By

Published on

क्यालिफोर्नियामा तेश्रो नेपाली लायन्स क्लबको स्थापना।

बर्क्ली क्यालिफोर्निया- Nov 15th 2015  दस बर्ष अघि नेपाली समुदायमा स्थापना भएको बर्कली अन्नपुर्ण लायन्स कल्बले आफ्नो दस बर्षको यात्रा संगै दुई वटा नेपाली लायन्स क्लबलाई प्रायोजन गरेर यस लायन्स डिस्ट्रिक 4c३ मै नया जोश र उर्जा थप्न सफल भएको छ।dance

यस क्लबका चार्टर अध्यक्ष राजेन थापा अहिले अमेरिकाकै नेपाली समुदायमा पहिलो पल्ट  दोश्रो भाइस गभर्नर जस्तो गरिमामय पदमा चयन भएका छन्।    गतबर्ष अन्तरास्ट्रिय अध्यक्ष जो पृष्टन को उपस्थितिमा र तिलक सुनारको अध्यक्षतामा फ्रिमंट सगरमाथाको स्थापना भएको थियो भने अहिले क्लबका दशौ अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा नया नेपाली लायन्स क्लब बर्क्ली मकालुको चार्टर नाइट बर्क्ली मारिना स्थित हिज लर्ड्ससिप रेस्टुरामा एक सय पचास भन्दा धेरै अमेरिकी र नेपालीहरुको माझमा भव्यताका साथ सम्पन भएको छ।

मनोहर थापा बोगटीको अध्यक्षतामा गठित नया क्लबको अधिकासं महिला सदस्यहरु रहेका छन् ।  २६ सदस्यहरुको सहभागितामा गठित  उक्त क्लबको सदस्यहरुलाई  भूतपूर्व अन्तरास्ट्रिय निर्देशक डा बिल आनाकोनिले सबैलाई एक एकवटा पानसमा बत्ति बाल्न लगाएर  सपथ ग्रहण गराएका थिए।    उक्त क्लबको अध्यक्षामा  मनोहर थापा बोगटी , पहिलो , दोश्रो र तेश्रो उपाध्यक्षमा क्रमस बिजया तन्डुकार , गोपी लामा र रेशमी अर्याल , कोषाध्यक्षमा  ससी प्रसाई र सचिबमा खगेन्द्र रावल रहेका छन्।  त्यसै गरि मेम्बरसिप चियरमा मिलन श्रेष्ठ , टेल टविसटर र टेमरमा क्रमस बिनिता लामा र कुसुम महत रहेकी छिन।    त्यसै गरि निर्देशकहरुमा दिकेन्द्र मास्के, छिरिंग सेर्पा , प्रेरणा गुरुङ,  सल्लाहकारहरुमा कमला प्याकुरेल र संगीता शर्मा , मिडिया संयोजनमा सुलव केसी र अन्य सदस्यहरुमा आस्था श्रेष्ठ, बासुदेव घिमिरे, भक्ति प्रसाई, विकास साही , हरि तन्डुकार , लीला साही , प्रज्वल चौधरी, प्रिती थापा, रोसन केसी , सुबास थापा र उत्साना चौधरी रहेको छ।

बर्क्ली अन्नपुर्णको अध्यक्ष ध्रुव थापाको स्वागत मन्तब्यबाट प्रारम्भ गरिएको चार्टर नाईटको प्रमुख बक्ता निबर्तमान गबर्नर केरण फिल्मोरले क्यालिफोर्निया मा यति छोटो समयमा तीन वटा नेपाली लायन्स क्लबको स्थापना हुनु एउटा गौरबको बिषय भएको जानकारी गराईन।     त्यसै गरि आफ्नो मन्तव्यको क्रममा राजेन थापाले सबैलाई आफ्नो क्षमतामा बिश्वास गर्न आग्रह गर्दै निकट भविस्यमै फेरि अर्को नेपाली लायन्स क्लबको स्थापना हुने प्रकिया आरम्भ भई सकेको जानकारी गराए। साथै उक्त क्लबको लागि पहल गर्ने स्थानीय नेपाली समुदायको अतिनै लगनसिल र नया व्यवसायी सुरज श्रेष्ठलाई  सम्पूर्ण उपस्थित भेलामा परिचय समेत गराइयो।dhruva speech

मन्तव्यको क्रममा  लायन थापाले सबैलाई लायन्स क्लबले गर्ने सामाजिक र मानवीय सेवाको बारेमा प्रकास पार्दै यस संस्थामा आबद्ध हुन सबैलाई आग्रह गरे।  विश्वको सबै भन्दा ठुलो संस्थाले अबको दुई बर्षमा सय बर्ष मनाउने उपलक्षमा नया क्लबको स्थापना हुनु भनेको एउटा अति गरिमामय र दुर्लब अवसर हो र अहिले स्थापना हुने क्लबहरुलाई “ Centennial Club” भनिने जानकारी समेत गराउनु भयो। साथै समाज सेवा गर्न नाम होइन काम गर्ने मन र होसला हुनु पर्ने कुरामा जोड दिदै राम्रो काम गरे नाम त्यसै आउछ भन्दै  सबैलाई  निस्वार्थ भावनाले सेवा पुर्याउन समेत आग्रह गर्नु भयो।

चार्टर अध्यक्ष मनोहरा थापाले आफ्नो पद स्वीकार गर्दै सबैलाई आफुमाथि बिश्वास गरेर चार्टर अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरेकोमा धन्यबाद दिईन।  सम्पूर्ण सदस्य तथा नेपाली समाजले समेत बिश्वास गरेर यस्तो पदमा चयन गरेकोमा सबैलाई धन्यबाद दिदै यहाँ हरुको बिश्वास र भरोसालाई निरास नबनाउने  बचन दिईन।       उक्त कार्यकममा डिस्ट्रिक ४ सी ३ का करिब १२ वटा क्लबको अध्यक्ष , सचिब तथा प्रतिनिधिहरुको बाक्लो  उपस्थिति रहेको थियो भने बे एरियामा छरिएर बसेका नेपाली समुदाय र संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।  कार्यक्रममा भागलिन  सान्ता रोजा देखि सान होजे सम्म र सन् फ्रान्सिस्को देखि मार्टिनेज सम्मका  नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।     कार्यक्रममा  यस क्षेत्रका सुप्रसिद्ध नृत्यांगनाद्वय संगीता शर्मा र बिन्दु सापकोटाले क्रमस मन्जुश्री र मारुनी मिश्रीत गीतहरुमा आफ्नो  उत्कृस्ट नृत्यहरु  प्रस्तुत गरेकी थिइन् भने चार बर्षिय बालकलाकार दृष्या बोगोटी लगायतका स्थानीय थुप्रै कलाकारहरुले समेत  नृत्य र गीतहरु प्रस्तुत गरेका थिए।  कार्यक्रममा मिलन श्रेष्ठ र गोपी लामाले नेपाली गीत गाएर दर्शकलाई मनोरंजन प्रदान गरेका थिए।oath

कार्यक्रममा बे एरियाका थुप्रै बक्ताहरुले चार्टर अध्यक्ष लायन मनोहरालाई बधाई दिदै अत्यधिक महिला सदस्य रहको उक्त संस्थाले आउदो दिनहरुमा समाजमा उल्लेखनीय कार्यहरु गर्ने आशा ब्यक्त गर्दै सुभकामना  दिएका थिए।     सुभकामना दिने क्रममा  क्रमममा ग्लोबल मेम्बर टिमकी संचालिका लीनडा  ग्रिफ्फिनले  लायन्स क्लबले अहिले सय बर्षको उपलक्षमा धेरै भन्दा धेरै विश्वको हरेक कुनामा लायन्स क्लबले सेवा पुर्याउने जानकारी गराईन।  त्यसै गरि गोबिन्द शाही, गीता श्रेष्ठ, बिजया तन्डुकार,सशी प्रसाई , दल बोगटी, लगायत डिस्ट्रिकका गभर्नर लगायत अन्य पधाधिकारीहरुले समेत सुभकामना व्यक्त गर्दै नेपाली समुदायको बारेमाजान्ने अवसर नेपाली लायन्स क्लब मार्फ गत दस बर्ष देखि प्राप्त हुदै आएको र हालै नेपाली समुदायको तर्फ बाट अमेरिकी लायन्स क्लबमा समेत नेतृत्व स्थानमा देखिन थालेको जानकारी बक्ताहरुले जनाएका थिए।prez mano

हामी  सेवा गर्छौं भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठुलो समाजसेवी सस्था लायन्स इन्टरन्यासनलले नया क्लब प्रायोजनको लागि  एउटा निश्चित बुदा रहेको र  सोको पालन गरेको जानकारी  गराउदै ग्लोबल टिम कोअर्डीनेटर  लिन्डा र भूतपूर्व क्लबकी पहिलो नेपाली अध्यक्षा लक्ष्मी चौधरीलेले सबैलाई ओहोदाको प्रमाण पत्र वितरण  गराइन।     स्थानीय लायन्स क्लबका भूतपूर्व अध्यक्ष र डिस्ट्रिकको बिभिन्न पोस्टमा रही सेवा पुर्याएका लायन एल सताके र नया स्थापना भएको क्लब बर्क्ली मकालुको तेस्रो उपाध्यक्षा रेसमी अर्यालले चार्टर नाईट कार्यक्रमको संचालन गरेका थिए।proud moment


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading