By

Published on

कोरोनाको कहरमा सोसियल मिडिया र इन्टरनेटको प्रहार !

अहिले बिश्व कोरोना महामारीले त्रशित छ र हरेक देसका नागरिक समाज देखि हरेक बालबालिका अहिले आफ्नो काम व्यवसाय र स्कुल बन्द भएको कारणले घरमा बस्न बाध्य भएका छन्। अहिले त स्कुलमा लगभग समर भेकेसन सुरु भई सकेको अवस्था छ तर त्यपछि पनि कहिले स्कूल संचालन हुने हो त्यो धेरै स्कूलले घोषणा गर्न सकेको छैन। भनौ गर्न सक्ने अवस्था छैन। त्यसो हुदा अब नया स्कूल बर्षको सुरुवात त् भयो तर स्कूल जान पाएका छैनन् बिद्यार्थी। अधिकांस बिकशित रास्ट्रका स्कूलहरु भने कुनै बाधा बिघ्ननै कम्प्युटरमा अनलाइन कक्षा संचालन गरिरहेको छ भने धेरै रास्ट्रहरु जो हरेक बिद्यार्थी कम्प्युटरको पहुच बाहिर छन् उनीहरुलाई अहिले गाह्रो भई रहेको अवस्था छ। स्कुले बिद्यार्थीलाई स्कूलको पाठ्य पुस्तक र अन्य सामग्री को लागि किनमेल गर्ने स्थिति पहिलेको जस्तो छैन। हो, बच्चाहरूलाई अझै पनि कोर्स बुक , नोटबुक, बाइन्डर र पेनहरू चाहिन्छ – तर तिनीहरू अहिलेको कम्प्युटर टेक्नोलोजी बिना सहजरुपमा सिक्षा आर्जन गर्न गाह्रो हुने देखिएको छ ।त्यसैले हरेक बिध्यर्थिको चाहाना या त कम्प्युटर वा ट्याब्लेट वा सो पनि भएन भने स्मार्ट फोन भएको छ। त्यसैले अभिभावकले स्कूल संग सम्पर्क गरेर के अति आवस्यक हो सोहि अनुसार आफ्नो बजेटले भ्याउने साधन किनिदिनु पर्ने बाध्यात्मक परिस्थिति बनेको छ।
हुनत अहिलेका नानीहरुलाई कम्प्युटर सिकाइ रहन पर्दैन सबै डिभाइस हरु बालमैत्री खालका बनेका छन् , युटुब देखि टिक टक सम्म आफै चलाउने भएका छन् भर्खर स्कूल जान थालेकाहरु समेत। त्यसैले यो उनीहरुको दैनिकिनै बन्न थालेको छ पहुच पुग्ने बाल बालिकाहरुको लागी। तर धेरै त्यस्ता बाल बालिकाहरुपनि छन् जसले यी सब प्रयोग गर्न त् के देख्न समेत पाएका छैनन।

एक दसक अघिनै एचपीकम्प्युटर द्वारा गरिएको सर्वेक्षण र वेकफिल्ड रिसर्चले गरेको सर्वेक्षण अनुसार कम्प्युटर १० बर्ष भन्दा कम उमेरका बच्चाहरूका लागि होमवर्क, असाइनमेन्टको महत्वपूर्ण अंश बन्न पुगेको छ र ति विद्यार्थीहरूले कम्तिमा तीन घण्टा इन्टरनेट पहुँच भएका उपकरणहरूमा खर्च गर्छन्। यद्यपि यति कम उमेरमा कम्प्युटरको धेरै प्रयोगले आमाबाबुमा केही चिन्ता बढेको सर्वेक्षण ले जनाउछ। त्यहि तथ्यांकलाई अहिले हेर्ने हो भने यसको प्रयोग अझ धेरै भएको हुन् सक्छ र ति सा सानाबाल बालिकाहरुले यसलाई कस्तो कस्तो प्रयोजनमा चलाई रहेको छ त्यो हरेक अभिभावकले हेर्न र नियन्त्रण गर्न अति आवस्यक छ। किनकी अनलाइन सुरक्षा र यसबाट हुने दुस्परिनाम बाट हरेक बाल बालिकालाई जोगाउन त्यति सजिलो छैन।

के अहिलेको परिस्थितिमा बिचरा नानीहरु घरमै बसेका छन् एसो खेल्न दिउ भनेर दिन रात ति उपकरणहरु उपलब्ध गराउदा त्यसको असर कस्तो हुनेछ ति साना मस्तिस्कमा त्यो चाडै चिकित्सा विज्ञानले बताउनेनै छ त्यो भन्दा पनि अहिले बच्चाहरूले रमाईलो गर्न र समय व्यतित गर्न अनलाइन साइटहरु सुरक्षित छन् ? अधिकांश अभिभावकहरू यस बिषयमा धेरै चिन्तिंत छन् तर रोक्न सकिरहेका छैनन्। धेरै अभिभाकहरु अनलाइन सपिङ्ग गर्न भन्दा बरु आफ्नो छोरा छोरीलाई क्रेडिट कार्ड दिएर सपिङ्ग गर्न जान दिन तयार छन्। किनकी कुनैपनि समय साइबर फ्रडको फन्दामा परेर आफ्नो गोपनियता गुमाउन सक्ने छन्। लोभलाग्दो बिज्ञापनहरु हरेक गेम र साइटहरुमा आउच र त्यसले सजिलै यसको प्रयोग कर्तालाई फसाउन सक्ने जानकारी साइबर सेकुरिटीले सचेत गर्दै आएको छ।
धेरै अभिभावकहरु एकान्तमा इन्टरनेट चलाउन दिनु भन्दा बरु आफ्नो सन्तानलाई उनीहरुका साथीको घरमा गएर खेल्न दिन सुरक्षित ठान्छन। विडियो गेम र सामाजिक संजाल अहिलेको अभिभावकको लागि एउटा चुनौती बन्न पुगेको छ। त्यसैले हरेक पल यसलाई नियन्त्रण गर्न नसक्ने हुनाले बरु कम्प्युटर र अन्य डिभाइसहरु बैठक कोठा र अरुको धेरै उपस्थित हुने स्थानमा मात्र प्रयोग गर्न दिने गर्नु उचित हुन्छ जसले गर्दा उनीहरु जे पायो त्यहि साइटहरु खोलेर चलाउन सक्ने छैनन्।

Photo by Karolina Grabowska on Pexels.com

अहिलेको यस लक् डाउन को समयमा लामो समय सम्म कम्प्युटर प्रयोगगर्नु धेरैको लागि सामान्य हो तरपनि धेरै अभिभावकहरु आफ्ना बच्चाहरूलाई अनलाइन सुरक्षाको लागि सरल कदमहरू चाल्दैनन्, जस्तै आमाबुवा नियन्त्रण सफ्टवेयर प्रयोग गर्ने ,स्क्रिन टाइम सेट गर्ने , नियमित बाहिर खेल्न प्रोत्साहन गर्ने गर्नु पर्छ।

आफ्ना बच्चाहरूलाई उनीहरूको स्कूलको काम पूरा गर्न र त्यसपछि केहि समय खेल्न दिनु उचित हुन्छ नकि दिन रात फोन र कम्प्युटरमा व्यस्त रहन दिनु। त्यसैले आफ्नो बाल बालिकाको लागि सही कम्प्युटर , ट्याब्लेट वा अन्य स्मार्ट डिभाइस छान्नुहोस् र त्यसको प्रयोगको लागि निश्चित समय तोकी दिने गर्नुस । युवा बच्चाहरूको कम्प्युटर प्रयोगमा नजर राख्न, ल्यापटप र ट्याब्लेट भन्दा सकिन्छ भने पारिवारिक डेस्कटप पीसीलाई प्रयोगमा ल्याउनुहोस जुन तपाईं आफ्नो घरमाबिसेष सबैको नजर पर्ने स्थानमा राख्न सक्नुहुनेछ। आफ्नो नानीहरुले अनलाइनमा के गरिरहेका छन् त्यसको निगरानी राख्नोस , साथै (Parental control )अभिभावकीय नियन्त्रण सफ्टवेयर प्रयोग गर्नुहोस्। तपाइँको बच्चाहरु अनलाइन के गर्दै छन् भन्ने बारे सचेत हुनुहोस्, कम्प्युटर स्क्रिन प्रयोगको सीमा तोकिदिनुहोस र अनुचित वेबसाइटहरू प्रतिबन्धित गरिदिनुहोस।
साथै आफ्ना बच्चाहरूसित यसको बारेमा जानकारी गराउदै बेला बेलामा कुरा गर्नुहोस्।यो न सोच्नुहोस किन तपाइका नानीहरुले अहिले यो सब डिजिटल रूपमा जानी सकेका छन् भनेर , किनकी उनीहरुले यो सब जानेपानी उत्सुक्ताबस त्यस्ता साइटहरुमा साथी भाइका लह लहैमा लागेर चलाउन थाल्ने छन् र लत बसेपछि छुटाउन गाह्रो हुनेछ। अहिलेका बच्चाहरु सबै जान्दछन हामीले के सिकाउनु भन्ने सोच परिबर्तन गर्नुहोस , सहि सिक्षा र उपदेस सबैले जानेकै हुनछन तर त्यहि उपदेस कहिले कहिँ प्रभावकारी हुन् सक्छ र उनीहरुको आचरण परिवर्तन गर्न मदद पुर्याउन सक्छ। यसको बारेमा , फाइदा र बेफाइदाका बारेमा , गोपनियताको बारेमा , उनीहरूसँग व्यक्तिगत जानकारी साझेदारी नगर्ने वा शंकास्पद लिंकहरूमा क्लिक गर्ने बारेमा कुरा बेले बेलामा गर्दै गर्नु पर्छ त्यसले गर्दा उनीहरु सचेत हुन् सक्छन। यो अहिलेको अत्यन्त आवस्यक बस्तु बनि सकेकोछ यसको सहि प्रयोग गर्न सिकाउ र यसबाट हुने दुर्घटना र दुस्परिणामको बारेमा हरेक बाल बालिका , युवाहरु मात्र हैन हरेकलाई सचेत गराउ।
अन्तमा अहिलेको यस महामारीको परिस्थितिमा बाल बालिका मात्र होइन हरेकलाई इन्टरनेट र सोसियल मिडियाको लतले आतंकित बनाएको छ। पछिल्लो दशकमा, सामाजिक मीडियाले मानिसको जीवन शैली , रहन सहन देखि जनस्वास्थ्यको बारेमा चेतना र ज्ञान फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ; यद्यपि यो महामारी र नागरिक अशान्ति को समयमा नक्कली समाचार फैलाउन, घृणा गर्न र जातिवाद पैदा गर्न पनि दुरुपयोग भएको छ। यहि सामाजिक मिडिया आतंक को कारणले बजारमा ट्वाइलेट पेपर देखि दैनिक उपभोगको सामग्री कस्तो नाटकीय रुपमा सकिएको थियो यसको अनुभव सायद सबैले भोगेकै हुनु पर्छ।

यहि सोसियल मिडियारहरुको आडमा महामारीको बेलामा गैरकानुनी बजारले समेत धेरै आतंक फैलाउन मदद पुर्याएको थियो। त्यसैले सबै बस्तुको प्रयोग गर्ने समय र अवधि हुन्छ त्यसलाई अत्यधिक प्रयोग गर्दा आफैलाई हानि हुन्छ।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading