By

Published on

राजा जनकको भेषमा अभिनय गर्दा गर्दै जीवन त्याग्नु के मात्र संयोग थियो ?

सधै जस्तै आजपनि फोनमा बिहानै फेसबुक हेर्दा ‘Jhyauro, ramro sanga gyani bhayera padnu parcha’ I remember his words.We will miss You Hajurba भनेर अश्मिता फुयालले आफ्नो स्टेटसमा लेखेकि रहेछिन त्यसबेला मलाई एकप्रकारको नरमाइलो लागेर आयो र यो जीवन चक्रको खेल हो आए पछि सबै एकदिन जानै पर्छ त्यस्तै जीवन चक्रको अंत भएको ठाने। एउटा हजुर बाको मृत्युको शोकमा एउटी नातिनीले बिहानै आफ्नो स्टाटस लेखेछिन जस्तो लाग्यो।कस्तो नराम्रो समाचार पदन पर्यो बिहानै l वहाको आत्माले शान्ति पावोस भन्दै  आफ्नो नित्य कर्म तिर लागे।

तर रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण गत मंगलबार ७९ वर्षको उमेरमा निधनको खबर समाचार पत्रहरुमा आउनु भन्दा अघिनै फेसबुकमा देखेको त्यहि स्टाटस हो भनेर सोच्न पनि सकिन। जब समाचार र फोटो हेर्दा त्यो ज्ञात भयो तब यो मन झनै बिचलित भयो । कस्तो अनौठो मृत्यु ? एउटा कलाकारले अभिनय गर्दा गर्दै आफ्नो प्राण त्यागेको खबरले मेरो मनमा एक प्रकारको खिन्नता उत्पन्न गरायो। अमेरिकी जीवन हो व्यस्त जीवन र म आफ्नो दैनिककार्य गर्न लागे।
केहि क्षण पछि फेरी फेसबुकमै देखे इतिहासकार तथा नाटककार सत्यमोहन जोशी लिखित तथा बद्री अधिकारी निर्देशित नाटक को अभिनय गर्दागर्दै हृदय घात भएर निधन भएको समाचार र संवेदनाका सब्दहरु फेसबुक भरि फैलिएको रहेछ। यहि बे एरियाका धेरैले समेत समबेदना लेखेका रहेछन तर थोरैलाई मात्र सायद थाहा थियो होला उनका एउटा छोरा यहि हामि माझ शोकाकुल अवस्थामा हुनु हुन्छ भन्ने। यो सब पड़दा यो मन भक्कानिएर आयो र अचानक मेरो दिमागले अर्कै संकेत दियो , त्यों के भने ऊनि त हाम्रै मित्र लायंस क्लबका बर्तमान निर्देसक निर्मल फुयालको पिताजी पो हो त ! तुरुन्तै निर्मलजीलाई फोन गरेको “ wrong number” भनेर बोलन मिलेन र मैले  उनकै मित्र सुशांतजीलाई फोन गरेर उनको नंबर लिएर फोनमा कुराकानी भयो निर्मलजी सित। त्यति बेला पो मलाई ए अस्मिता त निर्मलजीको छोरी पो हो त भनेर उनको स्टाटसमा कमेंट लिखे “Gone from our sight, but never from our hearts.Our hearts are saddened by untimely loss of Great Theatre Artist Bishnu Bhakta Phnuyal, Our thoughts and prayers are with you. Please remember that you are not alone… We are always here for you and your family”.
condolence
त्यसपछि तुरुन्तै लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णका अध्यक्ष मनिल बाबु श्रेष्ठजी लाई फोन गरेर जानकारी गराएर र समय मिले आजै भेट्न जाउ भने र वहा पनि तुरुन्तै आउछु भनेर फोन राख्नु भयो तर केहि क्षणपछि फोन गरेर होइन बरु म क्लबको अन्य साथीहरुलाई पनि जानकारी गराउछु र संगै जाउ भन्नु भयो र अर्को दिन जाने निर्णय गरियो।
हो यो संसारमा जन्मे पछि सबैले मर्नु नै पर्छ तर यो सत्यलाई हामी सहजै स्विकारन सक्दैनौ र हामीलाई पीड़ा भई रहन्छ। त्यही पीड़ा अहिले बिदेशमा रहेको एउटा छोरोलाई आफ्नो बुवा गुमाउँदा र अंतिम पलट अनुहार सम्म हेर्न नपाउँदा कस्तो हुन्छ भन्ने अनुभव मैले पनि भोगेको छु त्यसैले समबेदना का सब्दहरु सिवाई फुयाल परिवारलाई केहि भन्न सक्दिन। वहा जस्तो कलाकारलाई गुमाएर नेपाली कला जगतको एक अपूरणिय क्षती भएको छ। यस दु:खद घडीमा एउटा कलाकार जसले जीवन भरिनै रंगमंचमा र टिभी चलचित्रमा अभिनय गरेर जीवनको अन्तिम स्वास समेत अभिनय गर्दा गर्दै दिदा र वहाको अन्तिम ईच्छा समेत “ अभिनय गर्दा गर्दै मर्ने ईच्छा रहेको” जानकारी पत्र पत्रिका र स्वयम् उनका कान्छो छोरो निर्मल्जी बाट जानकारी पाउदा उहा निक्कै भाग्यमानी र अवस्य बैकुण्ठ बास हुन्छ भन्ने मलाइ लागेको छ। साथै यो अतिनै दुर्लब घटनापनि हो। त्यसैले त् होला कलाकार बिष्णु भक्त फुयाल को निधनपछि बुधबार उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रज्ञा प्रतिष्ठानमा उनको शव राखिएको र हजारौले अन्तिम श्रदान्जली अर्पण गरेका थिए भने अनलाइन र फेसबुकमा जताततै उनकै श्रदान्जलीका शब्दहरुले भरिएको थियो ।
उनले २५० भन्दा बढी सानो पर्दाका र ५० भन्दा बढी ठूलो पर्दाका चलचित्र र पाँच सय भन्दा बढी नाटकमा अभिनय गर्नु भएको थियो भने ‘अविरल बग्दछ इन्द्रावती’, ‘तीतो सत्य’मा बोल्नु भएको समबाद यो यो माइ लब लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण निक्कै चर्चित पनि हुनु हुन्थ्यो ।
क्लबको तर्फ बाट आज मित्र निर्मल कुमार फुँयाल तथा सम्पूर्ण शोकाकुल परिवार प्रती गहिरो समवेदना प्रकट गर्न हामी वहाको निवासमा गयौ र कल्बको तर्फबाट एउटा समबेदना पत्र समेत बनाएर वहा र वहाको परिवारलाई भेटेर o यस दुखद घडीमा धैर्य धारणा गर्न शक्ती मिलोस भन्ने इश्वर सङ्ग प्रार्थना गर्यौ ।

करिब सय बर्ष टेकनै लागेका इतिहासकार तथा नाटककार सत्यमोहन जोशी लिखित नाटकमा राजा जनकको भूमिकामा अभिनय गरिरहँदा उनलाई हृदयघात भयो र एउटा अतिनै दुर्लब ऋषिको जस्तै जीवन समाधिस्ट भयो। राजा जनकको भेषमा अभिनय गर्दा गर्दै जीवन त्याग्नु के मात्र संयोग थियो ? इतिहास र पौराणिक पुस्तकमा पढे जस्तै भिष्म पितामहको इच्छा मृत्य र आधुनिक कालमा स्वामी बिबेकानान्दले योग समाधिमा बसेर प्राण त्यागेको जस्तै वहाले पनि आफ्नो अन्तिम इच्छा अनुसार अभिनय गर्दा गर्दै प्राण त्याग्ने चाहना पुरा हुनु के यो मात्र एउटा दुखद दुर्घटना वा संयोग थियो कि वहाको अन्तिम इच्छा ?

photo source: facebook


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading