By

Published on

सवारी दुर्घटनाहुँदा ध्यान दिनुपर्ने केहि टिप्स !

हरेक बर्ष अमेरिकामा करिब १० करोड कार दुर्घटनाहरू हुने तथ्यांकले जनाउँछ। त्यसैले हरेकले अमेरिकामा छँदा र दैनिक रुपमा गाडी चलाउन अति आवस्यक भएको हुनाले केहि कुरामा बिशेष ध्यान दिन जरुरि हुन्छ। अमेरिकामा प्रायले आफ्नो सवारी साधन चलाएकै हुन्छन र कुनै न कुनै बेला सानो तिनो देखि निक्कै गम्भीर दुर्घटनामा पर्न सक्छन जुन जहिलेपनि तनावपूर्ण क्षण हुनसक्छ चाहे त्यो सामान्य घटना मात्र किन नहोस्। त्यसैले हरेक परिस्थितिमा संयम भएर आफ्नो कर्तब्य निर्वाह गर्न जान्नु पर्दछ।

घटना भएको स्थानबाट कहिले नभाग्नु: (Fleeing the scene ) कुनै कारणबस दुर्घटनाभएको दृश्य वा स्थान छोड्दा तपाईलाई नसोचेको र गम्भीर कानुनी समस्यामा आईपर्न सक्छ। तपाईंको कुनै दोष नहुन सक्छ , तर तपाइँ घटना स्थलबाट भाग्नु भयो भने दोस लाग्न सक्छ त्यसैले त्यस्तो परिस्थितिमा तपाईं जहाँ हुनु हुन्छ त्यहाँ रहनु उत्तम हो।

आफ्नो सहयात्रीको ध्यान दिनु : तपाईं संगै यात्रा गरेको यात्रुहरूको जाँच गर्नुहोस्,र एक पटक तपाईं आफ्नो गाडीबाट बाहिर निस्कनुभयो भने, दुर्घटनामा संलग्न अन्य ड्राइभरको स्थिति समेत जाँच गर्नुहोस् तर नम्र र शभ्य भएर उसको अघि जानु होला ।

आफुलाई शान्त र संयम बनाई राख्नु : यस बाट जोगिने सबै भन्दा उपयुक्त कुरा भनेकै आफुलाई शान्त र संयम बनाई राख्ने र अशान्त भएर कुनै निर्णय नलिने। यदि पुलिस बोलाइएको छ वा बोलाउनु भएको छ भने आफ्नो सम्पूर्ण डोकुमेंट तयार गरेर प्रतिक्षा गर्नु होस् । यदि स्थान सुरक्षित र प्रयाप्त खाली स्थान छ भने, तपाईको गाडीको फोटो लिनको लागि सेलफोन प्रयोग गर्नुहोस् तपाईको गाडीको तस्विर लिएपछि कागजात तयार गरेर धैर्य साथ् पुलिसको प्रतिक्षा गर्नु होस् । साथै दुवै टिमले मिलेर पुलिसलाई र इन्सुरेन्सलाई सहि र सत्य घटनाको बारेमा जानकारी गराउनुहोस।

समयमा पुलिस र बिमा कम्पनीलाई जानकारी गराउनु : कतिपय समय दुर्घटना रिपोर्ट नगरिएको कारण केहि दिन वा महिना पछि समेत कानुनी अड्चन आउन सक्छ त्यसैले सानो टक्कर भए पनि, सधैं पुलिसलाई दुर्घटनाको रिपोर्ट गर्नुहोस्। यदि तपाईं पछि तपाईंको बीमा कम्पनीसँग दावी गर्ने निर्णय गर्नुहुन्छ भने, वा यदि तपाईं कानुनी दावी लिने निर्णय गर्नुहुन्छ भने, दुर्घटना रिपोर्ट नगर्दा तपाईंको केस कम्जोर र अयोग्य समेत हुनसक्छ।                

गोप्य र व्यक्तिगत जानकारी एक्सचेन्ज नगर्नु : आफूसित ठोक्किने सवारी साधनको चालक सित धेरै गोप्य र व्यक्तिगत जानकारी एक्सचेन्ज नगर्नु होस्। नाम र फोन नम्बर दिदा हुन्छ र इन्सुरेन्सको जानकारी गराउदा हुन्छ। सके सम्म घटना स्थानमा समझदारी गरेरे घटनालाई मिलाउन सकिन्छ वा के गर्ने त्यसको तयारी गर्न सकिन्छ। अन्य बिष्तृत जानकारी सोझै बीमा कम्पनि र पुलिससँग साझा गर्नुहोस्।

दोसी प्रमाणको लागि साक्षीको समेत जानकारी लिन नभुल्नु  : अन्य ड्राइभरसँग सँधै सम्पर्क जानकारी साटासाट गर्ने , कुनै पनि साक्षीहरू छनभने उनीहरुको समेत सम्पर्क जानकारी लिनुहोस्, र दुर्घटनामा संलग्न अन्य ड्राइभरहरूबाट पूर्ण बीमा विवरण प्राप्त गर्नुहोस्।त्यसो गर्दा क्लेम गर्दा सजिलो हुन्छ।

कुनै गलत जानकारी सम्पादन नहोस त्यसमा ध्यान दिनु  : दुर्घटना स्थलमै हुदा यो निश्चित गर्नुहोस् कि सही जानकारी पुलिस रिपोर्टमा समावेश भएको छ भनेर , र कुनै गलत जानकारी सम्पादन गर्न रिपोर्टको प्रतिलिपि मग्न्सकिन्छ।

सानै दुर्घटना भएपनि चिकित्सकको सल्लाह लिनु वा स्वथ्य्को जाँच गराउनु : जहिले पनि दुर्घटना पछि चिकित्सा सल्लाह लिएको राम्रो। कहिले काही सामान्य दुर्घटना हुँदा तपाईलाई चोट नलागेको जस्तो लाग्न सक्छ, तर कार दुर्घटना पछि सधैं मेडिकल चेकअप गरेको राम्रो , विशेष गरी यदि तपाईले आफ्नो टाउको ठोकाउन भएको छ तर चोट पटक लागेको छैन भनेपनि जाच गरेको राम्रो जुन पछि समस्या हुन् सक्छ।

सवारी साधन कहाँ मर्मत गर्न लाने त्यसको निर्णय लिनु : तपाईको गाडीलाई कुनै पनि पसलमा मर्मत गर्न सक्नु हुन्छ तर त्यो बिमा कम्पनीले उल्लेख गरेको वर्कसप हुनु पर्छ। तपाईले सवारी-स्थलमा निर्णय गर्नु पर्ने हुन्छ कि तपाईको गाडी कहाँ मर्मत गर्ने भन्ने बारे जसको जानकारी बिमा कम्पनीले दिने वा आफुले बिमा कम्पनीलाई दिनु पर्ने हुन्छ। अन्तमा आशा गरौ यस्तो घटनाको सामना कसैले गर्न नपरोस। सुरक्षित सवारी संचालनको लागि सुभकामना।

Photo by Genaro Servu00edn on Pexels.com

Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading