नोबेल पुरस्कार बिजेता द्वारा नेपाली खानाको पुस्तक विमोचित
पौष २५ ,भर्जिनिया



विजय थापा
as Published in Various Online and Print Medias…
जनवरी ८ तारिख अमेरिकाको क्यालिफोर्नियाको बर्क्ली स्थित नेपाली चमेना गृह “टेस्ट अफ द हिमालयज”को ९ औ बार्षिक उपलक्ष्यमा उक्त चमेना गृहका संचालक मध्येका एक ध्रुव थापाद्वारा लिखित अंग्रेजी भाषामा नेपाली खानाको पुस्तकको बिमोचन नोबेल पुरस्कार बिजेता डग्लस ओसेरोफ्ले गर्नु भएको छ l
९ बर्ष अघि स्थापना गरिएको उक्त चमेना गृह बर्क्लीकै उत्कृस्ट भनेर अमेरिकन क्रोनिकल ले लेखि सकेको छ। संचालक ,लेखक तथा कवि ध्रुव थापाले आफ्नो किताबको बारेमा जानकारी गराउदै सबैलाई पुस्तक खरिद गर्न आग्रह गरे भने लगभग चार बर्ष लगाएर लेखेको उक्त पुस्तकमा नेपाली तथा हिमालयन क्षेत्रका खानाहरु समावेस गरिएको छ l
थापाले जानकारी गराउदै अन्तर्राष्ट्रिय बजारमा नेपाली खानालाई केहि हद सम्म भएपनि चिनाउन पुस्तकले सहयोग गर्ने छ भन्दै यदि सबैको सहयोग र प्रोत्साहन पाए यस पुस्तकको दोश्रो ,तेश्रो खण्ड समेत निकाल्न सक्ने बताए । यस पुस्तकको छाया चित्रहरुमा जेमी सोजाले खिचेका थिए जो अमेरिकाकै एक प्रतिष्ठित फोटोग्राफर (छायाचित्रकार )हुन्, जसले अमेरिकी राष्ट्रपति बराक ओबामा ,धर्म गुरु दलाई दलामा, माइक्रो सफ्टका बिल गेट्स जस्ता व्यक्तित्वहरुको आधिकारिक फोटोग्राफरको रुपमा काम गरिसकेका छन् भने केहि खानाका किताबहरुको र सेलेब्रिटी सेफ(बिख्याती प्रमुख भान्छे) हरुको समेत तस्बिर खिची सकेका छन।
ठुलो आकार र सुन्दर तस्बिरहरु रहेको उक्त पुस्तक अतिथिहरुले मन पराएका थिए भने नेपाली खानालाई अमेरिकामा समेत प्रबर्धन गरेकोमा बे एरियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु ,समाज सेवी लगायत धेरै अमेरिकीहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए ।कार्यक्रममा योग गुरु किम्बेर् ले आफ्नो पुस्तक लगायत नेपालको इटहरीमा रहेको स्कुलको बारेमा जानकारी गराएकी थिइन् ,जहाँ उनि स्वयम् केहि बर्ष अघि अवलोकन भ्रमण गर्न समेत गएकी थिइन्। उक्त कार्यक्रममा नोबेल पुरस्कार बिजेता लगायत, रेडियो प्रस्तोता,योगगुरु हास्य कलाकार ,कबि तथा जीव बैज्ञानिक ,लेखक ,लेखिका तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको थियो l
कार्यक्रमको संयोजनको जिम्मा संचालक मध्येहरुका राजेन थापाले लिएका थिए l दुइ भागमा विभाजित दोश्रो चरणको पहिलो कार्यक्रममा चमेना गृहको तर्फबाट संचालक गोविन्द साहीले स्वागत मन्तब्य गरेका थिए भने संचालक लक्ष्मी चौधरीले धन्यबाद मन्तब्य दिएकी थिइन्
– See more at: http://enepalese.com/view-news/6668.html#sthash.lMyB2oNK.dpuf






One response to “नोबेल पुरस्कार बिजेता द्वारा पुस्तक विमोचित”
Reblogged this on .