By

Published on

सपना तिमि किन टाडीन्छौ ?

ImageNovember 24, 2013 at 12:56am

 सपना तिमिकिन टाडीन्छौ ?

आधुनिकताको महलमा

एउटा हाइटेक कोठा भित्र

उकुसमुकुस भएर बाचेको छु

एउटा मिनी ट्याब्लेट जस्तै

जसको काम र क्षमता

हरेक जेनेरेसन संगै बढ्दो छ

र हरेक जेनेरेसन संगै

यसको आकार र  वजन घट्दो छ

त्यहि आधुनिक महलको

एउटा नानो कोठा भित्र

सपनाको प्रतिक्षामा

जिन्दगीलाई नै म्युट गरेर

कुरी रहेको छु

तर सपना तिमि किन टाडीन्छौ ?

कतै तिमीले मलाइ

आफ्नो  मेमोरी चिप्स बाटै

डिलिट त् गरि सकेनौ ?

या आइक्लाउडमा सेभ गर्न भुल्यो ?

या पासवर्ड नै भुली दियौ  ?

यदि त्यसो हो भने

एक फेर रिबुट गरिहेर

धेरै भो तिमीलाई स्लिप मोडमा

राखेर प्रतिक्षा गरेको

तर तिमि त् साच्चै आउदिनौ

कतै तिमीलाई कसैले सुटुकै

म बाट ह्याक त् गरेन ?


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

One response

  1. Reblogged this on http://www.dhruvascreation.com and commented:

    सपना तिमिकिन टाडीन्छौ ?

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading