By

Published on

बे एरियाका यूबाकलाकार “रन मगरको” एउटा उपहार -क्यामेरामा हैन मेरो फोटो”

बे एरियाका यूबाकलाकार “रन मगरको” एउटा उपहार -क्यामेरामा हैन मेरो फोटो”

बे एरिया को नेपाली र भुटानी समुदायमा आफ्नो गीत को जादु ले सबैलाई नचाउदै आएको एउटा यूवा कलाकार, उदियमान गायक रन मगरको पहिलो म्युजीक भिडियो यहि अक्टोबर ९मा रिलिज भएको छ, यसमा चर्चित पप गायिका: “नलिना चित्रकार” र यूबा तथा प्रतिभाशाली गायक: “रन मगरको” आवाजमा रहेको एउटा बिल्कुलै नयाँ शैलीको गित “क्यामेरामा हैन मेरो फोटो” को म्युजिक भिडियो हो । नायिका “केकी अधिकारी सित पहिलो चोटी क्यामेरामा उभिएर एउटा म्युजिक विडियो प्रस्तुत गर्ने रन मगरको पनि निक्कै राम्रो प्रस्तुति रहेको छ , साथमा मोडेल: रेबिका शँकर तथा दुर्गा कट्टेलले अभिनय रहेको छ । यो म्युजिक विडियो अमेरिकाको न्यूयोर्क, रोचेस्टेर सिटिमा छायांकन गरिएको हो। यो म्युजिक भिडियो मा गायक रन मगर र केकी को एउटा छुट्टै खाले प्रस्तुति निक्कै रोचक र उत्कृस्ट छायांकन रहेको छ।

अमेरिकाको बे एरियामा बसोबास गर्दै आएका उदियमान गायक : “रन मगर” र चर्चित गायिका: “नलिना चित्रकार” को यूगल आवाजमा रहेको यस गितको म्युजिक भिडियोको निर्देशन भने : “प्रजित रानाले” गरेका छन् । दिल गुरुङ , नन्दु तराली तथा सुशन राईको प्रस्तुति रहेको यस् भिडियोमा अर्जुन देवसनले छाँयाँकन तथा सम्पादन रहेको छ । काँशी कँडेलको फोटोग्राफी र ग्रीस तमु को ड्रेश डिजाईनिङ्मा बनेको यो म्युजिक भिडियो अक्टोबर ९ को रात्रीमा युटुब मार्फत रिलिज भएता पनि एकै दिन अक्टोबर १० को मध्यान्न सम्ममा ६५१५ जनाले हेरी सकेका छन् जसले गर्दा पनि यो गीत निक्कै पपुलर हुनेमा गायक रन आशाबादी छन्। उनि निक्कै उत्साहित हुदै हेर्नुं हामीले सोचे भन्दा धेरैले यो गीत मन पराइ दिएर अझ केहि गर्ने हौसला थपेको जानकारी गराए , साथ अब केहि दिनमा नै नेपालको टेली बिजन मा समेत यो गीत र बिडियो ले राम्रै स्थान पाउने मा उनि बिस्वस्त छन्। यो म्युजिक भिडियो यूट्युब मार्फत सार्बजनिक भईसकेको र प्रदर्सन भएको एकै दिनमा एति धेरै चर्चा बटुल्न सफल पनि भईसकेको छ । जसले गर्दा आउदो दिनमा रन मगरको पूर्ण गीति संगालोको अल्बम्ले समेत नेपाली गीत संगीतमा राम्रो स्थान पाउने देखिन्छ। अमेरिकाको व्यस्त जीवनमा समेत गीत संगीत मा लागेर प्रेरणा बनेका रन लाई हार्दिक बधाई र सम्पूर्ण टिमलाई एउटा राम्रो म्युजिक बिडियो दिएको मा बिशेष धन्यबाद र सुभकामना।

Photo provided by Singer Ran Magarran magar ran2 ran3


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading