By

Published on

नेजाका पत्रकार साथीहरुलाई सुभकामना सहित हार्दिक बधाई !!

नेजाका पत्रकार साथीहरुलाई सुभकामना सहित हार्दिक बधाई !!
हिजो जस्तो लाग्छ नेजाको स्थापना भएको र आफुपनि यस संस्थाको स्थापनाकाल देखिनै सक्रिय सदस्य रही क्यालिफोर्नियाबाट पत्रकारितामा आफुले संचालन गरेको http://www.hamrosamaj.net द्वारा पत्रकारितामा सेवा पुर्याएको I बिगत तीन बर्ष देखि पत्रकारिताबाट अवकास लिएजस्तै भएको छ बिसेष अन्य गतिबिधि र पुस्तक लेखन , सम्पादन र निजि व्यवसायिक व्यस्तताले सक्रिय रुपमा पत्रकारितामा समय दिन सकिरहेको छुइन I २००३ देखिनै निरन्तर रुपमा समाचार लेखन, पत्रिका संचालन, सम्पादनको रुपमा ब्लग र अनलाइन तथा छापा पत्रिकाहरुमा संलग्न रही सामुदायिक र सामाजिक बिषयमा स्तम्भ र समाचार सम्प्रेषण गर्दै आएको भएता पनि गत तीन बर्ष देखि त्यति खासै निरन्तरता दिन सकिरहेको छुइन।जतिबेला धेरै खाचो थियो त्यति बेला निरन्तरता दिन सकेको र हाल आएर सामाजिक संजालले समेत समाजको हरेक गतिविधिहरु सम्प्रेषण गर्न प्रमुख भूमिका निर्वाह गरेको अवस्थामा आफु यस क्षेत्रबाट अलिक हटेर साहित्य लेखन , लायन्स कल्ब मार्फत सामाजिक गतिबिधि र निजि व्यवसायीप्रती सक्रिय रहेको कारणले पनि पत्रकारितामा सक्रिय हुन् नसकेको अवस्था हो I तर समय समयमा स्वतन्त्र पत्रकारको हैसियतमा कलम चलाउन भने छोड्ने छुइन। तर समय संगै अहिले बे एरियामा थुप्रै पत्रकार साथीहरुको जमात बढेकोले आफु निस्क्रिय रहेपनि एक प्रकारको खुसी र सन्तुस्टी प्रदान गरेको छ I किनकी पत्रकारिताले यहाँ सस्थागत विकास लिने आशा पलाएको छ I

समय कति गतिशील रहेछ हेर्दा हेर्दै संचार क्षेत्रमा सक्रिय रहेको पनि एक दसक बिति सकेछ र अहिले यस क्षेत्रबाट अलिक पृथक रही कार्य गरेको पनि तीन बर्ष बिति सकेछ I त्यसै गरि नेपाल अमेरिका पत्रकार संघले पनि करिब एक दसक को यात्रा तय गरि सकेको छ। यस संस्थाले एक दसकमा धेरै उतार चाडाउ खेप्दै भएपनि संस्थागत रुपमा अघि बडी रहेको देख्दा खुसीको अनुभूति भईरहेको छ र परदेशमा बसेर बिभिन्न पेसामा रहेर भए पनि संचार क्षेत्रमा धेरै नेपालीहरु लागि रहेका छन् I यो एउटा सकारात्मक पक्ष हो। साथै यस संस्थाले भने जस्तै उत्तर अमेरिकामा छरिएर रहेका नेपाली सञ्चारकर्मीहरुलाई एकतावद्ध बनाउने र उनीहरुका हक हितका लागि आवश्यक कार्य गर्दै लानेछ भन्ने आशा राखेको छु। सबैलाई समेटर र अमेरिका, क्यानडामा रहेको मूल धारको मेडियामा समेत पहुच र उपस्थिति बडाउन सके यस संस्थाको महत्व र गरिमा अझ बढेर जानेछ , आशा गरौ यस बिषय तर्फपनि नया कार्यसमितिले ध्यान पुर्याउने छ। एक दसकको यात्रा अमेरिकामा तय गर्नु भनेको सानो कुरो होइन र पहिलो पल्ट क्यालिफोर्निया अधिवेसन सम्पन्न गरेर यसको लोकप्रियता अझ बडाउन सफल भएको महसुस गरेको छु। त्यसैले आफु उपस्थित हुन् नसकेपनि यहि मे महिनाको ७ र ८ मा संघको पाँचौ अधिबेशन सम्पन्न गरि मित्र भोला आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको खबरले जत्ति खुसी दिएको छ त्यो भन्दा पनि धेरै खुसी हाम्रो बे एरियामा हालै एति धेरै पत्रकारितामा सक्रिय युवा जमात बढेकोले दिएको छ , हाम्रै बे एरियाका तीन जना पत्रकारहरु नया कार्य समितिमा चयन भएकोमा मलाई अझ धेरै खुसि लाग्नु स्वाभाविक पनि हो I अब यहाँ हरुको काधमा अझ धेरै जिम्मेवारीको भार थपिएको छ। अझ धेरै सेवा र उपस्थितिको आशा यहाका हरेक संस्थाले राखेको छ। बे एरियाका नेपाली समुदायले यहाहुने हरेक गतिबिधि हरुको समेत बिगतका बर्ष हरुमा जस्तै निरन्तर रुपमा सम्प्रेषण हुने आशा समेत राखेका छन् आशा छ यस कार्यमा यहाहरु सफल हुनु हुनेछ | त्यसैले हामी अझ धेरै आशाबादी भएको र यहाहरुको कादमा अझ धेरै जिम्मेवारी र उत्तर दवित्व बढेको महसुस गरिरहेको छु | त्यसैले आफु यस क्षेत्र बाट निस्क्रिय भएपनि पत्रकारिताको स्तर यस क्षेत्रमा अब धेरै उच्च हुने आशा लिएको छु I यो जोश , जागर र उर्जाले पत्रकारिता जगतमा निस्वार्थ , निडर , निस्पक्ष र निरन्तर समाचार सम्प्रेषण को आशा राख्दै सर्वसम्मतिले चयन गरेको कार्यसमितिका अध्यक्ष Bhola Acharya ,उपाध्यक्षमा गुणराज लुइंटेल, महासचिव तोया दाहाल, सचिव अग्नि चौलागाईं, कोषाध्यक्ष शैलेश पोखरेल, डी.सी.मेट्रो क्षेत्र संयोजक बिष्णु पौडेल शितल, न्युयोर्क क्षेत्र संयोजक विष्णुहरि घिमिरे, पश्चिम क्षेत्र संयोजक ध्रुव कुँवर, दक्षिणपुर्व क्षेत्रिय संयोजक किशन रेग्मी र कार्यकारी सदस्यमा सन्दिप कुमार चौधरी, बालकृष्ण जोशी र अनुज थापा रहनुभएको छ । नव निर्वाचित कार्यसमितिको प्रथम बैठकले मच्छेदेवि गुरुङ र लेखनाथ गौतमलाई मनोनित गर्दै कार्यसमितिलाई पूर्णता दिएको सुन्न पाउदा हर्सीत भएको छु र अन्तमा सम्पूर्ण टिमलाई सफल कार्यकालको सुभकामना सहित निबर्तमान अध्यक्ष गौतम दाहाल लगायत सम्पूर्ण टिमलाई सफल कार्यभार सम्हाल्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु !!!

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading