By

Published on

तेस्रो टोपी दिवसले पाएको चर्चा

तेस्रो अन्तIMG_0740र्राष्ट्रिय टोपी दिवसको अवरमा अहिले फेसबुकभरि टोपीको प्रदर्शन बढेको छ । देश विदेशमा बस्ने हरेक नेपालीले कमसे कम वर्षमा एकदिन नै भए पनि शिरमा टोपी लगाएर फेसबुकमै भए पनि टोपी दिवस मनाउन थालेका छन् त्यो राम्रो कुरा हो । यसले हाम्रो टोपीको मात्र प्रचार नभएर सिंगो नेपाल र नेपालीको मान सम्मान सगरमाथा जस्तै अग्लो बनाएको छ । जसले पनि जुनै देशमा जादा पनि बोक्न सक्ने र चाहिएको बेला शिरमा लगाउन सक्ने यो टोपी , टोपी दिवसको लािग मात्रै नबनोस् । अहिले युवाहरू मात्र होइन युवतीहरू पनि ढाकाटोपी लगाएर फोटो खिचेर फेसबुकमा हाल्न आतुर देखिन्छन ।
जे होस् यो फेसबुकबाटै सुरु भएको अभियानले झन्डै अंग्रेजी नयाँवर्ष नै बिर्सने गरि फेसबुकको भित्ता भरिनै ढाकाटोपीले प्रमुखता पाई रह्यो चाहे युवाहरू होस् वा युवतीहरू सबै ढाकाटोपीमा गमक्क परेर नेपाली बनौँ र नेपाली पनमा रमाऔँ भन्दै आफ्नो स्टाटस अपडेट गरिरहेका देखिए । १ जनवरी २०१६ भरि नै सबैलाई हतार देखिन्थ्यो कतै आफ्नो ढाकाटोपी लाएको फोटो हाल्न ढिलो होलाकी भनेर ।
तर, थोरैलाई थाहा होला सन् २०१३ को अक्टोबरतिर लन्डनमा अध्ययनरत गोरखाका रामचन्द्र मरहट्टा उर्फ मचराले यस अभियानको सुरुआत गरेका हुन् भन्ने बारेमा । सायद उनले पनि सोचेका थिएनन् होला यति चाडो यो अभियान यति धेरै सफल हुन्छ भनेर । फेसबुकबाटै नेपाली टोपी दिवसको सुरुआत भएकोले अहिले फेसबुकभरी यसले प्रमुख स्थान पाउनु स्वाभाविक पनि हो र यो सोसियल मिडियाको करामत पनि हो । सायद चाँडै नेपालमा यसले सरकारी स्तरमै मान्यता पनि पाउला । जे होस् अहिले हेर्दा यही अभियानले गर्दा पनि नेपाली टोपीको लोकप्रियता युवाहरूमा ह्वात्तै बढेको छ । तर कताकता अलिक असुहाउँदो पनि देखिँदो रहेछ एउटै टोपी केटा र केटीले लगाउँदा । कसै कसैले त फेसबुक र ट्वीटरमा यसको नराम्रो प्रतिक्रिया समेत लेखेको देखियो । सायद मर्दको शान हो ढाका टोपी भनेर हुन् सक्छ । यो एउटा शान मात्रै नभएर समग्र नेपालीको पहिचान पनि हो, त्यो हामीले भुल्नु हुँदैन । त्यसैले मैले नारीले ढाका टोपी लगाउनु हुँदैन भन्न खोजेको होइन । पुरुषसरह लुगा लाउन हुने र यो टोपी किन लाउन नहुने भने प्रश्न अवष्य उठ्न सक्छ र म पनि लगाउन हँुदैन भन्ने पक्षमा पटक्कै छैन ।
टोपीकै कुरा गर्दा विभिन्न देशमा र अहिले फेसनमा आएको टोपी अथवा क्याप नारी र पुरुष दुवैले लाउने पनि पाइन्छ । तर विशेष गरेर औपचारिक रूपमा टोपीलाई हेर्ने हो भने नारी र पुरुषले लाउने टोपीमा अवश्य फरक हुने गर्दछ जस्तै, टोपीको रंग, आकार र त्यसमा बनाइएका डिजाइनहरू जसलाई हामी सजिलै चिन्न सक्छौँ । नेपालीले पनि ढाकाटोपीवाहेक अन्य टोपी जाडोको मौसममा होस् वा वर्षाको मौसममा लगाउँदा कसैले वास्ता गर्दैन किनकी त्यो टोपी एउटा आवश्यकता वा फेसनको रूपमा प्रयोग भएको हुन्छ ।
तर, एउटा देश सम्प्रदाय वा जातिलाई चिनाउने टोपी लगाउँदा सुहाउँदो पनि हुनुपर्छ र अलिक फरक खालको पनि हुनुपर्छ भन्ने मान्यता मेरो छ । यसमा धेरैको फरक मत पनि हुन सक्ला । नेपालकै कतिपय पहाडी जातिहरूमा नारी पुरुष दुवैले लगाउने टोपी छन् र उनीहरूलाई त्यो टोपीले निक्कै राम्रो देखिन्छ पनि र उसको पहिचानसमेत झल्कन्छ ।
अहिले जुनप्रकारले अन्तर्राष्ट्रिय स्तरमै ढाकाटोपी दिवस अंग्रेजी महिनाको पहिलो तारिखमा मनाउने चलन बसेको छ र अहिले तेस्रो वर्षमा आइसक्दा सायदै कुनै नेपाली होलान् जसलाई ढाकाटोपी दिवसको बारेमा जानकारी नहोला । यसको एउटा उदाहरण नेपाल वा विश्वभरबाट निस्कने नेपाली मिडिया होस् वा सोसियल मिडिया, गतवर्षको तुलनामा यो टोपी दिवस धेरै लोकप्रिय बनेको महसुस गरियो । महिला होस् वा पुरुष सबैले गर्वका साथ् शिरमा ढाकाटोपी लगाएका फोटाहरू देखिए ।
तर, भोलि चौबन्दी चोलो दिवस पनि मनाउने भनियो भने के पुरुषले लगाउलान् त चौबन्दी चोलो र गर्वले सोसियल मिडियामा सेल्फी खिचेर हाल्लान त ? हुन त नारीले जहिले पनि पुरुषको जस्तै लुगा लाएर हिँड्ने छुट छ तर पुरुषले त्यसो गर्न सक्दैनन् वा चाहँदैनन् । यसमा नारीले पुरुषसरह हुनका लागि लगाएको भन्ने पनि सुनिन्छ तर अहिले आएर नारीले पुरुषको जस्तै लुगा लगाएता पनि त्यसमा नारित्व झल्कने डिजाइन बनेका हुन्छन् ।
पुरुष र नारीले लगाउने प्यान्ट वा सुरुवालको कुरा गरौँ, त्यसको बनावट अलिक फरक र नारी र पुरुषलाई भनेर फरक डिजाइनमा बनाइएको हुन्छ र लगाउँदा सुहाउने मात्र नभएर शरीरमा मिल्ने समेत हुन्छ । यो फेसन डिजायनरले धेरै अनुसन्धान र मेहनत गरी तयार पारेको हो । त्यसैले नारी र पुरुषले लगाउने कोट प्यान्ट होस् वा सुरुवाल कमिज सबैमा नारीत्व झल्कन्छ र सुन्दर देखिन्छन् ।
त्यसैले, अब यो ढाकाटोपी पनि नेपाली नारीले निक्कै रुचाएर लगाएको देखियो र सायद उनीहरूलाई पनि सोसियल मिडिया मा सेल्फी खिचेर हाल्न मात्र नभई विशेष समारोहमा समेत सहज रूपमा लगाउन सक्ने डिजाइन निर्माण गरे राम्रो होला जस्तो लाग्छ । सायद यो अहिलेको समयको माग पनि हुनसक्छ र फेसन डिजाइनलाई राम्रो आम्दानीको श्रोतसमेत हुनसक्ने देखिन्छ ।
विशेष गरेर नेपाल बाहिर बस्ने हरेक नेपालीले नेपालबाट आउँदा वा कोही आउँदा ढाकाटोपी र नेपालको झन्डा ल्याउन लगाउँछन् र विषेश जमघट वा कार्यक्रममा शानका साथ लगाउँछन् । चाहे शरीरमा जस्तोसुकै लुगा लगाएको किन नहोस् शिरमा ढाकाटोपी लगाइसकेपछि ऊ नेपाली बन्छ र त्यसैमा गर्व महसुस गर्छ ।
साथै यो सजिलो पनि र हरेक नेपालीले आपूmसँग देश विदेश जहि जाँदा पनि लिएर जान सक्ने र जस्तै बेलामा पनि लगाउनु पर्दा लगाउन मिल्ने भएकाले ढाकाटोपीको महत्व अहिले विदेशमा धेरै बढेको छ । तर, नारीहरूले जबसम्म चौबन्दी चोलो, वा साडी चोलो लाउँदैनन् तबसम्म विदेशको कार्यक्रममा यो नेपाली रहेछ भनेर छुट्टाउन सकिँदैन ।
त्यसैले अहिले हरेक नेपालीले शिरमा हिमाल र सगरमाथा बोकेको गर्व ठान्छन् । नेपाली नारीलाई पनि सजिलो र नेपालीको पहिचान देखिने केही भए हुन्थ्यो भन्ने लागेको हुन सक्छ । त्यसैले अब कल्चरल फेसन डिजाइनरले नारीलाई सुहाउने ढाकाटोपी बनाउन सके राम्रो हुने थियो होला ।
अलिक फरक खालको र नारीको सौन्दर्यलाई अझ निखार्ने खालको ढाकाटोपी चौथो अन्तर्राष्ट्रिय टोपी दिवसमा हेर्न पाइयोस यही छ यसवर्षको टोपी दिवस र अंग्रेजी नयाँ वर्षको चाहना । पुरुषले मात्र होइन अब हरेक नारीलेसमेत शिरमा सगरमाथा सिउरेर हिँड्ने गर्व अनुभूति गर्न पाउन् । जय टोपी दिवस ।
– See more at: http://www.souryadaily.com/2016/01/122723.html#sthash.5IZAo9fO.dpuf


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading