By

Published on

लायन राजेन थापा आउदो बर्ष क्यालिफोर्नियाको लायन्स क्लबबाट  सेंटेनियल डिस्ट्रिक गभर्नर बन्ने । 

 

क्यालिफोर्निया  सम्बाददाता, मई १५,  २०१६

यहि मई महिनाको १२,देखि  १५ तारिक सम्ममा सम्पन्न  भएको  अमेरिका स्थित लायन्स क्लब इन्टरन्यासनल ४ सी थ्री को महाधिवेसनले    लायन  राजेन थापालाई  आफ्नो अमुल्य बिश्वासको मत दिएर  प्रथम   भाईस डिस्ट्रिक  गभर्नरमा  निर्वाचित गराएको छ।   क्यालिफोर्नियाको मिडल टाउनमा सम्पन्न भएको उक्त महाधिवेसनमा यान भल्टर गभर्नरमा निर्वाचित भएका छन्।  यहि आदो २०१७ मा लायन्स कल्ब इन्टरनेसनलले सिकागोमा सत् बार्षिकी ( 100 years Celebration) अन्तरास्ट्रिय कार्यक्रम भव्य रुपमा मनाउने तयारि गरिरहेको अवस्थामा लायन राजेन थापा सम्भवत पहिलो नेपाली अमेरिकन लायन्स क्लब इन्टरनेसनल को गवर्नर  जस्तो गरिमामय पदमा नियुक्त हुने आजको निर्वाचनले सुनिस्चित गरेको जानकारी गराउदै इन्टरनेसनल डाइरेक्टर जेरम थोमसन र निबर्तमान गवर्नर लियो मासियासले बधाई दिएका थिए।

सो अवसरमा डिस्ट्रिकको बिबिध कार्यकमको साथ् वार्षिक प्रतिवेदन ,  विधान संसोधन , बिबिध फोरम तथा सेमिनारहरु, एकडेमी अवार्ड ,  सर्विस अवार्ड, गभर्नर  सम्मान डिनर  लगायत बिबिध कार्यक्रमको योजना गरिएको थियो ।
पहिलो दिनको उद्घाटन सत्रमा आयोजित टेलेंट सो कार्यक्रममा बर्क्ली अन्नपूर्णका तेश्रो उपाध्यक्ष बिन्दु सापकोटाको नेपाली नृत्य प्रथम भएको छ। त्यसै गरि उत्कृत सेवा प्रदान गर्ने क्लबहरु र नया स्थापना भएको कल्बलाई  सम्मान पत्र समेत प्रदान गरिएको थियो जसमा बर्क्ली अन्नपुर्ण का अध्यक्ष लगायत सचिव, कोषाध्यक्ष  र मेम्बर्शिप चियरलाई अवार्ड प्रशंसा पत्र प्रदान गरिएको थियो।
हरेक बर्ष हुने उक्त सम्मेलनमा पहिलो गतबर्ष लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर सिडेन्ट लायन राजेन थापा लायन्सइन्टरन्यासनल  डिस्ट्रिक  4C3 को  सेकेन्ड भाईस डिस्ट्रिक गभर्नर जस्तो  गरिमामय पदमा निर्वाचित हुनु भएको थियो।  
 बर्क्ली अन्नपुर्ण का लायन राजेन थापालाई ध्रुव थापाको अध्यक्षता मा खोलिएको नया क्लब बर्क्ली मकालु क्लबको तेश्रो उपाध्यक्ष रेशमी अर्यालले औपचारिक प्रस्ताव र गाइडिंग लायन एल सताकेले   समर्थन जनाएको थियो।   लायन राजेन थापाले आफ्नो उम्मेदवारीको बारेमा र डिस्ट्रिक लाई आफ्नो कार्यकालमा कसरि संचालन गर्ने भन्ने बारेमा निक्कै प्रभावसाली बक्तब्य राखेका थिए।  उम्मेदवारी   बक्तब लगत्तै सम्पूर्ण उपस्थित समर्थकहरुले नेपाली शैली मा मारुनी गीतमा नाच प्रस्तुत गर्दै जुलुस निकालेका थिए।लायन्स क्लबको  बिधान अनुसार सेकेन्ड भाईस डिस्ट्रिक गभर्नरको मात्र  चुनाव हुने गर्छ र  पनि गभर्नर  र फस्ट भाईस डिस्ट्रिक गभर्नरले  भने पूर्ण   विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । सोहि प्रकिया अनुसार भएको चुनाबमा लायन थापाले अत्यधिक बिस्वासको मत प्राप्त गरि निर्वाचनमा बिजयी भएका हुन्।
बर्क्ली अन्नपूर्णको तर्फबाट आथित्य  प्रदान गर्न क्लब प्रेसिडेन्ट लायन ध्रुव थापा , क्लबको तर्फबाट केम्पियन म्यानेजर , डिस्ट्रिकका जोन चियर तिलक सुनार , प्रथम उपाध्यक्ष मनिल बाबु श्रेष्ठ, तेश्रो उपाध्यक्ष बिन्दु सापकोटा चार्टर डाइरेक्टर केसर थापा, कमला  भट्टराई  लगायत अन्य  सदस्यहरुको समेत उपस्थिति रहेको थियो त्यसै गरि अन्य दुई नेपाली लायन्स क्लबमा मकालु लायन्स क्लबका अध्यक्ष मनोहरा बोगोटी लगायत प्रथम , दोश्रो र तेश्रो उपाध्यक्षहरु , गोपी लामा बिजया सुबेदी र रेशमी अर्याल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने फ्रिमंट सगरमाथाको प्रतिनिधिको रुपमा हरिहर दाहाल र प्रिस्कीला प्रधान दाहालको समेत उपस्थिति रहेको थियो।  त्यसै गरि लायन थापाको समर्थनमा यस डिस्ट्रिकका सम्पूर्ण क्लबहरुको समेत सात प्रतिसत् समर्थन रहेको जानकारी प्राप्त भएकोछ।  
हाल डिस्ट्रिकको कुल सदस्यमा नेपाली कल्बको सदस्यता २० प्रतिसत रहेको छ भने दुई बर्ष को अवधिमा बर्क्ली अन्नपुर्णले  दुई वटा नेपाली लायन्स क्लबको स्पोंसोर गरिसकेको छ।  भूतपूर्व अध्यक्ष तिलक सुनारको कार्यकालमा फ्रिमंट  सगरमाथा र हाल क्लबको अध्यक्ष ध्रुव थापाको कार्यकालमा बर्क्ली मकालुको स्थापना भएको छ।  त्यसै गरि हालै न्यु योर्क सहरमा समेत लायन राजेन थापाको पहलमा नेपालका पहिलो इन्टरनेसनल डाइरेक्टर लायन संजय खेतानको समेत उपस्थितिमा दुईवटा नेपाली लायन्स क्लबको स्थापना भएको छ। नेपाल देखि अमेरिका सम्ममा पनि नेपाली लायन्स क्लबको उल्लेखनीय उपस्थिति देखिएको यस अवस्थामा  अझ धेरै क्लबहरु खुल्ने सम्भावना बढेको छ।  यहि कन्भेन्सनमा पनि अझ दुई जना नेपाली  सदस्यहरुलाई अन्तरास्ट्रिय डाइरेक्टर जेरम थोम्सन ले सपथ ग्रहण गराउदै मकालु लायन्स कल्बमा प्रवेश गराएको जानकारी बर्क्ली अन्नपुर्ण अध्यक्ष थापाले जानकारी गराएका छन्।  यस डिस्ट्रिक का अन्तरास्ट्रिय डाइरेक्टर का उम्मेदवार डेनी ग्रोटरियनले नया सदस्यको आह्वान गर्दा पर्यवेक्षकको रुपमा तिलक सुनारसित गएका नया सदस्यहरु लिला पोख्रेल र रोहित राम रेग्मीलाई  क्लबका अध्यक्ष मनोहरा बोगोटी र उपाध्यक्ष बिजया सुबेदीले लायन्स क्लबको  पीन लगाएर स्वागत गरेका थिए।  महाधिवेसन को  समापन कार्यक्रममा यस बर्ष दिवंगत भएका लायन्स क्लबका सदस्यहरुको श्रद्धान्जली कार्यक्रममा सम्भवत पहिलो पल्ट अमेरिकी लायन्स क्लबले हिन्दु धर्म को समेत प्रार्थनालाई समावेस गरि पानसमा दियो जलाई श्रद्धान्जली अर्पण गरेको थियो।  यहि जुनको अन्तिम सातामा जापानमा ९९औ अन्तरास्ट्रिय सम्मेलन हुदैछ भने १००औ अन्तरास्ट्रिय सम्मेलन यस क्लबको जन्मस्थान सिकागोमा भब्य तयारीको साथ् हुने छ सोहि कार्यक्रममा लायन राजेन थापा अमेरिकी लायन्स क्लबको डिस्ट्रिक ४ सी ३ को गभर्नर पदमा नियुक्त हुनेछ।  यस बर्षको अधिवेसनमा गत बर्ष आगलागी भएर नस्ट भएको मिडल टाउन सहरको स्कुलको प्रांगण र आसपासको स्थानमा वृक्ष रोपन , अवलोकन भ्रमण र लायन्स क्लबले उपलब्ध गराएको सहोग स्थानहरुको निरीक्षण भ्रमणको कार्यक्रम समेत आयोजना गरिएको थियो।  

Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading