By

Published on

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?

 

स्वर्ण राज्य,  यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?
नेपाली भाका, नेपाली तालमा सबमिली गाउनेकि?
गोल्डनगेट हेर्ने, टवीन टावर चडने मनको रहर
सिरीरी हावा , आनन्द मौसम सान्फ्रान्सिस्को सहर ।

नापा र भेल्ली,  अंगुरको ठेली वाईन चाख्न जाउला
जहाजमा चडि,  प्रशान्त सागरमा तिमीलाई भेटौला ।
हाफमुन वे र सिलिकन भेल्ली , हेर्न है नभुल्नु
बर्कलीको डाढा मरिना सम्म,  पुग्नु है नभुल्नु ।

शान्ताक्रुजको मनोरम दृश्य,  हृदयमा राख्नेकि ?
मिस्ट्रिस्पटमा आफुलाई उभ्याई,  चकितपर्नेकि ?
मोन्टरीबेको एक्युरम भित्र,  आफुलाई खोज्नेकि
रेडउडका जंगल,यसोमिटीभित्र,  नेपाल खोज्नेकि?

सयपत्री गुराँस मखमली फुल्दा,  नेपालै झल्कन्छ
लेकटाहो घुम्दा हिमपात हुदा,  क्याराम्रो टल्कन्छ
डिस्नील्याण्डको मनोरम पार्कमा,  दिनभरि खेल्नेकि?
हलीउड र पाल्म स्प्रिंग हुदै , सानड्यागो जानेकि?

यो स्वर्ण राज्य स्वर्ण पुलको,  फेदीमा आउनुहै
नेपालको गर्व चाड र पर्व सबमिली,  मनाउनुहै
नेपाली खाना नेपाली दाना यो मन छ नेपाली
स्वदेश र विदेश जहि गएपनि यो मन छ नेपाली ।७

एकफेर आई हेर्नहै पर्छ यहाँको सुन्दरता
न हिउपर्छ नगर्मी हुन्छ यो कस्तो विशेषता
स्वागत छ सबलाई एक फेर आउनु यो गोल्डेन राज्यमा
विभिन्न जातका अनौठो मिलन भएको यो सम्राज्यमा ।

नेपालको पहिचान संस्कृति, भाषा चाड र पर्व छ
जुन देशमा बसेनी नेपाली हु म नेपालकै गर्व छ ।
स्वर्ण राज्य यो क्यालिफोर्निया क्या राम्रो प्रकृति
संघ र संस्था सबमिली यहा बचाऔ संस्कृति ।

नेपाल देश सानो छ भनी हेलाहै नगर्नु
जाति र धर्म सस्कृतिलाई कहिले नभुल्नु
जाति र धर्म संस्कृतिबाचे नेपाली मौलाउला
आफनै देशलाई हेला गरे अश्तित्वै हराउला ।

दशै र तिहार लोसार पर्व सबमिली मनाउहै
सबैर जातको संस्कृति पर्व एकभई मनाउहै
विदेशमै बसी स्वदेशको माया कहिले नभुलौ
जुन देशमा बसेनी नेपाली हामी यो कहिले नभुलौ ।

October 13, 2012 at 10:30am


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी