By

Published on

गुडले मुड बनाउछ ! जानौ यसका अन्य फाइदाहरु


के तपाइले सानोमा गुड खाने गर्नु भएको थियो? यदि सानोमा नियमित नखाएको भएपनि हरेक बर्ष माघे संक्रान्तिमा त् अवस्य खानु भएकै होला ! घिउ चाकु र अन्य मिठाईका परिकारहरु विभिन्न कन्दमुल संग खाने प्रचलन हाम्रो समाजमा धेरै अघि देखि चल्दै आएको छ , तर अहिले आधुनिकताको नाममा र पश्चिमी सिको गरेर यो सबको महत्व कम हुदै गरेको छ। हामी सानो छदा सधै बिहान घरमा हामीलाई एक टुक्रा गुड र केहि भिजाएको कालो चना खाली पेटमा खान दिइन्थ्यो , तर गुड धेरै खाए तितो हुन्छ भने जस्तै पछि हामी ठुलो हुदै गएपछि खान छाडियो। हाम्रो मावली पट्टिको हजुर बुवा अयुर्बेधिक सम्बन्धि उपचार गर्नु हुन्थ्यो रे, त्यसैले होला हाम्रो घरमा बिहान गुड खाने चलन धेरै पछि सम्म थियो। हुनत मैले मेरो हजुर बुवालाई भेट्ने अवसर पाइन् , म जन्मनु भन्दा एक बर्ष अघि वहा बित्नु भएको रे। तर वहाको बारेमा धेरै सुनेको थिए।
यो हामीलाई थाहा भएकै कुरा हो कि गुड एक औषधि तत्व भएको प्राकृतिक मिठाई जस्तै हो।उखुबाट यो निकालिएको भएपनि चिनी जस्तो अवगुण हुदैन गुड। अहिलेको सेतो चिनी को प्रयोग भन्दा धेरै अघि देखि आयुर्बिदिक औषधि को रुपमा यसको प्रयोग गर्दै आएको हो। गुडले शरीरमा भएको खराब तत्वलाई बाहिर निकाल्ने काम गर्छ। हालैको बिज्ञान र यसको अनुशन्धान ले समेत यसमा प्रचुर मात्रामा आइरन, क्याल्सियम, फस्फोरस, कपरको मात्रा प्रशस्त रहेको जानकारी पाउन सक्छौ। साथै गुडमा सुक्रोज ५९.७ प्रतिशत,ग्लुकोज २१.8 प्रतिशत,खनिज तरल 26 प्रतिशत र पानीको मात्रा ८.८६ प्रतिशत रहेको हुन्छ।
प्राकृतिक मिठाईको रुपमा चिनिएको गुड़ स्वास्थ्यको साथै स्वादको पनि खजाना हो, यदि तपाई अझै पनि यसको स्वास्थ्य लाभका बारेमा अनभिज्ञ हुनुहुन्छ भने अब जान्नुहोस् गुड़ खानुका यी महत्वपूर्ण फाइदाहरु –

1 पेटको समस्या – हो, गुड पेटको धेरै समस्याहरुको अचुक औषधि हो। यसको नियमित सेवन दुधमा समेत मिसाएर गरेमा पेटमा ग्यास बन्ने र पाचन सम्बन्धी अन्य समस्यालाई समाधान गर्न यो निकै फाइदाजनक हुन्छ । खाना खाए पछि एक टुक्रा गुड़को सेवनले पाचन प्रक्रियामा मद्दत गर्छ ।
चिसोको अवस्थामा – जाडोको दिनमा वा चिसो हुँदा गुड़को प्रयोग तपाईंको लागि अमृत जस्तै हुनेछ।त्यसैले माघे संक्रान्ति मा यो अनिवार्य खाने पर्वकै रुपमा बिकसित गरिएको हो। यसको सेवनले तपाईंलाई चिसो, चिसो र विशेष गरी कफबाट राहत दिन मद्दत गर्दछ। यसलाइ त्यसै वा दुध वा चियामासमेत प्रयोग गर्न सकिन्छ ।
घाटी दुखेमा ; यसलाई पानीमा अदुवासँगमिसाएर मनतातो तताएर खाँदा घाँटी दुख्ने र जलन हुने वा आवाज भासिएको छ भने राहत दिन्छ।
४ हाड जोर्नी दुखेमा : गुदले हाड जोर्नी दुख्ने समस्या भएमा दैनिक एक टुक्रा अदुवासँग यसको प्रयोग गर्दा फाइदा हुन्छ ।

अनुहारको कान्तिको लागि : गुड़ले रगतबाट हानिकारक विषाक्त पदार्थहरू हटाएर छाला सफा गर्न मद्दत गर्छ र रक्तसञ्चारमा पनि सुधार गर्छ र अनुहारमा कान्ति ल्याउछ ।

आइरनको कमि भएमा : शरीरमा आइरनको कमी भएमा गुड़ले धेरै मद्दत गर्न सक्छ। किनकी गुड़ फलामको राम्रो र सुलभ स्रोत हो। रक्तअल्पताका बिरामीका लागि पनि गुड़ निकै फाइदाजनक हुन्छ ।यसले थकान मेटाउन, सरिरको तापक्रम नियन्त्रण गर्न र उर्जा दिने र यसमा पाइने एन्टी-एलर्जिक तत्वले यसको सेवन धेरै लाभ दयाक हुन्छ ।

मेटाबोलिक दरलाईनियन्त्रण: गुड़ले शरीरमा रगत सफा गरेर मेटाबोलिक दरलाई पनि नियन्त्रण गर्छ। यसबाहेक घाँटी र फोक्सो, दमको संक्रमणको उपचारमा गुड़ लाभदायक हुन्छ । गुड़ र कालो तिलको लड्डू खाँदा जाडोमा दमको समस्या हुँदैन र शरीरमा आवश्यक गर्मी कायम रहन्छ ।

कान दुखेको अवस्थामा: गुडलाई घ्यूमा मिसाएर खाँदा कान दुख्ने समस्याबाट आराम मिल्छ । जण्डिस भएमा पाँच ग्राम सुक्खा अदुवामा दस ग्राम गुड़ मिसाएर खाँदा धेरै फाइदा हुन्छ ।

९ महिलालाई महिनावारी सम्बन्धी समस्यामा राहत दिन पनि गुड़ निकै फाइदाजनक हुन्छ । ती दिनमा गुड़को सेवन गर्नाले सबै प्रकारका समस्याबाट मुक्ति मिल्छ ।
१० स्मरणशक्ति बढाउन पनि गुड़ निकै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले स्मरणशक्ति बढ्छ र दिमाग कमजोर हुँदैन ।

११ गुड ले मुड ठिक राख्छ : गुड़ले राम्रो मुड बढाउने काम गर्छ , यसले तपाईंको मुडलाई सकारात्मक, रमाइलो बनाउन र तौल नियन्त्रण गर्न समेत मद्दत गर्छ। यसबाहेक माइग्रेनको समस्यामा पनि गुड़ले फाइदा गर्छ । दैनिक गुड़को सेवन गर्नु फाइदाजनक हुन्छ ।

१२ अमिलो डकार वा पेटको अन्य समस्या भएमा गुड़मा कालो नुन मिसाएर चाट्दा फाइदा हुन्छ । यसबाहेक, यो स्नायु प्रणाली बलियो बनाउन धेरै उपयोगी छ।
श्रोत अन्लाईनबाट : यो लेख मात्र जानकारीको लागि हो यसको प्रयोग कुनै रोगको उपचारको लागि गर्न अघि आफ्नो चिकित्सक संग सल्लाह लिनु होला !


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading