By

Published on

१९९० को इतिहास दोहोराउदै विश्वकप फुटबल र सम्झनाको तरेलीमा मेरो कलेजका दिनहरु


१९९० को इतिहास दोहोराउदै विश्वकप फुटबल  र सम्झनाको तरेलीमा मेरो कलेजका  दिनहरु  

ध्रुव थापा, क्यालिफोर्निया अमेरिकाbiswacup

 

सन् १९९० पछि मैले विश्वकप फुटबलको सम्पूर्ण खेल हेरेको यहि बर्ष हो।  कस्तो संयोग, २४ बर्ष पछि त्यहि जर्मनी र अर्जेन्टिना अहिले फाइनलमा पुगेको छ र यसले मेरो कलेजको दिनलाई एक पल्ट फेरि सम्झनाको तरेलीमा  ताजा बनाइ दिएको छ।  अमेरिका आए पछि सायदै सबै भन्दा धेरै  विश्वकप फुटबलको म्याच हेरेको यो बर्ष हो जस्तो लाग्छ। यो भन्दा अघिल्ला विश्वकप फुटबल  हेर्न मन नलागेर होइन तर समय र व्यस्तताका कारण सबै म्याच हेर्ने संयोग जुरेन तर अहिले नभ्याउदा पनि र हतारमै हुदापनि आफ्नो स्मार्ट फोनको कमालले गर्दा कुनै पनि गेम छुटेन र निक्कै रमाइलो पनि लागि रह्यो, हुनत  एतिका  बर्षहरुमा हेर्दै नहेरेको त होइन तर फुर्सदमा र मन परेको रास्ट्रको खेल मात्र हेरेको थिए।

तर यो कस्तो संयोग यसबर्ष पनि १९९०को जस्तै जोश र जागरको  साथ् खेल हेर्दा हेर्दै त्यहि इतिहास दोहोरियो।  त्यस समय म दार्जीलिंग पहिलो पल्ट   “प्लस टु” सकेर  कलेज भर्ना भएर गएको थिए।  त्यो “टीन एजर” समय र खेल प्रतिको रुचि र पहिलो पल्ट स्कुले जीवन देखि कलेजको जीवनमा प्रवेश र होस्टल को बसाई, वास्तबमै त्यो मेरो जीवनको सुवर्ण दिनहरु थियो। त्यहि स्वर्ण दिनको धेरै सम्झना मध्ये एउटा अविस्मरणीय समय १९९० को विश्व कप फुटबल पनि हो।  त्यस समय भर्खर ब्ल्याक एण्ड वाइट टिवी बाट  रंगीन टिबिको  सुरुवात भएको थियो तर हाम्रो होस्टेलमा भने पुरानै टीबी भएकोले हामि सम्पूर्ण होस्टेलका  बिद्यार्थीहरु मिलेर नया कलर टीबी को मांग गरेका थियौ।  त्यस समय हाम्रो होस्टेलका संचालक प्राध्यापक, साहित्यकार स्व . रामलाल अधिकारि हुनु हुन्थ्यो र हाम्रो मांग अनुसार वहाले नया ठुलो कलर टीबी कलेजलाई सिफारिस गरेर झिकाउनु भएको थियो।  विश्व कप प्रतियोगिताको रमझम सुरु न हुदै कलेजको सबै होस्टेल जसमा एउटा मात्र केटाहरु को होस्टेल र तीन वटा केटीहरुको होस्टेल थियो सबै होस्टेलले कलर टीबी पाएको थियो ।

कलेजमा र  होस्टेलमा  विश्वकपको रौनक  फैली  सकेको थियो र “इटालिया ९०” ले परिचित  रोममा आयोजित त्यस बर्षको विश्वकप फुटबल इटाली मा नभई दार्जीलिंग मै भएको जस्तो लागेको थियो। अहिले जस्तै समयमा खेल हुने भएकोले रात भरि फुटबल हेरिन्थ्यो र दिनभरी कलेज पडन गयिन्थ्यो।  तर हालै आफु अमेरिकामा भएकोले दिनमै फुटबल “सक्कर को नाममा हेरिंदै छ।

यस बर्षको दोश्रो सेमी फाइनलको खेलमा अर्जेन्टिनाले नेदरल्याण्डलाई  पराजित गरेर फाइनलमा पुग्दा र फाइनल जर्मनीसंग हुने संयोग मिल्दा अचानक मेरो दिमागमा आज भन्दा २४ बर्ष अघिको दिनहरु चलचित्रको दृस्य जस्तै झल्झल्ती आखा अघि नाची रहेको छ।

१३ औं विश्वकप फुटबल मेक्सिकोमा आयोजना हुदा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले दोस्रो पटक जित्न सफल भएको थियो ।स्टाडियो अज्टेका मेक्सिको सिटीमा जुन २९ , १९८६ मा भएको फाइनल खेलमा जर्मनीलाई ३–२ गोलअन्तरले पन्छाउदै अर्जेन्टिनाले विश्वकपको उपाधि दजितेको थियो । यहि विश्वकपदेखि डिएगो म्याराडोना संसारभर पेले पछि सबै भन्दा धेरै चर्चित खेलाडी बनेका थिए। सो  विश्वकपका बेष्ट प्लेयर घोषित बनेका म्याराडोनाले ५ गोल गरेका थिए । त्यसैले गर्दा म्याराडोना मेरो मात्र नभएर हाम्रो कलेजमा धेरैको बेस्ट प्लेयर बनेको थियो जसको खेलको एक झलक हेर्न हामी सधै टीबी को वरिपरि झुमिएका हुन्थेउ।

मध्ये रातमा अचनाक अर्जेन्टिनाले  यस बर्षको जस्तै पेनाल्टी सुटमा आयोजक टिम इटालीलाई जितेर फाइनलमा प्रवेस गरेको थियो र स्वस्फुर्त हामी होस्टलका सम्पूर्ण बिद्यार्थीहरु अर्जेन्टिनाको समर्थन गर्दै नारा लागाउदै कलेज र तीन वटै गर्ल्स होस्टल को चक्कर लगाएका थियौ।  त्यसबेला खै कस्तो जोस र उमेर थियो कुन्नि अर्जेन्टिनाको जर्सी जस्तै प्लास्टिक को  सपिंग ब्याग बजारमा उपलब्ध हुन्थ्यो र त्यसैलाइ तलबाट काटेर उल्टा पारेर लाउदा  जर्सी जस्तै हुन्थ्यो र सबैले अर्जेन्टिनाको जस्तै सक्कली जर्सी र नहुनेले त्यस्तै प्लास्टिकको जर्सी  लगाएर म्याराडोनाका फ्यान हामि सबै चोक बजार सम्म मध्ये रातमा जुलुसै निकालेर हिडेका थियौ।

तो जुलुस निकाल्नुको अर्को मुख्य कारण के पनि थियो भने हामीले कलेजमा र होस्टेलमा एउटा अति रोचक खेलको सुरुवात गरेका थियौ र त्यस खेलले विश्व कपको हरेक खेलमा राम्रै आर्थिक संकलन समेत गरि सकेको थियो।   केहि साथीहरु मिलेर संचालन गरेको त्यो खेल कस्तो थियो भने हरेक म्याच हुन् अघि दुवै टिमका  खेलाड़ीहरुको जर्सी नम्बर अंकित तर एक देखि पचास सम्म नम्बर दुइवटा डब्बामा हालिएको  हुन्थो जसमा खेल हुने टिमहरुको नाम एक एक डब्बामा अंकित हुन्थ्यो र त्यो लोटरी जस्तै तान्नु पर्थ्यो , त्यसको रकम अहिले मलाइ ठ्याक्कै थाहा भएँन  तर पाच रुपिया  भन्दा धेरै थिएँन  होला जस्तो लाग्छ।  अब त्यहाँ भाग्यको खेल सुरु हुन्थ्यो जसको भाग्यमा खेल्ने खेलाडीको नम्बर परेको छ वा गोल गर्ने खेलाडीको  नम्बर परेको छ उही बिजेता हुन्थ्यो त्यसैले प्रमुख खेलाडीको नम्बर पर्दा  हर्सको सिमा रहदैन थियो तर धेरै जस्तोलाई न खेल्ने नम्बर पर्थ्यो।  हरेकको नम्बर आयोजकले गोप्य रुपमा लेखेर राखेको हुन्थ्यो र खेल भइ सके पछि जुन नम्बरको खेलाडीले पहिलो गोल गरेको छ उसले नगद पुरस्कार पाउथ्यो । तर पुरस्कार बिजयी बिद्यार्थीले आफ्नो नम्बर देखाएर आयोजकको लिस्ट संग रुजु गर्नु पर्थ्यो अनि मात्र बिजयी घोसित हुन्थ्यो।    अब दुइटा टिमको नामबाट संकलित रुपियाको केहि अंश पुरस्कारमा हरेक खेल पछि दिइन्थ्यो भने केहि रकम फाइनल खेलको लागि भनेर छुट्टै राखिन्थ्यो।  जसले गर्दा फाइनलमा जित्न्ले ठुलै रकम पाउने आशा बढ्दै जान्थ्यो।  त्यही खेलले गर्दा पनि त्यस बर्षको विश्वकप फुटबल हामीलाई निक्कै रोचक बनेको हो।

अब फाइनलमा  अर्जेन्टिना र त्यस समयको पश्चिमी जर्मनी (जुन त्यहि बर्ष जर्मनी एकीकृत भएर त्यस पछिको बर्षमा अहिले जस्तै जर्मनी मात्रै बनेर सहभागी जनाउदै आएको छ। ) को खेलको लागि प्रचार प्रसार समेत गर्नु हाम्रो उदेश्य थियो भने धेरै भन्दा धेरै लोटरी टिकट बिक्रि गरेर पुरस्कारको राशी बढाउनु थियो।  त्यसैले पनि फाइनलको तयारि हामीले जोड तोडका साथ् गरि रहेका थियौ।   जसको फलस्वरूप  हाम्रो पनि फाइनल खलेको पुरस्कारको राशि राम्रै संकलन भैसकेको थियो भने फाइनल खेलको तयारि पनि बडो धुमधामको साथ् हुदै थियो हाम्रो होस्टलमा।  सबैको नजर विश्वकप को फाइनलमा र आफ्नो खेलमा केन्द्रित भएको थियो त्यसैले पनि म अहिले आज भन्दा २४ बर्ष अघिको विश्वकपलाई झल्झल्ती सम्झी रहेको छु।  अहिले म्याराडोना अतित बनि सकेको छ भने मेसी अहिलेको  अर्जेन्टिनाको हिरो।

१९९०को विश्वकप  खेललाईनै  बिश्लेसकहरुले त्यस वर्ष सम्मको सबै भन्दा कमजोर विश्वकप  खेल  र विश्वकप कै इतिहासमा सबै भन्दा थोरै गोल गरिएको बर्ष पनि भनिएको छ  जसको औसत गोल मात्र 2. १ रहेको जानकारी अहिलेपनि विकिपेडियामा रहेको छ। तर हाम्रो लागि जीवनकै सबै भन्दा रमाइलो र महत्वपूर्ण खेल थियो १९९० को विश्वकप फुटबल।  त्यसैले होला एतिका बर्ष पछि पनि त्यस बर्षको स्मरण ताजै रही रहेको छ , आसा छ त्यस बर्ष हामिसित पड्ने र संगै होस्टलमा बस्ने साथीहरुलाई यस लेखले आफ्नो जीवनको स्वर्ण दिनको याद दिलाउने छ।  त्यस बर्षको खेल टीबी मा हामीले मात्र होइन त्यस समयको को आलेख अनुसार सबै भन्दा धेरै टीबी मा हेरिएको खेल पनि हो सायद टीबी को बिक्रि र बितरण पनि त्यस बर्ष सबै भन्दा धेरै भयेको हुनु पर्छ। र त्यस समय टीबी को लोकप्रियता पनि निक्कै बढेको हुनु पर्छ।  त्यस बर्षको १४ औ फिफाको विश्वकप फुटबल र अहिलेको २० औ फिफा विश्वकप खेल सम्म आउदा टीबी को रिमोर्ट देखि कम्प्युटरको माउस हुदै हरेकको हातमा हुने स्मार्ट फोन र फेसबुकले यसको लोकप्रियता झन् झन् बढाइ रहेको छ भने विश्वको कुनै कुनामा बसेर यस खेललाई हेरेपनि हरेक सेकेन्ड को जानकारी र साथीभाइको प्रतिक्रिया तुरन्त ट्वीटर , फेसबुक लगायतका सामाजिक संजालहरुमा पोखी रहेको छ तर  म भने आज भन्दा २४ बर्ष अघिको विश्वकप को त्यो अविस्मरणीय दिनहरुमा रुमाली रहेको छु। हेरौ यसबर्ष को विश्वकपको फाइनल खेलले  पनि त्यहि १९९० को इतिहास दोहोराउछ कि दोहोराउदैन ?


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading