By

Published on

रक्तदान जीवनदानको मूलमन्त्र सहित बृहत रक्तदानमा सहभागी बनौ।

रक्तदान जीवनदानको मूलमन्त्र सहित बृहत रक्तदानमा सहभागी बनौ।
ध्रुव थापा, अध्यक्ष
बर्क्ली अन्नपुर्ण लायन्स क्लब , अमेरिका
“सेवा नै धर्म हो” र “हामी सेवा गर्छौ” भन्ने मूल मन्त्र बोकेको विस्वको सर्वाधिक ठूलो सेवा सस्था लायन्स क्लब्स इन्टरन्यास्नलको छातामुनी रहेर अमेरीकामा नेपालीहरूको सर्वाधिक ठूलो लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णले सुरु गरेको वार्षिक रक्तदान कार्यक्रममा सह्भागी हुन सम्पूर्ण मानव र समाज सेवामा समर्प्रित प्रियजनहरुमा हार्दिक आग्रह गर्दछु।
१९१७ मा स्थापना भएको अन्तरास्ट्रिय लायन्स कल्बको सस्थापक अमेरिका सिकागोका मेल्विन जोन्स हुन्। सिकागोका एक ३८ बर्षिय युवा ब्यापारीले समाज र रास्ट्रको सेवा गर्ने उध्येश्यले खोलेको यस संस्थाले अहिले एक सय बर्ष मनाउने भब्य तयारीमा लागेको छ। स्थापनाको तीन बर्षमै अन्तरास्ट्रिय संस्था बनेको यौ एउटा सामाजिक र मानव सेवामा समर्प्रित गैर राजनैतिक संस्था हो। यहि अप्रिल २०१५ सम्मको तथ्यांक को आधारमा यस संस्थाको ४६,००० स्थानीय क्लबहरु रहेको छ भने १. ४ मिलियन सदस्यहरु विश्वको २०० भन्दा धेरै देशहरुमा सेवामुलक कार्य गरि रहेको छ ।
त्यसै गरि दस बर्ष अघि अमेरिकाको को क्यलिफ़ोर्नियामा रहेका नेपालीहरुको पहलमा स्थापना भएको बर्क्ली अन्नपुर्ण लायन्स क्लबले बिभिन्न सामाजिक र मानवसेवा को कार्य गर्दै आएको छ। यस कल्बले बिगत पाच बर्ष देखि निरन्तर रुपमा रक्तदान कार्यक्रमकोपनि आयोजना गर्दै आएको र यस पुनित कार्यमा केहि बर्ष एता ब्लड डोनर्स अफ अमेरीका समेत संयुक्त आयोजकको रुपमा सहभागी हुदै आएको यहाँहरु सबैलाई बिदितै छ।
यस बर्ष देखि अझ यस कार्यक्रमलाई बृहत सहभागिता गराउन र मिलेर संयुक्त रुपमा सेवा गर्ने उदेश्यले बर्क्ली अन्नपूर्ण लायन्स क्लबले स्पोन्सर गरेको दुवै लायन्स क्लब फ्रिमोंट सगरमाथा र बर्क्ली मकालुको पनि सहभागिता रहेको छ।
हरेक बर्ष आयोजित यस पुन्यकार्यमा यहाहरुको निस्वार्थ सेवा र सहयोग पाउदै आएका छौ भने यस बर्ष पनि अझ धेरै उपस्थितिको आसा गरेको छौ ।

हामीमा भएर्को रगतले यदि एकजना मात्रैको पनि जीवन रक्षा गर्न सक्यो भने त्यो भन्दा ठुलो पुन्य अरु के होला ? हामी न त ईश्वर हौ नकि कुनै डाक्टरनै तर पनि हामीमा एउटा जीवन बचाउन सक्ने इस्वरिय शक्ति छ र त्यसको उपयोग मानब कल्याणमा लगाउन पाउनु भनेको यो हाम्रो लागि एउटा सौभाग्य हो।

यो संसार एक अबिरल दु:ख कष्ट , प्राकृतिक बिपत्ति र दुर्घटनाहरूको एक अथाह भवसागर हो। कति बेला के हुन्छ कसैले भन्न सक्दैन र हामीलाई कतिबेला रगतको आवस्यकता हुनसक्छ हामि कल्पना समेत गर्न सक्दैनौ। अमेरीकामा मात्र दैनिक ११५ जना कार दुर्घटनामा मर्छन भने अन्य क्यान्सर लगायत रोगहरूबाट त कति कति ? यसरी लाखौँ मानिसहरू अकालमानै मरिरहेका छन्। यी मर्ने मध्ये धेरैलाई तपाईं हामिले गरेको रक्तदानबाट बचाउँन सक्छौ । हामिले दिएको रगत २४ घण्टाभित्र हाम्रो सरिरमा परिपूर्ती हुन्छ तर हाम्रो रगतले कसैको ज्यान बचाइरहेको हुन्छ। त्यसैले हामि भन्न सक्छौँ, “रक्तदान जीवन दान हो।” जीवनदान जस्तो ठूलो दान सायदै अरुहोला। रक्तदानले एउटा अनौठो सन्तोष र खुशिको प्रस्फुटन गर्दछ। हो, रक्तदान मनलाई शान्ति दिन र चित्त सुद्दी गर्न समेत सक्षम छ। रक्तदान गर्नु धर्म हो, विरता हो, मानव सेवा हो । आउनुहोस, तपाईं हामी सबै रक्तदान गरौं, जीवन दान गरौं।

  • रक्तदानले हाम्रो जीवनमा हुने फाइदाहरु :
    साभार बिबिध अनलाईन श्रोतबाट
    नियमित रक्तदानले हाम्रो रक्तमा हुने आइरनको मात्रा संतुलितहुने र यसले हृदय रोगको संभावनालाई कम गराउने ।
    हाम्रो शरीरबाट रक्त निकाले पछि हाम्रो रक्तमा RBC कम हुन्छ । जुन कमीलाई पुरा गर्न शरीरले अस्थि-मज्जा (Bone Marrow) द्वारा तुरंत नया RBC को निर्माण सुरु गर्छ जसले गर्दा हाम्रो सरिरको रक्त साफ़ व ताज़ाहुने गर्छ ।
    एक सामान्य व्यक्तिले तीन महिनामा एक पल्ट रक्त दान गर्न सक्छ । एक पल्टमा 450 मिली सम्म रक्तदान गर्न सकिन्छ ।
    एकपल्ट रक्तदान गर्दा सरिरबाट करिब 650 कैलोरी एकै पल्टमा खर्च गर्न सकिन्छ ।
    रक्तदानको सबै भन्दा ठुलो फाइदा हामी कसैको जीवन बचाउन सक्छौ।
    के तपाईलाई थाहा छ तपाइले दिएको रक्तलाई तीन भागमा बाडेर तीन जनाको जीवन रक्षा गर्न सकिन्छ? त्यो तीन भाग Red Blood Cells, platelets र Plasma हो |
    के तपाईलाई थाहा छ अहिले सम्म कुनै वैज्ञानिकले प्रयोगसलामा बसेर रक्त बनाउन सकेको छैन? यो प्राकृतिक रुपमा उत्पादन गर्ने क्षमता मात्र हाम्रो सरिरमा छ।
    हामी मध्ये २५% मानिसलाई जीवनमा कमसे कम एकपल्ट अरुको रक्तको आवस्यकता हुन्छ।

आउनुहोस, तपाईं हामी सबै रक्तदान गरौं, जीवन दान गरौं।
रक्तदान दिने स्थान :
American Red Cross Society
Oakland Donor Center
6230 Claremont Ave
मिति
मार्च १९, २०१६ , बिहान ८ बजेदेखि ४ बजे सम्म

कार्यक्रम संयोजक
मनिल बाबु श्रेष्ठ -510 621 8406
प्रथम उपाध्यक्ष बर्क्ली अन्नपुर्ण लायन्स कल्ब
इश्वर सापकोटा , 650 714 6114
ब्लड डोनर्स अफ अमेरिकाको संयोजक

लायन्स कल्बका अध्यक्षहरु
ध्रुव थापा, : बर्क्ली अन्नपुर्ण 510 710 4438
शंकर कार्की : फ्रिमंट सगरमाथा 510 943 7117
मनोहरा बोगोटी: बर्क्ली मकालु 510 620 4477

पुनश्च : अन्य बिस्तृत जानकारीको लागि तलको फ्लायरमा हेर्नु होला। समय थोरै छ आफ्नो नाम दर्ता गरि हाल्नु होला नत्र मानव सेवाबाट बन्चित हुनुहोला। https://www.facebook.com/events/221539928200172/


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading