By

Published on

तिमिले छेपेको हिलोको मूल्य तिर्न पाउ।

 
हो हिज आज तिमि पनि ब्यस्त छौ
अनि म पनि तिमि जस्तै व्यस्त छु
फरक एति हो तिम्रो र मेरो सोच फरकछ
तिम्रो र मेरो नियत फरक छ।
तिमि हरेक गणितको सुत्रमा वियोग देख्छौ
म त्यहि गणितको सुत्रमा योग देख्छु।
तिमि सुन्यलाई मात्र सुन्य देख्छौ
म त्यहि सुन्यलाई सारा ब्रह्माण्ड देख्छु।

 
तिमि जहिले पनि रिसाउदै दिन्छौ
अनि म जहिलेपनि हास्दै लिन्छु।
दिनु र लिनुको यो खेलमा
जसले जे दिन सक्छ त्यहि दिन्छ
जसले जे लिन सक्छ त्यहि लिन्छ।

 
हो तिमि निर्लज्ज मलाइ हिलो छेप्छौ
तिम्रो मनको हरेक कुण्ठा मलाई पोख्छौ
त्यसैले त तिमि आफुलाई सुकिलो देखाउन
अरुलाई निथ्रुक्क भिजाउन चाहन्छौ
आफ्नो सरिरमा लागेको हिलो पुछ्नुको साटो
बरु अरुको सरिरमा हिलो  छेप्न  चाहन्छौ।

 
तर मलाइ पर्वाह छैन तिमीले छेपेको हिलोको
तिमि अझै धेरै कसरि छेपने तयारी गर्दै गर
म तिमीले छेपेको हिलोलाइ सम्हाल्दै गर्छु
तिम्रो त्यो हिलोमा म कमल फुलाउदै गर्छु।
 

सक्छौ भने अझै धेरै हिलो छेप्दै गर
म अझै धेरै फुल  फुलाउदै गर्छु
ताकि एकदिन तिम्रो  हिलो  छेपने हातहरुमा
एक गुच्छा कमलको फुल दिन पाउ
तिमिले छेपेको हिलोको मूल्य तिर्न पाउ।


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading