By

Published on

किन न्याहुल आज पनि रोई रहन्छ ?

 

एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सुगा पनि थियो । तिनीहरुको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गितको शब्दहरु सृजना गरथ्यो । उनीहरुको मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरुको मित्रता देखेर सबै जनावरहरु इर्ष्या गर्दथे ।समयको अन्तरालमा उनीहरु माझ पनि असन्तुष्ट हुन थाल्यो एक अर्का प्रतिको प्रेम भाव, समर्पणको कमि देखिन थाल्यो एक दिन जंगलको राजाको मृत्य भयो, र अव जंगलको नियम अनसार नया राजाको चयन हने भयो । राजा वनाउन सवै आ आफनो समर्थन जोगाढ गर्न थाले र जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरुमा मत भिन्नता देखिन थाल्यो । राजनितीले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग न्याहुल चिलको पक्षमा लाग्यो भने सुगा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सुगा भने मौन सर्मथन झै बस्यो यसै बिच उनीहरुको मित्रतामा शंकाको विजारोपन भयो, प्रेम खोक्रो भन्यो ।उनीहरु बिचमा संका उप्जन थाल्यो , भनिन्छ संकाले लंका पनि जलाउछ र , असल मित्र वा कसैको जीवन पनि सानो संकाले बर्बाद गरि दिन्छ।  शंका एउटा मचिसको सिन्का जस्तै हो जसले संसार भस्म गर्न सक्छ। उनीहरु बिचपनि त्यस्तै हुन् थाल्यो।

समय र सागरले कसैलाई पर्खदैन, समय बित्दै गयो र अन्तमा भोटपनि   भयो मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मा ग्लानिले अन्यत्रै भागेर गयो।  – न्याहुल पनि हुलमा मिसिन छाड्यो एक्लै बस्ने भयो, उता सुगा भने सवैको सहमतमा मन्त्री नियूत्त भयो तर उ दुःखी थियो यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो ।


सुगाको लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन बरु उ स्वयम चिन्ता र दुःखले अस्वस्थ्य भयो, दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सुगालाई अति सतायो उसको उपचारको निम्ति अन्यत्रै पठाइयो, धेरै चराचुरुड्डी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन अब झन अति असहनिय भयो सुगालार्ई । उसले अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो उपचार गर्ने निहुमा, हुदा हुदा सुगा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हासिल गर्दै गयो र एक दिन सारा पशु पंक्षीले सुगालाई आफ्नो राजा ठाने।  तर सुगा यो सब स्विकार्न असमर्थ थियो कारण उ अति महत्वकाक्षी र न्यायप्रिय थियो यसै र उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रिय साथी थियो ।


उसको विचारमा फेरि मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो र आफ्नो पुरानो ठाउ फर्कने भयो । उसको यहा धुमधाम सित स्वागत भयो सारा पशुपंक्षीलाई निम्त्याइएको थियो उसको स्वागतको निम्ति तर त्यहा अफसोस न्याहुल आउन सकेको थिएन । सुगालाई यो सारा स्वागत निरर्थक लाग्यो र उ विलह भई जंगलतर्फ लाग्यो आफ्नो पुरानो साथीको खोजमा । खोज्दा खोज्दा जंगल विचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो ।


उ अति हर्षित भयो कारण न्याहुललाई उ सित फेरि फर्केर आउने छ उनिहरुको मित्रता यथावत कायम रहने छ तर न्याहुल भने अर्के भइसकेको थियो लाखौं मनाउदा पनि उ फर्कन चाहेन । उसलाई भिडमा आउन हिम्मत र साहस थिएन कारण उ सोच्दथ्योकि त्यहा उस्को अपमान हुनेछ भनेर, र आफ्नो अपमान कस्लाई मन पर्दछ र उ त्यहा जाओसे । सुगाले धेरै विन्ति गर्यो , धेरै  संझायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो सुगाको याचनामा उसले व्यंग  देख्यो ।


अन्तयमा हार भएर सुगा फर्कियो तर उ अति दुःखि हृदय लिएर त्यस स्वागत सभामा जान सकेन उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो उस्ले आफनै परम मित्रलाई खुशी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उस्लाई व्यर्थ लाग्यो । उसमा अझै आफूप्रति कमी र असन्तुष्टि पायो र अन्तमा सुगाले मित्र विछोडको विरहमा आत्मा हत्या गर्यो । यो खवर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो बल्ल उसको आखा खुल्यो तर अफसोस अवधेरै ढिलो भइसकेको थियो ।बितेको समय र गुमेको मित्रता उस्लेल कहिले अब कहिले पाउने छैन।  उसले स्वयमलाई सुगाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुदै विहल भएर मित्र वियोगमा लिप्त भएर एक्लै बन जंगलहरुमा रोई रहेको सुनिन्छ  ।

भनिन्छ “संका र घृणाले एक अर्कामा दुरी र दुश्मनी मात्र जन्माउछ , यसलाई बिश्वास र प्रेमले मात्र मेटाउन सक्छ।” तर न्याहुललाई कसले सम्झाउने ” जब सम्म मनको क्लेश र द्वेषलाइ  हटाउन सकिदैन तब सम्म जीवनमा शुख र शान्ति प्राप्त गर्न सकिदैन।

(@ पहिलो पल्ट प्रकाशित जनवरी  २००४, ध्रुव थापा )


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading