By

Published on

जुलाई १२ मा बर्कलीमा दुई नेपाली लायन्स क्लबको संयुक्त पदस्थापना हुने।

 

“हामी सेवा गर्छौं” (We serve) भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठुलो सामाजिक  सस्था लायन्स क्लब  इन्टरन्यासनलको छाता मुनि रहेर नेपाली र स्थानिय अमेरिकी समाजलाई समेत रचनात्मक सेवा पुर्याउँदै  आएको पवित्र सस्था लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णको दसौ   पदस्थापना तथा बे एरियामा गत बर्ष मात्रै स्थापना गरिएको दोश्रो नेपाली लायन्स क्लब, लायन्स क्लब अफ फ्रिमंट  सगरमाथाको दोश्रो पदस्थापना कार्यक्रम यही जुलाई १२ को साझ बर्क्ली मारिना स्थित हिज लर्डसीप रेस्टुरामा भब्यताको साथ् सम्पन्न हुन् लागेको छ  । अन्तरास्ट्रिय अध्यक्ष जो पृष्टन द्वारा उद्घाटन गरिएको सम्भवत पहिलो नेपाली लायन्स क्लब फ्रिमनट सगरमाथाले आफ्नो क्षेत्रमा उल्लेख्य सेवामुलक कार्यक्रमहरुको संचालन गर्दै आएको छ।

उक्त ऐतिहासिक १०औ  पदस्थापना कार्यक्रममा यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्थाका प्रमुख, पत्रकार , प्रतिनिधि तथा सदस्यहरुलाई हार्दिक निमन्त्रणा गर्दै हामी सेवा गर्छौ भन्ने भावणा का साथ् स्वागत गर्न चाहन्छौ।

एक दसक देखि अन्तरास्ट्रिय मूल्य र मान्यतालाई आत्मसात गर्दै यस क्लबले धेरै समाजसेवी र कर्मठ नेतृवहरु जन्माई सकेको यहाहरु सबैलाई बिदितै छ।  सोहि क्रममा अमेरिकामा बसेर नेपाली समुदाय मात्र नभई  यहाको समुदायलाई समेत नेतृत्व गर्ने क्षमता र अवसरको विकास गर्दै यस क्लबले हाल सम्म दुई जना जोन चियर (Zone Chair) र एक जना 2nd Vice District Governor जन्माई सकेको छ भने सोहि क्रममा यस क्लबले फ्रिमोंट मा दोश्रो क्लबको समेत स्थापना गरि सकेको छ।

तसर्थ यस गरिमाय दस बर्षको गतिबिधि र उपलब्धिहरु हामी यहाहरु संग साट्न चाहन्छौ र इच्छुक महानु भावहरुलाई यस पबित्र संस्थामा स्वागत गर्न चाहन्छौ। अन्तरास्ट्रिय   लायन्स क्लबले  ९८ बर्ष देखि निरन्त मानव सेवा र हरेक देसमा आई परेको दैबी प्रकोपहरुमा सहयोग जुटाउदै आएको छ जसको ज्वलन्त उदाहरण हालै नेपालमा आएको विनासकारी भूकम्पमा समेत घटना घटेको २४ घण्टा भित्र एक लाख डलर निकासी गरेर तत्काल राहत प्रदान गर्ने घोषणा लायन्स कल्ब का अन्तरास्ट्रिय अध्यक्ष जो प्रिस्टनले गरेका थिए। बिस्तृत जानकारी तलको  लिंकमा हेर्नु होला। ….  http://lionsclubs.org/blog/2015/04/25/nepal-earthquake/

विश्वको २०८ देसमा रहेको यस क्लबको साखा नेपालमा समेत रहेको जानकारी यहारुलाई पक्कै पनि थाहा होला र  नेपालमा रहेका लायन्स क्लबको सक्रियतामा धेरै उद्दारका कामहरु भइनै रहेको हामीलाई सर्ब बिदितै छ।  अन्तरास्ट्रिय लायन्स क्लबले सोहि भूकम्पलाई सहयोग गर्न विश्वभरिका लायन्स मेम्बर आफु रहेको देशबाट नेपाल भुकम्प राहत कोषमा सहयोग गर्न समेत तत्कालै आदेश दिएको थियो र सोहि क्रममा सहयोग जुटी  रहेको जानकारी क्लबको वेब्साइटमा उल्लेख गरिएको छ। http://lionsclubs.org/blog/2015/04/27/lions-respond-to-the-nepal-earthquake/

http://lionsclubs.org/blog/2013/02/11/video-of-the-week-lions-quest-program-in-nepal/

विश्वको २०८ देस हरुमा सेवा पुर्याउदै आएको यस पबित्र संस्था जसको मूल मंत्रनै “हामि सेवा गर्छौ” भन्ने रहेको छ र सोहि अनुरुप यसले लगभग एक सताब्दी देखिनै सेवा पुर्याउदै आएको छ भने यसका संस्थापक मेल्विन जोहन ले आज भन्दा ९८ बर्ष अघि स्थापना गरेको यस सस्थाको अन्तरास्ट्रिय अधिवेसन यहि जुलाइको पहिलो हप्ता अमेरिकाको हवाई राज्यमा हुदै छ।  जसमा भाग लिन विश्वका हरेक देशबाट आउदै छन् भन नेपालबाट समेत हरेक बर्ष उल्लेखनीय उपस्थिति रहेको छ।

बे एरियामा रहेका यहाहरु जो कोहिपनि यस पबित्र सेवामुलक संस्थामा संलग्न हुन् चाहानु हुन्छ भने यसको ढोका सधै खुला रहेको समेत जानकारी गराउन चाहन्छौ।

    साथै जून २० मा सम्पन्न रक्त दान कार्यक्रमलाई सफल बनाई दिनुहुने सम्पूर्ण मानब सेवामा लग्नु हुने दाता हरुलाई यस क्लबको तर्फबाट हृदयबाटै धन्यबाद दिन चाहन्छौ ।

सधै यहारुहकै सेवामा समर्प्रित

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण र लायन्स क्लब अफ फ्रिमंट सगरमाथा।

बिस्तृत जानकारीको लागि बर्क्ली अन्नपुर्ण को वेबसाइट मा जानु होला

http://berkeleyannapurna.org/

Please mark your calendar to celebrate with us..

Venue: HS LORDSHIPS Restaurant, 199 Seawall Drive, Berkeley, CA 94710

(GEORGIAN BALLROOM) The Georgian Ballroom offers panoramic views of the Bay Area, including the San Francisco skyline, Berkeley Hills and crystal ocean waters.) For more info visit: http://www.hslordships.com/our-event-rooms

Date: July 12, 2015 Sunday Time: 5:00 – 10:45 pm

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading