By

Published on

मेरो प्यारी स्टेल्ला -ध्रुव थापा

मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे,  आज अफिस आउन  सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान

उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै उसलाई मेसेज पठाउछु   “text me your address I will be there” उ आज सम्म कहिले पनि यसरि लास्ट मिनटमा काममा आउन नसक्ने जानकारी दिएको थाहा छैन, करिब सात बर्ष भयो हामि संघै काम गरेको।उ म भन्दा उमेरले  करिब दोब्बर हुनु पर्छ।  मैले उसलाई काका , वा बा भने पनि हुने हो तर यहाँ सबैले सबैलाई नामले बोलाउने भएकोले उमेरको ख्याल कसैलाई हुदैन।  सबै सहकर्मी सबै साथी यो अमेरिकाको एउटा राम्रो पक्ष पनि हो तर हामीलाई यसको बानि पर्न समय लाग्दो रहेछ।  धेरै पल्ट उसलाई सर भनेर  बोलाउदा उ रिसाएको पनि थियो। “ हेर मलाइ सर नभन मेरो जे नाम हो त्यहि नामले बोलाउ।”

आज पहिलो पल्ट म  उसको घरमा जादैछु, हुन् त् उसले धेरै पल्ट बोलाएकी पनि हो र हरेक पल्ट उसले स्टेल्लाको बारेमा भनेको पनि हो।  कहिले काही उ ढिलो हुदा मलाइ सहयोग माग्दै भन्थ्यो “ मलाइ सहयोग गरन आज स्टेला घरमा एक्लै छ काम सकेर चाडो जानु छ ।”

एकदिन कफी ब्रेकमा निस्कदा उसले भनेको थियो , “ स्टेला आजकल अलिक सुस्ताएको जस्तो लाग्छ सयाद सन्चो छैन होला।  डाक्टर देखाउनु पर्ने छ एक पल्ट सबै जाच गराउन मन छ।  हुनत त्यस्तो केहि न होला कमसेकम मनको सन्तोक हुन्छ।”  तर मैले त्यति वास्ता गरिन र एति मात्रै भनेथे  उसलाई,  “ हेर तिमीलाई त्यस्तो लाग्छ भने यहि हप्ता जाउ डाक्टरकोमा।”  अनि उसले पनि हो मा हो मिलाएको थियो ।

मलाई उसको घरमा को को छ , कसले के गर्छ , उनीहरुका सम्बन्ध के हो कहिलेपनि सोधिन र स्टेला बाहेक उसले पनि बिस्तृत रुपमा कहिले केहि भनेको पनि थिएन । हरेक कुरामा स्टेला हुन्थी, उसको धड्कनमा स्टेला हुन्थी । हरेक सुख दुखमा उसलाई साथ् दिने सायद स्टेला थिइ।  उ  कहिले दिन भरि छुट्टीमा स्टेला सित बिताएको त कहिले स्टेला सित लंग ड्राइभमा गाको कुरा गर्थ्यो।

केहि हप्ता अघि मात्र उसले मलाइ सुनाएको थियो, “उफ अब के गर्ने स्टेला लाइ क्यान्सर भएछ।  तर डबल चेक गर्न अर्को डाक्टरको सल्लाह लिनेछु।  सायद मेरी स्टेला निको हुन्छे होला।”  त्यस दिन उ दिन भरि  एकलै  झोक्राएर काम गरि रह्यो ब्रेकमा पनि बाहिर कोहि सित  जान मन गरेन।  हामीले पनि त्यति कर गरेनौ।  ब्रेकमा साथीहरु कोहि पनि यस बिसयमा कुरा न गरेकोले मैले पनि केहि भनिन तर बेलुका घर फिर्ने बेलामा उसलाई भनेको थिए, “हेर चिन्ता मान्नु पर्दैन एसो  केहि सहयोग चाहियो भने मलाइ भन्नु।  मैले सकेको सहयोग गर्ने छु। “ उसले पनि धन्यबाद भन्दै केहि परे तिमीलाई भन्ने छु भन्दै आफ्नो गाडी स्टार्ट गरेर बाई भन्दै हिडेको थियो।

त्यसपछि उसले आफ्नो बार्षिक बिदाबाट केहि दिन कटाएर छुट्टी लिएछ र केहि दिन उ काममा आएन।  मैले पनि फोन गरेर किन काममा नआएको भनेर उसलाई सोध्न मिलेन र सोधिन पनि। किनकी यहाँ अरुको चियो चर्चो गरेको मन पराउदैनन , जब सम्म कसैले आफ्नो बारेमा केहि भन्दैन कसैले कसैको व्यक्तिगत जीवनको बारेमा सोध्दैन पनि।   तर मलाइ लागि रहेको थियो पक्कै पनि उसको स्टेला बिरामी परि होलि या अन्य कुनै डाक्टरको मा देखाउन लागेको होला।

तीन दिन पछि उ अफिसमा देखा पर्यो र लामो स्वास फेर्दै मलाइ भन्यो,  “स्टेलाको केमो थेरापी सुरु भएको छ , हेरौ के हुन्छ, उ आजकल निक्कै गैलेकी छे सायद केमो को असरले होला।  खाना खान पनि मन गर्दैन। बाहिर घुम डुल  गर्न पनि निस्कदैन।  मलाइ त् एक दम चिन्ता भएको छ।  हिज छोराले पनि सियाटल बाट फोन गरेको थियो।  काम को व्यस्तताले यसपालिको बिदामा समेत न आउने अरे।”

उ लाचार र सिथिल देखिन्थ्यो “  म यस उमेरमा एक्लो कहाँ कहाँ कुद्नु , काम नगरि पनि हुदैन काम गर्दा स्टेलालाइ हेर्ने कोहि  पनि हुदैन।  त्यसै छाडेर आउनु पर्छ दिन भरि मनमा चिन्ता भै रहन्छ कतै कामबाट घर फर्केर जादा मेरी स्तेलाले मलाइ एकलाई छाडेर त् जान्न ?  उसलाई मैले एति धेरै डिप्रेस र चिन्तित कहिले देखेको थिइन।  उसको फुङ्ग उडेको सिमलका भुवा जस्तो कपाल नकोरेर अस्त व्यस्त देखिन्थो। हेर्दा घरमा उसले जे पहिरन लगाएको थियो त्यहि लगाएर काममा आएको जस्तो देखिन्थ्यो ।

उसको कुराले मलाइ एक प्रकारको चिन्ता र दुखि तुल्यायो , तर कता कता खुसि पनि लाग्यो।  खुसिभने  स्टेला प्रति लाग्यो कारण उ कति भाग्यमानि रहिछे, उसलाई एति धेरै माया गर्ने पनि छ।  नत्र यो अमेरिकी लाइफ भनेको कसले कसलाई एति धेरै माया  गर्ने फुर्सद हुन्छ र ? माया, प्रेम, बिवाह सबै कृतिम जस्तो लाग्छ मलाइ यहा, हिज सम्म संगै हिडेकाहरु आज डिवोर्स भयो भन्छन , आफनै सन्तान अठार, बीस बर्ष भए पछि घर परिवार सबै त्यागेर निस्कनछन र परिवार हेर्दा हेर्दै सुन्य मा परिणत हुन्छ।

म उसको बारेमा सोच्दा सोच्दै मेरो गाडीको जिपिएसले गन्तब्य आइ पुगेको जानकारी गरायो।  म उसको बारेमा सोच्दा सोच्दै उसकै घर नजिक आइ पुगेछु।  बाटो किनारमा गाडी पार्क गरेर उसको घर नम्बर ठम्याएर कल बेल थिच्छु।  भित्र बाट  केहि आवाज आउदैन , फेरि बजाउछु अह कोहि निस्कदैन।  अन्तमा फोन गर्छु उसलाई र आफु आएको जानकारी गराउछु।

“ढोका खुलै छ भित्र आऊ”, भन्छ र म पनि अप्ठेरो मान्दै भित्र सुस्तरी छिर्छु। उसको त्यो आलिसान महल जस्तो घर मलाइ भुत बंगला जस्तो लाग्छ।   उ सोफामा बसी रहेको हुन्छ एता उता हेर्छु कोहि पनि देख्दिन।  एकछिन उसको छेउमा गएर बस्छु।  उ केहि बोल्दैन।  एक छिन मौनता  छाउछ  कोठामा  ,मलाइ देखेर  छेउमा सुति रहेको  कुकुर अचनाक उठ्छ र उसको काखमा बस्न पुग्छ , मलाइ अचम्म लाग्छ एउटा अपरिचित मानिस घरमा छिर्दा समेत यो कुकुर नभुकी बसेको देख्दा।  हाम्रो तिर को कुकुर हुदो हो त झम्टेर आउथ्यो कोहि अपरिचित मान्छे यसरि घर भित्र पसेको देख्दा। कस्तो लोसे र लाटो कुकुर पाले को रहेछ कमसे कम घरलाई सुरक्षा दिने चंखो कुकुर त पाल्नु म मन मनै बर्बराउछु।  तर उ केहि बोल्दैन, म पनि चुपचाप सोफाको एक किनारमा बस्छु।

केहि छिन पछि म आफै  मौनतालाई चिर्दै सोध्छु, “अनि अहिलेस्टेलालाई कस्तो छ ?”  उ लामो सुस्केरा छोड्दै भन्छ, “ डाक्टरले समय तोकी सक्यो अब धेर बाच्ने चान्स छैन , खै के गरौ गरौ भयो र काममा पनि आउँ मन लागेन। कतै काम बाट  घर फर्कदास्टेलालाई गुमाई सकेको को पो हुन्छुकी जस्तो लाग्यो र काम मा जानै  मन लागेन।” म उसलाई शंतावानी दिदै भन्छु।  “ हैन यस्तो बेलामा कहा काममा आउने , आफन्तको ज्यान भन्दा जागिर ठुलो हो र ? ठिकै गर्यौ , म भएपनि सयाद यहि  यहि गर्थे , अनि स्टेला खोइ त एक फेर तिम्रो प्राण भन्दा प्यारो स्टेला लाइ हेर्न मन छ।”

उ केहि बोल्दैन , चुपचाप हातमा कुकुरलाई लिएर सुम्सुमाइ रहन्छ।  “अब यसको साथ पनि छुट्ने भयो , म एक्लो हुने भए।”  म अलमल्लमा परे उसको स्टेलाले छोडेर जादा कसरि उसको कुकुरले पनि छोड्न सक्छ र उसलाई ? म केहि सोच्नै  सक्दिन र फेरि सोध्छु “खोइ तिम्रो स्टेला ? “ उ हातमा टोललाई रहेको कुकुरलाई देखाएर भन्छ, “ अझै  तिमीले चिन्न सकेनौ मेरो स्टेलालाई , हेर त कस्तो भएको छ अहिले।  अचनाक उ जोडले कराउछ,  “स्टेला  मलाइ छोडेर न जा.………… ”  तर स्टेलाले  उसको काखमा अन्तिम स्वास फेर्छ र म आफुलाई सुन्यमा पाउछु केहि बोल्नै  सक्दिन ,केहि भन्नै  सक्दिन।  बस उसलाई र उसको काखमा निस्प्राण भएको उसको प्रिय  स्टेलालाई हेरी रहन्छु।

first published in  Aug 22, 2014


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading