By

Published on

समसामयिक चर्चा: अहिले तीज नेपाली समाजमा संस्कृति कि बिकृति ?

समसामयिक चर्चा: अहिले तीज नेपाली  समाजमा संस्कृति कि बिकृति ?

पहिला पहिला तीज नेपाली समाजमा एउटा उत्सवको रुपमा भन्दा पनि सामाजिक र आर्थिक पिडालाई बडी उजागर गर्ने गीतहरु गाएर महिलाहरुले आफ्नो मनमा लागेका कुराहरुलाई गीतको भाकामा ब्यक्त गर्थे भने त्यस्ता गीतहरुले मनिषको मन छुन्थ्यो र नारि पुरुस मा  रहेको जुन भिन्नता र विसंगतिहरु थिए, त्यसलाई इंगित गरेको हुन्थ्यो जसको ज्वलन्त उदाहरण केहि तीजका गीत हरुबाट हामीले पाउन सक्छौ .हो त्यसबेला नारि अधिकार र समानताका कुरा हुदैन थियो र नारीलाई चुला चौका देखि बाहिर निस्कन समेत दिदैन थिए त्यसैले बर्षमा एक दिन भएपनि पुरुष को पुजा गर्ने बहानामा मनका कुण्ठा र दुखलाई ब्यक्त गरेर हल्का महसुस गर्थे , त्यस समयका महिलाहरुमा यो सव आवश्यक थियो , उनीहरुमा अहिलेको जतिको स्वतन्त्रताको पनि अभाव थियो । आफ्ना भावना साटासाट गर्ने माध्ययम पनि कम थियो, अशिक्षा र अज्ञानताका कारण हरेक घरका महिलाहरु माथि सासु, ससुरा तथा नन्द आमाजुले पनि अनावस्यक यातना दिदा यहि वर्ष दिनको चाडमा मनको वह फुकाइ नाचेर वा गाएर रमाइलो गर्ने गर्दथे , कमसे कम बर्षमा एकदिन भएपनि रमाइलो गर्ने चाडको रुपम लिइन्थ्यो तीजलाई जसको ज्वलन्त उदाहरण तल दिएका तीजको गीत ले प्रस्ट पार्छ….
“छोरीलाई सिन्की नातिलाई खट्टे ज्वाँइलाई घिउ दिएर
बेलै र माथि फर्कनु भोलि छोरीलाई लिएर……

पोहोर साल को तीजमा माइत जान पाइन
यसपाली को तीजमा त जान्छु बरिलै ,
बुडा भएका बाबा आमा अनि संगी साथी भेट्छु बरिलै /

छोरालाई दिनदिनै माष्टरको काखमा
हामीलाई दाउरा, घाँस वन पाखामा ।
…………………………………..
भाइलाई भने बाबाले कापी किताब किन्दिने
मलाई भने बाबाले डोको बुन्दिने ।।
तीज आयो भन्छन् सबै माइत जान्छन
छोरी अभागिनी कसका माइत जाऊँ ?
तर अहिले आएर तीजको नाममा एक महिना अघि देखिनै नेपाल र बिश्वको हरेक कुनामा छरिएर बसेका नेपाली समुदायमा तीज एउटा उत्सवको रुपमा मनाउने चलन बनेको छ. महिनौ दिन सम्म डीजे को तालमा , नाना थरिका गीतहरुमा नाचेर, खाएर यस्तो फलदायी समय खेर फल्ने गरिएको छ , यो एउटा होड बाजिनै बनेको छ नेपाली समाजमा,  अहिलेपनि तीज हुने खाने र सहर र बिदेशमा बस्ने उच्च आर्थिक श्रोत भएका हरुलाई रमाइलो र दुर्गम र आर्थिक रुपमा बिपन्न भएका नेपाली महिला हरुलाई अभिसाप बनेको छ , अहिलेको महंगाईमा के नेपालका हरेक नेपाली महिलाले तीज महिनौ दिनसम्म ताम झाम को साथ मनाउन सक्छन? एक छाक जुटाउन गाह्रो भएका महिला लाइ तीज मनाउन रहर छैन होला र ? के चाड पर्व, जात्र, उत्सव भनेको हुने खानेलाई मात्र हो ?  हुदा खानेले कसरि मनाउने एक एक महिना सम्म तीज को रम झम?के यस बिषयमा कुनै संघ संस्था वा नारि उत्थानमा काम गर्ने महिलाहरु स्वयले सोचेका छन् होला त ? अब तीजलाई देश काल र परिस्थिति अनुसार सुहाउदो   तारिकमा मनाउन सक्नु पर्छ जसले सामाजिक मूल्य मान्यता र गरिमालाई बचाई राख्न सकोस नकि एक अर्काको देखि सकी गर्दै प्रतिस्पर्धा को भावनाले उ भन्दा म के कम उसले यस्तो गर्छ भने म उस्तो गर्छु भनेर गर्नु हुन्न, सामुहिक हित हुने खालको हुनुपर्छ अब हाम्रो चाड पर्व र संस्कृतिहरु.
अहिले तीज नारि मुक्ति, नारि स्वतन्त्रता वा नारि अधिकारको लागि न भएर नारीमा कुण्ठा हिनता बोध बढाउन तिर अग्रसर त भै रहेको छैन? के वास्तबमै यो चाड सहि रुपमा मनाइंदै छ त ? यो सब सोच्ने बेला आएको छ नत्र यसले समाजमा धेरै बिकृति र विसंगति भित्राउन सक्ने छ…. यो चाड सहरिया र उच्च आर्थिक प्रदर्सन गर्ने मध्यम बन्नु हुदैन , यसले नारि नारीमा बिभाजन र हिनताबोध ल्याउनु हुदैन जसले गर्दा कुनै नारीलाई हरेक हप्ता नया पहिरन र गहना किन्न बाध्य न पारोस, सक्नेले दिनै नया पहिरन र गहना प्रदर्शन गर्न सक्छन तर नेपाल जस्तो आर्थिक कम्जोर भएका आधा भन्दा धेरै नारीहरुलाई के यो सम्भव हुन्छ ? ”हुँदा” खानेहरुका लागि चाडपर्बहरु अभिशाप हुँदै जादै छन। हुनेखानेहरु तडकभडकमा विश्वाश गर्छन।मध्यम बर्गियहरु लोकाचारका लागि ऋण  खोजेर भए पनि परिवारको ईच्छा पुर्‍याउन वाध्य छन भने निम्न बर्गकाहरु यो चाड पर्व एउटा जटिल समस्या बन्दै गइ रहेको छ, यिनै बिकृतिहरुको कारण जन्मेका हुन दण्डहिन्ता,भ्रस्टाचार,अपहरण ,लुटपात,चोरी र डकैती जस्ता अपराधहरु। लोकाचार र आफुलाई सक्षम र हैसितावाला देखाउन कै लागि कालो बजारी र घुसखोरी तन्त्र हाबी भइ रहेको छ समाजमा,  हरेक चाड पर्बमा फलानोको श्रीमतीले एती तोलाको गहना र एति मुल्यको साडी लागएको थियो र उ भन्दा आफु के कमि ठानेर ऋण पान गरेर हुन्छ कि लोग्नेलाई भ्रस्टाचार वा घुस खाएर हुन्छ श्रीमतीको चाहना र पुरुषत्व जोगाउन भए पनि “म पनि किनी दिन्छु नि” भन्ने पुरुषहरुले अपराध गर्न वाध्य भएका घटनाहरु पनि प्रसस्तै भेटिन्छन।

गाउ घरका अशिक्षित र सधै भरि घरव्यवहारको वोझमा थिचिएका महिलाहरुले के यसरी तीज मनाउन सक्छन ?के हलो कोदालो र किषान ले आफ्नो श्रीमतीलाई त्यस्तो महँगो गहना र लत्ता कपडा किनिदिन सक्छन त ? यो खोक्रो अदाम्बरले हाम्रो समाजलाई कुन दिशातिर लगी  रहेको छ  यो एउटा गम्भीर प्रश्न हो? मेरो आसय तिज वा कुनै चाड पर्वको को बिरोध होइन यो त हाम्रो संस्कृति हो यो त हाम्रो पहिचान हो र यो सब भुले हामीले हामीलाई नै भुल्ने छौ , तर कुनै पनि चाड पर्व मनाउदा सामाजिक र आर्थिक पक्षलाई ध्यानमा राखेर गरे राम्रो हुनेथ्यो भन्ने आसय मात्र हो यस पंक्तिकारको।

हो हामि बिदेशमा बसेका लाइ त झन यो अतिनै महत्वपुर्ण कुरा हो किनकि यहि संस्कृति र चाड पर्व हामीले हाम्रा बिदेशमा हुर्किदै गरेका सन्तान लाइ सिकाउनु पर्छ तर सिकाउदा जहिले पनि राम्रो कुरा र राम्रो ज्ञान दिन जरुरि हुन्छ, यो चाड एउटा फेसन परेड होइन , सुन्दरी प्रतियोगीटा पनि होइन यो त नारीहरुले मनाउने एउटा पबित्र र गरिमामय चाड हो यसमा नारि ले पाउने बर्स दिनमा एकदिन भए पनि स्वतान्त्रतो को संग्राम हो अब यो चाडले नया रुप लिन जरुरि छ , नया ढंग बाट मनाउन जरुरि छ , यो एउटा नारि दिवसको रुपमा मनाउन जरुरि छ जसले गर्दा नारीलाई सिक्षा, ज्ञान र अन्धविश्वास जस्तो बिसयमा चर्चा बहस गरेर मनाउने गर्नु परद छ, नारीले भोगेका सामाजिक, आर्थिक, र ब्यवारिक र घरेलु हिंशाम जस्तो बिषय बस्तुलाई समेट्न जरुरि छ.
यहि चाडलाई र तीजका गीत हरुलाई हेर्ने हो भने त्यहाँ मनोबैज्ञानिक रुपमा महिलालाई आफुमा हुदै आएका घरेलु हिंशा, असमानता र बेद्भाव का बिषय लाइ केन्द्रित गरेर तीज का गीत गाएका छन्, त्यस पक्ष लाइ हेर्ने हो भने यो एक बिद्रोह हो पुरुष प्रदान समाज प्रति, यो एउटा व्यंग्य हो पुरुषलाई उच्च देखाएर मनको भावणा अभिव्यक्त गर्ने… त्यसैले यसलाई मानो बयेज्ञानिक दृष्टिकोण बाट हेरेर यसका राम्रा पक्षा लाइ उजागर गर्न सक्नु पर्छ.यसलाई समाज सास्त्रीय सन्धर्बमा ब्याख्या र चर्चा हुनु जरुरि छ. यो नारि जागरण, नारि मुक्ति र नारि अधिकारका कुराहरु छन् भनेर सिकाउन सक्न सक्नु पर्छ …. राम्रो लाइ अंगाल्ने र न राम्रोलाई पन्छाउन सक्नुनै कुनै जाति समुदाय वा समाजको उत्थान हो … “२१ औं शताब्दी मा आएर पनि विश्वले नारि पुरुषलाई समानताको अधिकार दिएको अवस्थामा नेपालमा भने सिक्षा र रुदी विचारकै कारण नेपालको तथ्यांक अनुसार ५१ % संख्या ओगटेको नारीहरु अहिले पनि ज्यादै तल्लोस्तरमा बा“च्न विवश छन् , केहि नारीले समानता र अधिकार पायो भन्दैमा रमाई हाल्ने स्थिति छैन, अहिले पनि महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ । वास्तवमा महिला भएकै कारण कतिपय कुराहरुबाट बन्चित हुनु नेपालको परिपेक्षमा गाउंमा मात्र होइन सहरमा पनि एउटा दुःखदायी कुरा हो ।
अहिले पनि नारीमा हुने घरेलु हिंशा हत्या, अङ्गभङ्ग, लुटपाट, रखैल राख्ने, चरित्र हत्या, वेश्यावृत्ति, चेलिवेटी बेचविखन, शारीरिक यातना, मानसिक यातना, कुटपीट, गाउ“ निकाला, झुठो आरोप, गाली बेइजती, यौन दुव्र्यवहार जस्ता समस्या आम नेपाली महिलाहरुको लागि साधारण भइ रहेको छ बरु यस्ता बिषय बस्तुलाई समेटेर तीज का गीतहरु बजारमा आउन जरुरि छ. … बरु त्यसबेलाका नारीहरुले आफ्नो दुख बेदना गीतको माध्यमबाट पोख्थे भने अहिले तीजको गीतमा कस्तो सब्द र भाव आउन थालेको छ यसको ब्याख्या गरिनसक्नु छैन ।
गीतकारले गीत श्रीजना गर्दा पनि आफ्नो सामाजिक दायित्व लाइ ध्यानमा दिए तीजको महत्व अझ बढ्ने थियो होला र एक्काईसौं सताब्दिमा तीज चाड को महत्व बढ्ने थियो होला जसमा नेपालका सर्जकले नेपाली महिलाको पिडा र बिदेशमा बसेका र भोगेका सर्जकले बिदेशम नारीले भोगेका समस्या, यातना हरुलाई गीतको रुपमा ल्याएर सामाजिक क्रान्तिको संखघोष गर्न सके तीजको महत्व कस्तो हुन्थ्यो होला?

“…..पौइला जान पाउ……” वा” पौइला जान पाउ भन्ने लाइ मैले लान पाउ” भनेर गाइने गित के वास्तबमा तीज को महिमा र गरिमालाई बचाउन सफल हुन्छ त ? एक पल्ट यहि गीत मा नाच्दा नाच्दै भएपनि सोच्ने बेला आएको छ… नत्र यस्ता गीत र बजार ले हाम्रो संस्कृति र रिति रिवाजलाई खिल्ली उडाउदै जाने छ र हामीले हाम्रो आउदो पिडीलाई यहि सिकाइ रहेको हुनेछौ …..जसको ज्वलन्त उदाहरुण तलका गीतमा हेरौ….

मैले चाहीँ बाईकमा
घुमाउने मन पराउने ।
बाबाले रोज्नु भो भैंसी चराउने ।।
…………
मलाई मन पर्ने
फिलिममा रमाउने ।
बाबाले रोज्नु भो हलो समाउने ।।
…………………बरिलै हलो समाउने ।।

यो सिस्ट र शब्य भाषामा प्रयोग गरेका केहि गीत हुन् तर बजारमा बज्ने तीजका गीत हरुले के तीज को मर्म , यसको व्यथा , नारि उत्त्थानका कुराहरु बोकेका छन् त ? आज हुनेले लाखौ खर्च गरेर तीज मनाइ रहेका छन् भने लाखौले एक छाक मिठो दर खान न पाई तीज र पंचमीको ब्रत बस्दा बस्दै बेहोस भएर उपचारको कमीमा ज्यान समेत गुमाएका छन्, हुनेले झुसुली डकार आउदै ब्रत बसेका छन् भने न हुनेले पटुकी कसेर घास दौरा र चुला चौका गर्दै ब्रत बसेका छन् के यहि हो नारि समानता र नारि अधिकार ? हो सक्छौ भने ति लाखौ गरिब एक छाक दर खान सम्म न सक्ने महिलाहरुलाई बर्ष मा एक पल्टै भएपनि पेट खुवाएर नया चुरा धागो र पोते दिएर संगै नाचौ नत्र भने एक थरिका हरुले नाचेको र रमाइलो गरेको देखेर गरिब र बिपन्न हुनुको अभिसाप आफैलाई दिएर हिनता बोध बाट लाखो नारीलाई ग्रसित हुन बाट बचाऊ, यो हाम्रो सामाजिक दवित्व हो .… बिदेशमा वा सहरमा बसेका नेपालीले महिनौ होइन एक पल्ट भव्यरुपम तीज मनाउ र बाकि रहेको त्यो तम झाम र फिजुल खर्चले एउटा बिपन्न र असहाय नारीलाई तीज मनाउन सहयोग गर्ने प्रण गरौ … सबैलाई तीज को हार्दिक सुभकामना .  

This article was first published in 2012


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading