By

Published on

साहित्य प्रेम

कथा साहित्य

म उसको नाम सित परिचित भएको धेरै भएको छैन यस्तै तीन चार वर्ष हुनुपर्छ, तर भेट भने आज सम्म भएको छैन।  तर विभिन्न साहित्यिक पत्र पत्रिकातिर उसको नाम कहिले कविताको दाहिनेतिर त कहिले लेख रचना र गजलका पुच्छरमा देख्छु । हुन त हाम्रोमा यस्तो नियमित निस्कने साहित्यक पत्रिका पनि कति होलान र ? जम्मै पत्र पत्रिका राजनितिक मुखपत्र जस्ता मात्र भएर निस्कने गर्छन , यसर्थ कहिले काही वर्षदिन सम्म पनि कतै उसको नाम देख्दिन । त्यसबेला आजको जस्तो अनलाईन पत्रिका वा सामाजिक संजाल हुदो हो त हेरक दिन उसको लेख रचनाहरु देख्थे होला । 

एकदिन पूस्तक पसलमा नया पुस्तकहरु निस्किएको छ कि चियो गर्न गएको थिए रातो खोल भएको एउटा अलिक बुझ्न नसक्ने एब्स्ट्रयाक्ट आर्टको कभर भएको पुस्तकले मेरो ध्यान आकर्षित पार्यो पसलेलाई मागेर हेरे अनायसै मेरो मुखबाट अस्पष्ट आवाज निस्कियो “ए कविता संग्रह पनि निकाले छ ” पसलेले प्रश्न गरयो हजुरले केहि भन्नु भयो, अह! मुन्टो हल्लाए किन किन मलाई कविताले कम र त्यसको आवरण र भूमिकाले निकै प्रभाव पारयो घरबाट  तरकारी  किन्न निस्किएको विर्सिएर कविता संग्रह हल्लाउदै घरतर्फ लागेछु। घरमा गाली निकै सुन्नु पर्यो तरकारी  नल्याएकोमा तर एक प्रकार खुशि पनि लाग्यो तरकारी  नभएकाले धेरैदिन पछि “गुन्द्रक” खाने अवसर पाए ।

हालै सरुवा भएर यस शहरमा आएदेखि घरमा गुन्द्रुक पाक्न छाडेको छ । छिमेकले कुरा गर्छन र गुन्द्रुक गनायो भनेर हिजोआज उ पनि शहरिया भएकी छे गुन्द्रुक खान लजाउछे हामी यस्तै कतिपय कुण्ठा लिएर बाचेका छौ मन पराएको खान लाउन र गर्न पनि छिमेकले के भन्छन भनेर आफू भित्र गुुम्साएर राख्ने गर्छौं । कवितामा त्यति नौलोपन पाइन प्रायः कविताहरु एउटै विषयबस्तुमा केन्द्रित भएर विभिन्न शैलीले सिंगारिएको रहेछ त्यस मध्ये एउटा कविता “कस्तो विवशता यो ……? निकै रोचक र समसामयिक लाग्यो र यसले केही संदेश बोकेको भान भयो हाम्रो समाज र जातित्वको ।

मेरो एउटा अनौठो बानी छ कसैले लेखेको कृति पढेर उसको आचरण दुःख भाव र यावत कुराको विषयमा अडकल लगाउने , यसैले म उसको विषयमा अडकल लगाउन थाले शायद उ बेरोजगार होला भर्खर अध्ययन सिध्याएको अविवाहित हुनुपर्छ धेरै मिलनसार र समाज प्रति धेरै रुचि र चाख लिएर यसको उत्थानमा स्वयमलाई समर्पण गर्ने मनोवृति हुनुपर्छ फेरि सोचे यि सब नुहुन पनि त सक्छ !

मन अन्यत्रै केन्द्रित पार्न खोजे कारण म उसको फ्यान पनि त हैन मेरो कुनै लेखक लेखिका त्यस्तो छैन जसको किताब नपढी शान्ती नमिलोस ! म यस मामलामा स्वतन्त्र छु फर्सदको वेलामा यसो जुन किताब मलाई मनपर्छ त्यही ल्याएर पढ्ने गर्छु भनौ यस क्षेत्रमा म स्वातन्त्र छु कारण आफ्नो व्यस्त जिवनमा यो मात्र एक मनोरन्जनको साधन ठानेको छु ।
एक दिन म अफिसबाट फर्कदै थिए बाटोमै एउटा भाइले रोक्यो र एउटा पत्रिका किन्ने आग्रह गर्न थाल्यो आग्रह भन्दा पनि उसले निकै लामो गन्थन सुनायो थाकेर आएको उसको लामो गन्थन सुन्ने सार्मथ्य ममा थिएन र नचाहादा पनि किताब लिएर पैसा हातमा थमाई दिइ अघि बडे जर्बजस्ती थोपारिएको कुनै पनि चिजको मलाई आकर्षित पार्न सक्दैन चाहे त्यो जति सकै राम्रो किन नहोस । त्यसैले होला आज एक सप्ताह भई सक्यो मेरो टेबलमा निधाई रहेको छ मेरै प्रतिक्षामा । अनायासै जव मेरो ध्यान त्यस कितावमा पर्यो मेरो मन हर्षले प्रफुलित भयो किनकी त्यहा त हमीले धेरै अघि खोलेको सस्थाको नाम थियो। हामीले आफनो गाउमा भानुजयन्ति देवकोटा जयन्ति लगायत विभिन्न सांस्कृति कार्यक्रम गरेको थियौं यो संस्थानको नाममा तर आज फेरि त्यही संघ देख्दा हर्षको सिमा रहेन र अनायसै धन्यवाद दिन पुगे त्यही साहित्यकारलाई कारण उ सिवाय अरु कस्ले फेरि पुनर्रस्थापना गर्न सक्छ यहा, तर क्षणभरमै मेरो भ्रम टुटयो जब मलाई ज्ञात भयोकि यो त त्यहाका अन्य युवाहरुले खोलेका रहेछन र त्यहाका युवाहरुलाई यस विषयमा सोधे तर अफसोच त्यहा उहा हुनुहुदोरहेन छ यहा सम्मकि उहालाई यस संस्थाको सभापति वा संरक्षकमा बस्नुभन्दा पनि आफनै कार्य व्यस्तता देखाएर उम्कनुभएछ , वहाले यी सब कामकालागी समय दिन नसक्ने रे कारण वहा व्यस्त हुनुहुन्छरे जील्लाका कार्यक्रमहरु प्रेष, साहित्यिक गोष्ठिहरुमा ,तब मैले सोधे के वहाले भाइहरुलाई सहयोग गरेनन ? यहाका समाजाई जन चेतना दिने काम गरेनन ? तब तिनीहरु एक स्वरमा बोल्छन खै दाई , सर त स्कूलपनि कहिले काहि मात्र आउनुहुन्छ जहिले पनि सहर कहिले साहित्य गोष्ठी र कहिले विमोचन कार्यक्रम रे यस्तै के के हो के के। यहासम्म कि हामीले यस संघको तर्फबाट यसपाली दशैंमा पहिला हजुरहरुले गरेको जस्तै कार्यक्रम गर्नुपर्छ सहयोग गर्नुहोस भनेका थियौं मान्नु भएन भ्याउनु हुन्न रे यहा सम्म कि वहालाई प्रमुख अतिथि बनाउछौं भन्दा पनि बस्नु भ्याउदिन भन्नु भयो, अर्काेले विचमै कुरा थप्छ, सर वहालाई त यहाको कार्यक्रममा बस्दा स्तर घट्छ रे वहात स्थापित साहित्यकार रे उहाको जिल्ला र रास्ट्रिय स्तरमा मा विभिन्न कार्यहरु समाल्नु पर्छ रे र यो गाउले कार्यक्रममा समय दिन सक्नु हुन्न रे ।

अनायसै मेरो उ प्रतिको संम्पूर्ण सम्मान श्रदा एकै चोटी चकनाचुर भयो मैले सोचेको थिए हामीले गर्न नसककोका अधुरा कार्यहरु वहाले पूर्ण गर्नुहुन्छ भनेर तर आज वहा त आफ्नै नाम र फाइदाको निम्ति साहित्य सेवा गर्नु हुदोरहेछ । पछि थाहा भयो वहा पार्टीको कार्यकर्ता पनि हुनुहुदो रहेछ , तब लाग्यो सायद उसको आफ्नो स्वार्थको निम्ति हुनुपर्छ कारण पार्टी र मन्त्रालय धाएर विभिन्न पुस्तक प्रकाशन जो गर्न पाउनु हुने छ । बल्ल थाहा भयो वहाको वास्तविकता र लगातार उसको सम्पादन र नाम लिएर जन्मिएका थुप्रै पत्र – पत्रिकाहरु तब भने म अवाक बने वहाको साहित्य प्रेम प्रति र परे आफ्नै भ्रमजाल भित्र कहिले आफूलाई मुक्त गराउन नसक्ने स्थितिमा ।

यो कथा काल्पनिक हो! तर कसैको वास्तविक जीवनमा मेल खान सक्छ ! लेखक


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading