By

Published on

त्यहाँ कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

“हाय फ्रेन्ड, हाउ यु डूयिंग ?

तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।”

जर्जले आज फेरि न्यु योर्क टाइम्सको एउटा कटिंग बोकेर आएछ र मलाइ दिदै भन्छ। उसलाई थाहा छ यस बिषयमा उसको र मेरो धेरै पल्ट बहस समेत भएको छ।

“ओह थांक्स , म पडन मन पराउछु तर अहिले फुर्सद छैन पछिहेरौला ” उसको बाट पेपर लिएर राख्छु।

यसको साटो उसलाई मैले मेरो रेस्टुरेन्टको केहि खाने कुरा नभएपनि एक गिलास चिया वा लस्सी दिनु पर्नेछ, उसको अपेक्षा पनि त्यहि हो। उ जहिले पनि दार्जिलिङ्ग को चिया र ब्रिटिश साम्राज्यको कुरा गर्छ, र भन्छ,

“ यु नो म पनि तिमि पढेकै  स्कुलमा पढेको हु , त्यसैले म तिम्रो रुचिजान्दछु। यो हाम्रो शिक्षाको कारण हो। तर अफसोस मैले दुइ बर्ष मात्रै पढन पाए त्यहा। हाम्रो सपरिवार लन्डन बाट बोस्टन आउने भए पछि मलाइ पनि मेरो बुवाले एतै बोलाउनु भयो र यहि बाट हाइ स्कुल ग्राजुवेट गेरको हु। अझै पनि मेरो धोको छ एक पल्ट भए पनि दार्जीलिंग हेर्न जाने।”

मेरो बाल्याकालका दिनहरु झल्झल्ति  आखा भरि आइ रहन्छ , खैर भाग्यले साथ् दियो भने ……”

यो कुरा उसले मलाइ धेरै पल्ट भनि सकेको छ र जहिले पनि म उसलाई खुसि पार्न भन्छु,

“ हेर म पनि दार्जीलिंग नगएको एक्कास बर्ष भै सक्यो एक पल्ट मलाइ पनि जाने रहर छ।  बरु भएछ भने संगै जाउला हुदैन ?” उसको चेहरा मा खुसि छाउछ तर अनायास फेरि मलिन हुदै भन्छ” ,

“हेरौ… भाग्यले साथ् दियो भने …।”

एक छिन् पछि एक गिलास चिया कागजको कपमा हालेर उसको सामु टक्राउछु र भन्छु, मअध्यन गरि  सकेर तिमि सित कुरा गर्ने छु अहिले व्यस्त छु है , सी यु सून भन्दै आफ्नो काम तिर लाग्छु, उसले मेरो आसय बुझी सक्यो र “ओक देन , हेव अ गुड डे”, भन्दै बाहिर निस्किन्छ।

एक दिन कुरा कुरैमा उसले मलाइ सोधेको थियो

“ आर यु फ्रम नेपाल ? हेव यु बिन टु दार्जीलिंग ?” , “ओह येस आइ स्टडीड इन दार्जीलिंग , हेव यु बीन देर ?” भनेर उल्टा प्रश्न गर्दा उसले भनेको थियो , “ओह येस आइ टु स्टडीड देर व्हेन आइ वाज किड” 

त्यस पछि त उसको र मेरो धेरै पल्ट दार्जीलिंगको बारेमा कुरा भएको थियो , संयोग बस उ म पडेको  स्कुलको प्रिन्सिपलको भाइ रहेछ. उ फादर जोसेफ्को कान्छो भाइ अरे, फादर जोसेफ हाम्रो स्कुलको प्रिन्सिपल हुनु हुन्थ्यो, एकदम अग्लो , गोरो र सारै स्ट्रिक्ट , उसले हामीलाई एक बर्ष पदाएको थियो र रिटायर्ड भएर लन्डन फर्केको थियो।

अझै पनि सम्झना छ फादर जोसेफ, उसको अंग्रेजी क्लासमा कोहि बोल्न समेत सग्दैन थिए तर उ जहिले पनि भन्ने गर्थ्यो ,

“हेर तिमि हरु यसरी न बोलेर कसरि राम्रो अंग्रेजी बोल्न सक्छौ”, तर हामी  भने उ सित खुलेर बोल्न समेत सक्दैन थियौ, जे होस् अंग्रेजी स्कुलमा पढेपछी अंग्रेजी बोल्न त आइ हाल्थ्यो तर उसको भनाइ भने क्याम्ब्रिजको स्तरमा बोल्ने हुनु पर्छ ताकि भोलि तिमीहरु जहि गएपनि यो स्कुलमा पढेको हो भनेर मानिसले चिन्न सकुन, मेरो चाहना यहि हो।

एक दिन जर्जले भनेको थियो, “हाम्रो बुवा, बाजे इन्डियामा धेरै बसेका हुन् , असम , डुवार्स र दार्जीलिंगको चिया बगानमा उनिहरु म्यानेजर थिए अरे, हामि हरु पनि धेरैपल्ट इन्डिया गएका थियौ, हामि तीन भाइ र एक बहिनि थियौ सबै भन्दा ठुलो दाजु फादर बन्यो र गोवा , असम , हुदै दार्जीलिंगमा आएर प्रिन्सिपल भएर बस्नु भयो,

भारत स्वतन्त्र भै सकेको थियो र त्यसैले हाम्रो परिवार लन्डन मै थियो तर बुवा र दाजु भने इंडिया छोड्न चाहनु हुन्न थियो अरे, एक पल्ट म पनि जिद्दी  गरेर उनीहरु संगै गएको थिए त्यसबेला हाम्रो बुवा डुवर्सको कुनै एउटा चिया कम्पनिको म्यानेजर हुनु हुन्थ्यो , र मलाइ पदन भनेर दाजुसित दार्जीलिंग पठाएको थियो, तर बुवाको अन्तिम बर्ष भएकोले रिटायर्ड भएपछी बुवाले मलाइ पनि संगै लिएर लन्डन फर्कनु भयो र एक बर्ष पछि खै किन हो हामी  सपरिवार अमेरिकाको बोस्टनमा आयौ र त्यसपछि हामि त्यहि बस्न थाल्यौ।

बोस्टनको समरभिलमा हाम्रो घर थियो, त्यहि बाट मैले हाइ स्कुल गरेको हु, तर एक दिन खै के मन आयो र म र मेरो गर्ल फ्रेन्ड बोस्टन छोडेर न्यु योर्क आयौ, न्यु योर्कमा पाच बर्ष बसेपछि एकदिन मेरीले मलाइ छोडेर हिडी ,

त्यसपछि मलाइ बोस्टन जाउ कि के गरु भयो, म न्यु योर्क आएको चार बर्ष पछि आमाको मृत्यु भएछ , मैले थाहै पाइन् एक दिन घरमा चिट्टी पठाउन मन लागेर पठाएको त बुवाले अर्कै बिहे गरिसकेको रहेछ। दिदि लण्डनमै फर्केर गईनरे उसको बिहे उतै भयो रे र दाजु इन्डियामा हुनु हुन्थ्यो,त्यस पछि कहिले सम्पर्क भएन।

म एक्लो भए हाम्रो परिवार सबै अलग भै सकेको थियो, र बोस्टन जान भन्दा किन हो चिकगो जाने सुर कसेर हिडे, त्यहाँ मेरो एकजनासाथी  थियो उ सित कहिले काही फोनमा कुरा हुन्थ्यो, मेरो पदाइ पुरा हुन सकेन भनौ कलेज कहिले टेक्ने अवसर पाइन , मेरो आमाले मलाइ बोस्टनको हावर्डविश्व बिद्यालयमा  मा पड्नु पर्छ  भन्नु हुन्थ्यो तर म भने पदनु को साटो केटि सित न्यु योर्क तिर लागे र आमा बाबाको सपना पुरा गर्न नसकेपछि कहिले बोस्टन फर्केर गइन ।

उसले आफ्नो बारेमा मलाइ धेरै सुनाएको थियो, भनौ मैले उसको बारेमा धेरै जिज्ञाशु भएर जान्ने कोसिस गरेको थिए, हुन् पनि उ सित भेट भएको लगभग दस बर्ष भै सक्यो। खै किन हो उसलाई देखे पछि एक प्रकार को दया लागेर आउछ र जहिले पनि केहि सहयोग गरौ जस्तो लाग्छ।

एक दिन उ भन्दै थियो, ” हेर हामी  दार्जीलिंगमा  हुदा हाम्रो साननै अर्कै थियो , हाम्रो बुवाको मा काम गर्ने मात्रै करिब सात आठ जना थियो , म सानोमा त्यहाँ जादा सबैले “बाबा साहेब, बाबा साहेब “ भन्दै सलाम गर्थे , जे चाह्यो त्यहि पाइन्थ्यो , दुख कस्ट र भविस्यको कहिले चिन्ता थिएन, वास्तबमा भन्ने हो भने म दार्जीलिंग छोडेर आउनै चाहदिन थिए, पछि लन्डन आए पछि त्यहाको वातावरण मा घुलमिल हुन् समय लाग्यो केहि साथीहरु बन्दै थिए अचानक बुवाले अमेरिका जाने निर्णय गरेर हाम्रो पुर्खेउली घर सम्पति सबै बेचेर अमेरिका आयौ,

यहाँ आए पछि हाम्रो जीवन शैली र रहन सहन सबै परिवर्तन भयो, म कहिले यहाको हुन् सकिन, जहिले पनि आफुलाई एक्लो र अलग परिवेसमा पाउथे जसको फलस्वरूप मेरो पदाइमा मन जान सकेन, हाम्रो त्यो शान , सौकत सबै खतम भै सकेको थियो, बुवा आमा पनि जहिले पनि झगडा गर्नु हुन्थ्यो, घरमा आउने मन लाग्दैन थियो, बुवा सधै रक्सि पिएर बस्नु हुन्थ्यो, घरमा धेरै दुख थियो, तर मेरो मन भने त्यहि दार्जीलिंग्को मिठो सपना र अतितमा रमाउन खोजि रहन्थ्यो।

बुवा पनि बेला बेला मा दार्जीलिंग को कुरा निकालेर साथीहरुसित खुब शान लाउनु हुन्थ्यो तर, सब खतम भै सकेको थियो, परिस्थिति ठिक उल्टो भै सकेको थियो। उसले एकदिन बिहानै आएर मलाइ भन्यो , “यहा बाट इन्डियाको राउण्ड टिकट कत्तिमा आउछ ?” मैले भने हेर त्यो सिजनमा भर पर्छ कहिले महँगो हुन्छ त कहिले सस्तो , बेला बेलामा इन्टरनेटमा प्राइस चेक गर्दै गर्नु पर्छ, किन र ?

तिमि जान लाग्यौ कि के हो ? मैले ठट्टा गर्दै उसलाई जिस्काए, उ मलिन अनुहार लाएर भन्न थाल्छ खै यस जुनीमा त जान पाइन्छ कि पाईंदैन ? तर मर्नु अघि एक पल्ट जाने इच्छा छ, सयाद मेरो दाजु पनि उतै हुनु पर्छ तर थाहा छैन जीवित छन् कि मरी सके, एक पल्ट दिदीले भनेको दाजु इंडिया फर्केर गयो रे लन्डनमा उसलाई बस्नै मन लागेन रे ।

“बरु म पनि त्यहि दाजु सितै बसेको भए आज यस्तो दिन देख्नु पर्दैन थियो”। उसले लामो सुस्केरा छोड्दै भन्यो। “तर भाग्य र भविस्य कसले देखेको हुन्छ र “?

आज उ एकदम गली सकेको र बिरामी जस्तो देखिन्थ्यो, मैले पख “ टेक सम राइस विथ करी”, भनेर भित्रबाट “टु गो बक्स”मा खान लिएर आए र उसलाई दिए, उ

“थांक्स ! गड ब्लेस यु”, भन्दै निस्कियो।

अचानक के भयो कुन्नि आधा बाटोबाट फर्केर आयो र गलेको स्वरमा भन्यो, “इन्डिया को त के कुरा म जस्तो “होमलेस” भएर बसेको मान्छेले न्यु योर्क र बोस्टन को समेत कल्पना गर्न सक्दैनौ , चाहेर मात्रै के हुन्छ र ?”

त्यति भनेर उ आफ्नो पोका बोकेर निस्कियो। त्यस पछि धेरै दिन उसलाई देखिन , भनौ उ मलाइ भेट्न आएन ,

एक दिन अचानक मर्निङ्ग वाक गर्न निस्किदा बाटोको किनार जहाँ उ बर्षौ देखि बस्ने गर्थ्यो पुलिस ले घेरेको थियो, साथमा एम्बुलेन्स. र पारमेडिक समेत थियो , मनमा एक प्रकार को चिसो पस्यो र बिस्तारै नजानिदो तरिकाले एसो हेरेको उसकै पोका बाटो किनारमा लडी रहेको थियो र बाटोको पल्लो कुनामा एउटा फोटोको फ्रेम थियो जसमा तीन जनाको पुरानो फोटो थियो र नियालेर हेर्दा त्यहाँ कन्चनजङ्गा मुस्कुराई रहेको थियो,

कसैले न देख्ने गरि त्यो फोटो उठाएर एक छिन हेरे र त्यहि छाडेर अघि बडे , अनायासै मेरो मुखबाट निस्कियो “रेस्ट इन पिस”(RIP).

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading