By

Published on

रेडियो नेपालको रास्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा अमेरिकाकी रोबिनाले गाएको गीतको रचना उत्कृस्ट

क्यालिफोर्निया अप्रिल ३, २०१६ , रेडियो नेपालको ६६ औँ वार्षिकोत्सवको अवसरमा यहि सप्ताह मात्रै राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता सम्पन्न भएको छ। पाँचै विकास क्षेत्रमा रहेका रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्रबाट छनोट भएर आएका ४६ र काठमाडौँबाट छनोट भएका २१ जनाबीच गत बिहीबार र शुक्रबार प्रतिस्पर्धा भएको थियो। पहिलो पल्ट काठमाडौँ बाहेक अन्य सहरहरुमा समेत कलाकारहरु छनौट गरेको जानकारी रेडियो नेपालले दिएको छ। सम्भवत पहिलो पल्ट बिदेसमा बस्ने एउटा कलाकारले समेत यो अतिनै गरिमामय प्रतियोगितामा सहभागिता हुने अवसर प्राप्त गरेको थियो।

यस बर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा तेश्रो हुने कलाकार आफ्नो बाल्यकाल देखिनै अमेरिकामा सपरिवार बस्दै आएकी हुन् र करिब एक दसक पछि आफ्नो कलेजको शिक्षा सकेर नेपालमा पारिवारिक भ्रमणमा गएकी टेक्सास की रोबिना रायमाझीले नया माहोल परिवेस र वातावारणमा अचानक सबैको तारा बनेर चम्किन सफल भईन। अमेरिकाबाट नेपाल उत्रिएको एक सप्ताह नबित्दै एति ठुलो प्रतियोगितामा सहभागी हुन्छु भन्ने समेत न सोचेकी रोबिना धेरै खुसि हुदै आफ्नो मातृ भूमिले एक पल्ट फेरि आफ्नो सन्तानलाई अंगालेको महसुस गरिन। आफु पारिवारिक भ्रमणमा गएको हुदा उसलाई प्रतियोगिता मा गाउनु भन्दा आफन्तलाई भेट्न हतार भएको कारण ले प्रतियोगिताका नतिजा समेत नसुनी साझको फ्लाइटमा बिराटनगर उडेकी रोबिना भोलिपल्ट बिहानै फेरि काठमाडौँ आएर फेरि कार्यक्रममा गाउदै पुरस्कार ग्रहण गरेकी थिइन्। जुन एउटा उदाहरणीय र प्रसंसनिय कार्य बनेको छ , धेरैको सोच अनुसार बिदेसमा हुर्केका नानीहरुले आफ्नो भाषा, संस्कृति र कलाकारितालाई भुलेर पश्चिमी संस्कृतिलाई अँगाल्छन भन्ने जुन धारणा छ त्यसलाई गलत साबित गर्दै हालसालै थुप्रै उदियमान कलाकारहरु, साहित्यकारहरु बिदेसमा रहेर अपनी योगदान पुर्याई रहेका छन्। त्यसै गायन प्रति एउटा ज्वलन्त उदाहरण हो रेडियो नेपालको रास्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता अमेरिकाकी रोबिनाले गाएको गीतको रचना उत्कृस्ट हुनु ।

प्रतियोगिताको अन्तिम नतिजा अनुसार गायन/स्वर तर्फ मेनुका पौडेल  प्रथम हुन सफल भएकि  छन् भने योगेन्द्र उपाध्याय र सागर संसार राई  द्वितीय र रोबिना  रायमाझी तृतीय भएका छन् l  त्यसैगरी  संगीत तर्फ  नबराज  बराल   प्रथम  भएका छन् l गीतको शव्द रचना तर्फ भने प्रकट पंगेनी प्रथम भएकाछन् l प्रकट पगेनी शिवजीको शब्द रचना , रबिन्द्र रबिन्द्र रायमाझीको संगीत रहेको उक्त गीत गायन तर्फ तेश्रो भएपनि प्रकट पगेनीको शब्द रचना भने यसबर्षको उत्कृष्ट भएको छ। robina5 robinas robinas1
उक्त बार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापि आधुनिक गीत प्रतियोगीतामा पुरस्कृत रचना,संगित र गायनतर्फका कलाकार, तथा श्रष्टालाईसम्मान तथा पुरस्कार र रेडियोमा २५ वर्ष सेवा प्रदान गर्नुहुने कर्मचारीलाई दीर्घसेवापदक प्रदान गरिएको थियो।
हरेक बर्ष हुने रेडियो नेपाल द्वारा आयोजित देश ब्यापी संगीत प्रतियोगितामा बरिष्ठ संगीतकार टिका भण्डारी लगायत बरिष्ठ गीतकार दिनेश अधिकारी, गायिका कुन्ती मोक्तान, संगीतकार भुपेन्द्र रायमाझी, सुरेश अधिकारी, र पारस मुकारुङ्ग रहेका थिए।
यस प्रतियोगिताको निर्णायक रहेको जानकारी गराउदै आफ्नो फेसबुक मा बरिष्ठ संगीतकार टिका भण्डारी लेख्छन “यहि प्रतियोगीताबाट छानिएका हुन् नारायण गोपाल, प्रेमध्वज प्रधान,तारादेवी, दीप श्रेष्ठ र भक्तराजहरु । यहि प्रतियोगीताबाट उदाएका हुन् रामकृष्ण ढकाल, एम बराल र राजेश पायल राई र कुबेर राईहरु, यहि प्रतियोगीताका उपज हुन् शिव परियार, अन्जु पन्त र नीशा देशारहरु, चाहे नेपाली संगीतका शम्भुजित बास्कोटा, न्ह्यु बज्राचार्य, टीका भण्डारी, सुरेश अधिकारी र सचिन सिंहहरु हुन् केवल यसकै योगदान हुन् ।

सायद त्यसैले होला हरेक बर्ष सम्पन्न हुने यस रास्ट्र ब्यापी खुला आधुनिक गीत प्रतियोगितामा सहभागिता हेने कलाकारहरु निक्कै मेहनत र रियाज गरेर आउने गर्छन र एकपल्ट यस प्रतियोगीतामा छनौट भएका गायक या गायिकाहरुले कहिलै संगीतको क्षेत्रमा पछाडी फर्केर हेर्नु परेको छैन । उनीहरु सधै स्थापित र सम्मानित कलाकारको रुपमा आफ्नो गायन पेसालाई अघि बडाउन सफल भएका छन्।
अमेरिकाबाट गएर नेपालको रेडियो नेपालले योजना गरेको रास्ट्र ब्यापी खुल्ला गीति प्रतियोगिता जस्तो कार्यक्रममा तेश्रो स्थान ल्याउन सफल भएकि रोबिना रायमाझी धेरैको प्रेरणा को श्रोत बन्नेछिन। र आसा गरौ आउदो दिनहरुमा बिदेसमा हुर्कदै गरेका कलाकारहरुले पनि नेपालमा गएर आफ्नो कला र संस्कृतिको बिकाशमा योगदान पुर्याउन सकुन। यहि सुभकामना छ अमेरिकामा रहेको हामि सम्पूर्ण नेपाली समुदायको तर्फ बाट रोबिना रायमाझी र अन्य उदियमान कलाकारहरुलाई। आउदो दिनहरुमा समेत यस्ता धेरै प्रतिभा बिदेस्मै हुर्केका गैर आवासीय नेपालीले देखाउन सकुन र आफ्नो भाषा, साहित्य, संगीतलाई विश्वस्तरमा लैजान सकुन। प्रस्तुत छ उसले गाएको गीतको विडियो।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading