत्सक हरुले औलाएको छ । त्यसैले २०२१ को सुरुवात गर्दा देखिनै हाम्रो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने ,नियमित योग ध्यान वा अन्य सरिरिक ब्यममालाइ पहिलो प्राथमिकता दिने समय हो।

अहिलेको महामारीले गर्दा धेरैले खुला स्थानमा गएर ब्याम गर्न असहज भएकोले घरमै केहि गर्ने सोच बनाएको र प्राय घरमै बस्नु पर्ने बाध्यात्मक परिस्थिति भएकोले गर्दा हाल विश्वभरिनै योग, प्राणायाम र ध्यानले प्राथमिकता पायो भने धेरैले अनलाइनबाट समेत ब्याम गरेर आफ्नो सरिर र मस्तिस्कलाई सन्तुलित राख्न प्रयास गरे। त्यसैले २०२० मा सम्भवत सबै भन्दा धेरै डिजिटल योग केन्द्रहरु खुले होलान। सायद २०२१ पनि डिजिटल फिटनेस को लागि धेरै अवसर रहने छ। अझै पनि समय सहज बनेको छैन कि मानिसहरु जीममा गएर ब्याम गरुन। अझैपनि डर, र त्रास सबैको मनमा रहेको हुनाले र घरमै योग अभ्यास गर्दा थोरै समय र आर्थिक खर्चमा समेत कटौती गर्न मिल्नेहुनाले यसको मांग अझ धेरै बढ्ने विज्ञहरुको विश्लेषण छ। अहिले विश्व भरिनै योग को महत्व बढेको छ र यसले हाम्रो सरिरमा के कस्तो फाइदा गर्छ त्यसको धेर थोर ज्ञान सबैलाई छ।

स्वस्थ जीवन को लागि चाहिने प्रमुख चार कारक तत्वहरुमा आहार, व्यायाम, निद्रा र आराम हो। हामी मध्ये धेरैले पहिलो तीनलाई ध्यान दिन्छौं तर प्राय: आरामलाई बेवास्ता गर्दछौं तर सहि आराम हाम्रो जीवनमा अतिनै आवस्यक छ। तनावले हाम्रो प्रतिरक्षा प्रणालीलाई आघात गर्दछ भने यसको साथ् साथ बिबिध रोगहरु समेत हाम्रो सरिरमा देखिन थाल्छ। तर नियमित रुपमा र अनुशासित भएर गरिएको योग अभ्यासले हाम्रो सरिर को स्नायु प्रणालीलाई नियन्त्रणमा राख्न र सरिरलाई आराम गर्न मद्दत पुर्‍याउदछ। त्यसले योग अभ्यास गर्दा जहिले पनि अन्तमा ध्यान र बिश्राम अति महत्वपूर्ण हुने हुनाले यसलाई जतिनै हतार भएपनि गर्न छोड्नु हुदैन। योगमा विभिन्न प्रकारका आराम गर्ने विधिहरूको साथ समाधान समेत दिएको हुन्छ ।त्यसैले आफ्नो जीवनशैली लाई सकिन्छ भने केहि परिवर्तन गरौ र योग , प्राणायाम र ध्यानलाई २०२१ को रेजुलेसंमा प्राथमिकताका साथ राखौ। अन्तमा भनिन्छ नि हामी जस्तो खानपिन अप्नाउछौ हाम्रो स्वास्थ्य त्यसैको प्रतिफल हुने गर्छ त्यसले पौष्टिक , स्वस्थ बर्धक, र ताजा फलफुल खाने गरौ र सक्दो प्रोसेस र जंक फुडजस्ता खानेकुराबाट टाडा बसौ।सके सम्म अर्गानिक फलफुल र ताजा सब्जिहरु दैनिकरुपमा सन्तुलित मात्रामा खाने गरौ।राम्रो , ताजा र अर्गानिक हो भनेर अत्यधित खाने समेत गर्नु हुदैन। सन्तुलित भोजनले हाम्रो सरिरमा रोग संग लड्न प्रतिरक्षा प्रणालीको विकास हुन्छ र सरीर स्वस्थ र दिर्घकालिन रोग र अन्य संक्रमणबाट बच्न मदद पुर्याउदछ। सरिरलाई चाहिने सन्तुलित भोजन , भिटामिन,खनिज , फाइबर , प्रोटिन र अन्य खनिज पदार्थको कमि भए न भएको डाक्टर सित सल्लाह लिएर वा जाँचेर त्यहि अनुसारको आहार लिनु पर्छ। साथै हाम्रो खानामा नुनको प्रयोग धेरै हुने हुनाले यसलाई समेत सन्तुलन गर्न र चिनी र बोसो युक्त खाना जसले गर्दा , बजन बढ्ने, हृदय रोग लाग्ने, स्ट्रोक हुने , प्रेसर र डाइबिटीज देखि क्यान्सर सम्म को जोखिम हुने हुनाले र अहिले को अवस्थामा यी दिर्घकालिन रोगीहरुलाई कोविड -१९ को अझ धेर जोखिम भएकोले सतर्क बन्न जरुरि छ।

अन्तमा नया बर्ष २०२१ को सबैमा हार्दिक मंगलमय शुभकामना। आउनु होस् हामी एउटा संकल्प गरौ कि हामी सबै २०२१ मा मानिसिक ,सारीरिक र अतिनै आवस्यक भनेको आर्थिक रुपले समेत स्वस्थ रहन सिकौ , आफुपनि खुसी हौ र अरुलाई पनि खुसी प्रदान गरौ। हाम्रो जीवनलाई नया ढंग बाट संयम, सतर्क र सुरक्षित भएर अघि बढाउन एक अर्काको सहयोगी बनौ । यहि शुभकामना छ नया बर्षको सबैलाई।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading