By

Published on

(Book Review) ध्रुव थापाका कविता र गीत- होमनाथ सुबेदी

ध्रुव थापाका कविता र गीत

Book Cover

होमनाथ सुबेदी

वुडब्रिज, भर्जिनिया, 

०३/२०/२०१५ 

परिचय:

ध्रुव थापाको जन्म २०२६ जेस्ठ १५ गतेको दिन इटहरीमा भएको हो।  हाल : २००२ देखि अमेरिकाको सन् फ्रान्सिस्कोमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्दे हाम्रो समाज वेब पत्रिका संचालन गरिरहेका छन्।  अंग्रेजी तथा भूगोल मा स्नातकोत्तर (एम ए ) नेपालको इटहरी स्थित त्रिभुवन बिश्वबिधालय अन्तर्गतको कलेजमा सात बर्ष सम्म प्राध्यापनइटहरीमै मोडर्न प्रिपटोरी बोर्डिंग स्कुलको संचालनविभिन्न सामाजिक संघ संस्थामा आबद्धनेपालमा चाइल्ड नेपाल संथाको संथापक अध्यक्षक्यालिफोर्नियामा अन्तरास्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षसाहित्य सेवा:  वेब पत्रिका हाम्रो समाजडटनेट को संस्थापक तथा प्रधान सम्पादकनेपाल र अमेरिकामा विभिन्न संघ संथाको स्मारिका प्रकाशन तथा प्रधान सम्पादकजस्तैनेपालमा प्रतिभा स्कुल म्यागजिन को प्रधान सम्पादककोशेली भित्ते पत्रिकाको संचालन तथा प्रधान सम्पादक, (१९९७ देखि २००१ सम्म)स्पार्कल स्कुल म्यागेजिन को सम्पादक, (१९८७)  दार्जिलिंगमा कलेज अध्यनको क्रममा आगन साहित्यिक पत्रिकाका को सम्पादन,(१९९०- १९९४ ) उत्तर बङ्गाल बिश्व बिद्यालयमा बिद्यार्थी संगठनको (हिल स्टुडेन्ट अससोसिअशनको अध्यक्षसाहित्यिक पत्रिका प्रकाशनए एन ए को क्यालिफोर्निया अधिवेसनको स्मारिका आउटरिचको प्रधान सम्पादक, (२००९)फ्रेन्ड्स अँन अर्थको स्मारिकाको प्रधान सम्पादकएन ए जी सिको स्मारिका तथा भिजिट नेपाल महोत्सवमा कोशेली को प्रधान सम्पादकअनेसासको पत्रिका अन्तर्दृष्टिको सम्पादन गरेका छन् । लायन्स क्लब अफ बर्कले अन्नपुर्ण को स्मारिकाको सम्पादनको पनि तयारी गर्दैछन् भन्ने पढ्न पाइन्छ।

विभिन्न पत्रपत्रिकामा कथाकवितागीत र रचना प्रकाशितअल्टिमेट टार्गेट नामक गित अल्बम अडियो को गीतकार, केही गीतहरु आउने क्रममाअमेरिकन कोरिनिकल को तम्भकारविभिन्न अनलाइन पत्रिकाहरुको प्रतिनिधिस्थापना कालदेखी नै विश्वपरिक्रमा समाचार पत्रको सम्बाददाता तथा स्तम्भकार आदि.

पुरस्कार: विभिन्न संघ सस्थाको तर्फबाट प्रमाण पत्र र प्रशंसा पत्र प्राप्तस्कुलदेखि विश्व बिद्यालय सम्मको अध्यनकालमा कविताहाजिरी जवाब तथा तर्क प्रतियोगिताहरुमा प्रथमदोश्रो स्थान प्राप्त २०१० को नेपाली साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त२००६ मा अमेरिकाको पोएट्री एम्बासडर द्वारा सम्मानित ( Poetry ambassador 2006 awarded by  International poetry society, USA) 

विभिन्न संघ संस्थामा आबद्धबिद्यार्थी कालदेखिनै  निरन्तर रुपमा  अंग्रेजी नेपाली र केही  हिन्दी साहित्यमा पनि आफ्नो लेख रचानाहरु प्रकाशित छन् ।  

कुनै जमानामा पुग्न र छुन दुष्कर अमेरिकामा आज लाखौ नेपालीको समुदाय बसेको छ र उनीहरू आफ्नो पहिचानको लागि हौसिएर खुशीसाथ काम गरिरहेका छन्।  त्यो अपूर्व सुदूर पश्चिमको नेपाली समाजमा ध्रुव थापा ध्रुव जस्तै अटल भएर नेपाली भाषा र साहित्यको सेवा गरिरहेका छन्।  नेपाली भाषा र साहित्य सेवी कवि ध्रुव थापाबारे उनको कविता संग्रह “ध्रुवका कविता र गीत”को सम्पादकीय भूमिकामा साहित्यकार गोबिन्द गिरी “प्रेरणा” लेख्छन- “त्यो अपूर्व समाजका एक कुशल स्रष्टाको रुपमा ध्रुव थापा क्यालिफोर्नियाको वे एरियामा ध्रुव तारा झैं चम्किरहेका छन्।”

“ध्रुव  थापाका कविता र गीत”

                            ध्रुव थापाकोध्रुव  थापाका कविता  गीतपुस्तक प्रकाशित भएको  नेपाली साहित्यमासम्भवत पहिलो पल्ट नोबेल पुरस्कार बिजयी डा. चार्ल्स टोवेंस मैथिली ऐयरबाट विमोचित हुने अवसर यो कृतिले पाएको छ।

ध्रुव  थापाका कविता गीतयसको सम्पादन गोविन्द गिरीप्रेरणाले गरेका हुन् यसको प्रकाशकराइटर्स क्लव, काठमाडौं हो यो २०१०/२०६६ मा छापिएको हो ध्रुव थापाको यो पहिलो साहित्यिक पुस्तकाकारकृति हो यो कृतिमा ३२ वटा कविता २७ वटा गीत छन्

कविको आफ्नै बारेमाअनुसार उनले कक्षा पढ्दादेखि नै कविता लेख्न थालेका थिए तर प्रकाशितपुस्तक भने पद्यमा पछाएर अहिले प्रकाशित भएको पत्रकारिताको क्षेत्रमा सक्रिय रहेका कवि ध्रुवको योप्रकाशनमा बिलम्ब हुनुको कारण पत्रकारिताले फुर्सद नहुनु पनि हुन सक्छ उनको अनुसार अनगिन्ती अरुकविता छन् जो निकट भविष्यमा प्रकाशित हुनेछन्

कविता कुनै पनि व्यक्तिको हृदयको उद्गार हो यो आत्यन्तिक आवेगमा भावोद्वेलित हुँदा प्रकृतिमयभएर आउँछ प्रकृति नै मानवीकरण हुन पुग्छ कवि ध्रुवको छालहरू समुद्रका कविता यसको उदाहरण हो कविता फैलावट मा मानव मनको प्रकृतिको विशद विवेचना भएको नदी होअविरल बगिरहने, मन होनिरन्तर चाहिरहने

ध्रुवका कविता प्रकृतिमा मात्र रमाउने भन्दा पनि तत्कालीन सामाजिक, राजनैतिक गतिविधिमा बढीडुबेको पाइन्छ पहिलो कुरा उनी परदेशमा भएकोले देश छाड्नुका कारण, यो देशको पीडा, जीवनकोसङ्कटापन्न मनस्थिति अस्तित्वको खोज पहिचानको खोजीमा अग्रसर भएका छन्

मूल देशभक्ति

अमेरिकामा बसे पनि आफ्नो मूल थलोको चिन्ताले उनलाई सताएको वस्तुलाई कविता देश आफ्नै गौरवखोजिरहेछ ले प्रखर रुपमा प्रस्तुत गरेको यौटा नमुना

किन आज खण्ड खण्ड भएर

अस्तित्वहीन हुन खोजिरहेछ नेपाली

देश आक्रान्त भयभीत भएर, रोएको

देश हिमाल, पहाड मधेसको नाममा

खण्ड खण्ड भई आफ्नै दुर्भाग्यमा

विचलित वेवारिस भएर रोएको  

कवि त्यही कवितामा अखण्ड देश रहोस् भन्ने कामना मात्र हैन उनलाई चिन्ता कि राष्ट्रमा बितण्डाहुदै गएकोले एक दिन टुक्राटुक्रा होस्  त्यो पीडालाई त्यो देशको पीडा यो कविताले यसरी पोख्छ

देश आज निरीह विवश भई

आफ्नो पहिचान खोजिरहेछ 

आफ्नो पहिचान खोजिरहेछ

देश आज अखण्ड नेपालीको

गौरवमय इतिहास खोजिरहेछ

कविता संग्रह आफ्नो मूल राष्ट्रप्रति यति धेरै चिन्ता प्रकट गर्छ तर नेपाली कवि स्वयम् अरुहरू पनिनेपालबाट बाटो बिराएर हिँडेका पथिक किन बने ? यसमा पथिकको उत्तर यो

एउटै कुरा जान्दछ

बेरोजगार

सहजै पाउने

यही मात्र रोजगार

समय जसरी भए पनि काट्नै पर्यो 

एक छाक जसरी भए पनि खानै पर्यो 

बेकारीको समस्याले नै विदेशिनुपरेको कुरा कविताले उल्लेख गर्छ देश छोड्नु कुनै रहरको कुरा हैन विना काम उद्योग घरमै बस्दा पनि राम्रो हुँदैन।  छिमेकीहरूले नै नालायक भन्दछन् त्यसको प्रमाण हो:

घरमै बसी रहँदा गाउँ घरले

नालायकको संज्ञा दिने डर

घर बाहिर निस्कदा सबले

उसको इज्जत गरोस् भन्ने रहर

नेपाली युवाहरूको निर्वासन भावनाको पछाडि यिनै कुरा सक्रिय छन् आज नेपाली केही गर्न समाजमाइज्जतसाथ बाँच्न पनि विदेश पलायन भएको एकातिर भने अर्कोतिर बाहिर भएकोले आफ्नै काखमा राख्नेकुनै प्रकार कानुन विकास गर्न सकेको छैन देशले कम्तिमा एक पटकको नेपाली सदाको नेपाली मात्र पनि केहीनिदान हुन्थ्यो एक नेपालीले आफ्नो परिचय निर्धक्क भई दिन सक्थ्यो बाटो बिराएको भए पनि पथिक सहीबाटोमा नै हुन्थ्यो तर त्यो भएको छैन पीडा यही हो देशभित्र भए पनि बाहिर भए पनि, जति नारा जुलुस लगाएपनि बेकार

पाताल नाम अमेरिकालाई दिएका छन् तर ऐल पाताल होइन, स्वर्ग भएको त्यसैले दुनियाँ यहाँ स्वर्गखोज्न आउँछन् मरे पछि हैन, जिउँदो छँदै स्वर्ग भोग्न पाउँछन् उसले भन्छ: नेपाल भारतका जस्तोलोभलालच दम्भलाई त्याग्नुपर्छ अनि यो साँच्चै स्वर्ग बन्दछ विदेश हैन विश्ववन्धुत्व नै हुन्छ   मात्र योसोचेअनुसारको स्वप्नलोक यथार्थमा प्राप्त हुन्छ पातालमा स्वर्गको खोजी कविता यसैको प्रमाण हो पातालहैन स्वर्ग पनि हैन यो धर्ती स्वप्नलोक पनि हैन वास्तवमा यथार्थमा एक डायस्पोरिक इन्भिजिवल कल्चरको नयाँभावभूमि हो, जहाँ यो आजको विश्वग्राम बसेको त्यसैले कवि लेख्छन्:

पातालमा स्वर्ग खोजेर कहाँ पाइदो रहेछ

तर पनि रमाउन कमाउन बाध्य छन् 

स्वर्गको मीठो सपना खोजिरहेछन्

सबैथोक उल्टो भएको यो पाताल लोकमा

                   – पातालमा स्वर्गको खोजी

यो कविता उत्तरअमेरिकाली नेपाली डायस्पोरा साहित्यको प्रतिनिधि कविता हो यसले यथार्थलाईबोकेको

पुरानो ठाऊँ, मूल थलोको समस्या नयाँ इच्छित भूमिको समस्या दुवैलाई यो कविताले उजागर गरेको डायस्पोराका समस्या नेपालीका मात्र हैनन्, इन्डिया लगायतका छन् समसामयिक कुरा गर्दा भरखर मोदीलेओभरसिज सिटिजन अफ इन्डियालाई सक्रिय बनाएर समुद्रपारका आप्रवासी भारतीयहरूलाई आजीवन भिसालिनुनपर्ने गरी राजनैतिक अधिकार बाहेक आर्थिक साँस्कृतिक आदि सहित सबै अधिकारको इन्डियाकोनागरिकता नै दिए यो नियम एक प्रकारले सार्क कन्ट्रीजमा सबैले अनुसरण गर्न सक्छन्,  नेपालले पहिले नैगर्नु पर्ने हो अब द्वैध नागरिकता दिन कुनै बाधा भएन यी बाहिरी कुरा हुन् जनजीविकाका कुरा हुन्

कविता बौद्धिक हुन्छ बाहिरी कुरा भन्दा पनि गहिरो जीवन कै प्रश्नमा तरङ्गित हुन्छ यस्तो गहिरोकवितामा  कुनै जात जाति, राष्ट्र धर्म सम्पादकसित कुनै सम्बन्ध हुन्न बरु समग्रमा जीवनको अर्थकोसन्दर्भमा हेरिन्छ  

आज विश्वासको पर्खाल ढलेको परिवार मूल्यहरूको विघटनले गर्दा नै आजको अस्थायित्व, अशान्ति,अनवरत हडताल जुलुसका पैतालाहरू लम्किरहेका छन्

विश्वासको पर्खाललाई अस्तित्वहीन भएर

बगाइरहेछ हाम्रो सारा आस्था विश्वासका पर्खाललाई

                             विश्वासको पर्खाललाई

जति अविकसित देशबाट विकसित देशमा पुगे पनि आज पूर्ण शान्ति कही छैन मान्छेले आफैलाईनियन्त्रण गर्न नसकेसम्म मानव यो अशान्तिको ज्वालामा अझ दन्किरहन्छ बाँच्नै कठिन हुन्छ:

एक घुट्नो पानी पिउनदेखि

एक श्वास जिउनसम्म

यहाँ जिन्दगी दाउमा लगाएर हिँड्नुपर्छ 

थाहा हुन्न कुन गल्लीमा

यो ज्यान जोगाउन कोसित भिड्नुपर्छ

                             बाँच्ने गाह्रो भो

हिजोको जस्तो सरलता जीवनमा ,   कथामा ,   उपन्यासमा  नै हेर्ने नजर पनि फेरिएकोपरिप्रेक्ष्यमा यो जटिल जीवनको अर्थको गाँठो फुकाउन पनि गाह्रो  परिवेश प्रविधि पनि जटिल बन्दै गएको यो जीवनको सङ्कटबोध यी कवितामा उत्रेको :

एक घुट्को पानी पिउन देखि

एक श्वास जिउनसम्म

यहाँ जिन्दगी दाउमा लगाएर हिँडनुपर्छ 

थाहा हुन्न कुन गल्लीमा 

यो ज्यान जोगाउन कोसित हिँड्नुपर्छ

                            बाँच्नै गाह््रो भो यहाँ

यस्ता जीवन जगत्का प्रश्नहरूमा ध्रुवका कविता गीतहरू खरा उत्रिएका छन् गीतहरू बढी वियोगजन्यश्रृङ्गार नमुना बनेका छन्

कलाका दृष्टिले पनि ध्रुवका कविता गीतहरू उल्लेखनीय छन् अनुप्रास उनको प्यारो पक्ष हो मृगतृष्णा माआएको कुर्सीदेखि बुकुर्सीसम्म यसको उदाहरण हो

व्यञ्जना वृत्तिमा प्रसाद गुणसम्पन्न कविताहरू छन् तीमध्येमा यसपाला दशैमा कविताका यी हरफहरू:

सधैं नरवली चढाउन थालिएको यो देशमा

सायद वन जंगल सकिएर होला दाउराको सट्टा

टायर लगाउन थालिएको यो देशमा

सायद खसी बोका राँगा सकिएर पो हो कि

यी हरफहरूले हिंसा, हत्या अमानवीय अपराधहरू चर्किएको अवस्थालाई तीव्र व्यंग्यमा प्रस्तुत गरेकाछन् बारुदका खेतीहरू शब्द नै व्यंग्यार्थ भएको यहाँ खेती जस्ता ध्रुवका कविताले जनयुद्ध ताकाकानेपाली समाजको त्रासलाई पनि बोकेका छन् त्यसैले तत्सम्बन्धी लक्षण व्यञ्जनावृत्तिका कविता छन्

पौराणिक बिम्बहरू ल्याएर ध्रुवले कवितालाई सशक्त बनाउँछन् त्यसको एक उदाहरण:

विवश भीष्मपितामहहरू आफ्नै पीरको 

ओछ्यानमा लडेका छन्, 

यसैले हरयुगमा महाभारत रचिन्छ

थाहै नपाई द्रौपदी बन्न पुग्छन् नारीहरू

सीताको अग्निपरीक्षा लिइन्छ यहाँ

किन कि चारैतिर ध्रृतराष्ट्रको शासन यहाँ

किन कि चारैतिर सकुनी मामाको चाल यहाँ

यसैले जिन्दगी साच्चै बेहाल यहाँ

                             – जिन्दगी बेहाल यहाँ

उपमा बिम्बका सुन्दर नमुनाहरू प्रयोग भएका छन् जस्तै

चेसको गोटी जस्तै कति नचाउँ यो मनलाई

वलिको बोका जस्तै कति चढाउँ यो मनलाई

                            तिम्रो यादमा

कविताजन्य गीतहरूमा पनि कलाको सुन्दर संयोजन : विप्रलम्ब श्रृङ्गार भएका रोमान्सेली गीतहरूभएको पाइन्छ

ध्रुव थापाका कुक बुक आदि पनि छन् तिनले आर्थिक फायदा दिए पनि यो कविता गीत कृतिलेउनलाई यौटा दरिलो नेपाली कवि तथा गीतकारको रुपमा अमेरिकी नेपाली समाजमा उभ्याएको  


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading