By

Published on

अलबिदा श्री कृष्ण तिमीलाई……….

srikrishna

अलबिदा श्री कृष्ण तिमीलाई……….

कृष्णको लीलानै बुझ्नै नसक्ने हुन्छ भन्ने कुरा त हामीले धर्म शास्त्रमा पडदै आएका छौ तर नेपाली चलचित्रको कृष्णले पनि त्यस्तै लीला देखाएर हामीलाई छाडेर गएको घटनाले एउटा प्रश्न उब्जाएको छ।  के वास्तवमै उनलाई र उनले हालै बिवाह गरेर हनिमुन समेतमा रमाउन न पाएकी स्वेतालाई उनीहरुको बैवाहिक जीवन एति छोटो र अधुरो रहन्छ भन्ने थाहा थियो? सायद थिएन  होला, नत्र भने कुन नारी बिवाह गरेको ३१ दिनमै बिधवी हुन् चाहन्छिन  वा कुन पुरुषले अब म मरनै लागे हतार हतार बिवाह गरि हाल्छु भनेर सोच्थ्यो होला।  यो जीवन चक्र पनि कस्तो अनौठो र रहस्यमय हुन्छ।  नत्र किन  स्वेता खड्का बिहान आफ्नो बिरामी श्रीमानलाई “श्री उठ्नु न “ भन्दा श्रीकृष्ण को अचल सरिर देखेर त्यहि उनकै सिरानीमा मुर्छा पर्थिन होलि र ? कति करुणादायी : स्वेताको ३१ दिने बैबाहिक जीवन ????

हालै पत्र पत्रिकामा आएको जानकारी अनुसार  र दैनिक खबरमा लेखिए अनुसार ”अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीका अनुसार ‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको हो । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ देखिएको थियो । एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै राखिएको थियो ।श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो । श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो । फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा ‘वोन क्यान्सर’ नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो ।”

मृत्यु को मुखेन्जी आएर  समेत मृत्युलाई चिन्न नसक्नु मानव बिकाशले हासिल गर्न नसकेको अहिले सम्मको उपलब्धि हो।  हामि जत्ति नै नया कुराको अविस्कार किन नगरौ मृत्युलाई रोक्न सक्दैनौ न कि यसलाई रि प्रोग्रमिंग गरेर पुन संचालन गर्न सक्छौ।  भनिन्छ इश्वरले जन्मदै मृत्यु र जीवन साथी लेखि दिएको हुन्छ भनेर तर यस्तो निर्दयी भाबी किन लेखि दिएको होला इश्वरले ? यस्तो जोडी जुराउनै थियो त कमसे कम केहि बर्ष न भएपनि केहि महिना सहि बैवाहिक दाम्पत्य जीवन एकसाथ बिताउने अवसर त् दिनु पर्ने हो।  बिवाह बन्धनमा बाधिएका नव दम्पतिको जीवनमा चन्द्रमाको लाली चद्न नपाउदै औसीको त्यो कालो अन्धकारमा सारा सपना, बिपना र चाहानालाई त्यो कालो अन्धकारले निस्ठुरी बनि खोसेर लागिदियो। यो कस्तो तिम्रो लिला? यो कस्तो दैबको खेल ? यो कस्तो जीवन चक्र ?

अहिले नेपाली सिने जगतले जत्तिको दुख र शोकको अनुभव गरेको त्यो भन्दा पनि लाखौ गुणा शोक र दुखले विक्षिप्त बनाएको छ स्वेतालाई।  उनीहरुको हजारौ सपनाहरु अधुरै रहे, उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ ।  लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासँग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिमला पुगेका श्रीकृष्ण आफ्नो चलचित्र “कोहीनुर’ को प्रदर्शनमा  नेपाल आउने आशा सबैले राखेका थिए तर त्यसो भएन  । उनीहरुको अन्तिम चलचित्र कोहिनुर संगै बसेर हेर्ने धोको मात्रै अधुरो रहेन उनीहरुको संगै बाच्ने र दाम्पत्य जीवनलाई लिएर बुनेका सारा सपनाहरु कहिले पुरा नहुने गरि शोक र वियोगमा हराएर गयो, यदि यो घटना मात्र चलचित्रको पर्दामा भएको भए सायदै निर्देशक र चलचित्र निर्माताले निक्कै राम्रो ब्यापार गर्न सक्थे होलान तर दैबले गरेको उनीहरुको जीवनको निर्देशनले सबैलाई सदाको लागि बिचलित र विक्षिप्त बनाएको छ।  यस्तो घटना कसैलाई पनि न परोस र यस्तो पिडा सहन सक्ने क्षमता स्वेतामा रहोस बस यहि कामना मात्र गर्न सक्छौ र मुक दर्शक भएर इस्वरको यो लीलालाई हेर्न र सुन्न बाध्य हुन्छौ।

वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । कहिले बिबादमा नमुछिएका सबैले मनपराएका नेपाली चलचित्रका नायक स्वर्गिय श्रीकृष्ण श्रेष्ठको  नायक राजेश हमाल पछिका नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय नायकको रुपमा स्वदेशमै रहने र नेपाल नेपालीको हितमा काम गर्दै आएका उनि एक सफल र लगनसिल कलाकार मानिन्थे । उनको चलचित्रमा नेपाली दर्शकले अभिनय मात्र होइन एउटा राम्रो नृत्य समेत पाउथ्यो र नै यतिका बर्ष सम्म उनि सफल र लोकप्रिय नायक बन्न सफल भए।  नेपाली सिने जगतले एउटा राम्रो नायक गुमाएको छ जसको पूर्ति सायदै आउदो दिनहरुमा होला।

जन्मदै मृत्युको घडी लिएर आएको यो मानव चोलालाई यस्तो निर्दयी तरिकाले बिछोड हुन् नपरोस , स्वेताको जीवनमा फेरि पनि नया बिहानी संगै औसीको रात चिर्ने सुर्यको किरण आवोस बस यहि कामना गर्न सक्छौ हामि दर्शक भएर।  अन्तमा निपली सिने जगतमा मात्रै नभई सम्पूर्ण नेपाली आकाशमा श्री कृष्ण अमर भएर बस्ने छ , उनको आत्माले चिर शान्ति पावोस र उनको बैकुण्ठ बाश होस् भन्ने कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु।  शोक सन्तप्त परिवारमा इश्वरले धैर्यता प्रदान गर्ने शक्ति प्रदान गरुन।

 

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading