By

Published on

क्यालिफोर्निया स्थित नेपालीभासी अमेरिकन इमिग्रेसन अटोर्नी यज्ञ नेपालसँग गरिएको कुराकानी

yagyaक्यालिफोर्निया स्थित नेपालीभासी अमेरिकन इमिग्रेसन अटोर्नी यज्ञ नेपालसँग गरिएको कुराकानी

तपाईको परिचय ?

म यज्ञ नेपाल नेपालको सिन्धुपाल्चोक जिल्लामा जन्मेको र नेपाल ल क्याम्पस काठमान्डुबाट बाणिज्य सम्बन्धी कानुनमा स्नातकोतर गरि करिब ७ बर्ष जति नेपालमा कानुन ब्यवसाय गरेको थिए । म २००६ मा अमेरिका आएको हुँ र २००७ को अन्ततिर मैले UC Davis School of Law and University of the Pacific McGeorge School of Law बाट कानुन को पढाई पुरा गरि करिब २ बर्ष जति सेक्रेमेन्टो र सान फ्रान्सिस्कोका केही ल अफिसहरुमा लिगल अस्सिस्टेन्ट भएर काम गरेको थिए । म हाल अमेरिकाको एक रजीस्टर्ड कानुन ब्यबसाइ भएर क्यालिफोर्नियामा इमिग्रेसन सम्बन्धी कानुनको प्राक्टिस गर्दै छु । सन फ्रानसिस्को बे एरियामा मेरो आफ्नो ल अफिस राखेको छु । मेरो अफिस को ठेगाना 2140 Shattuck Avenue, Suite 506 B, Berkeley, CA 94704 हो मेरो संपर्क नम्बर ९१६ ५९५ ८६३८ (मोबाईल) र ५१० ६३९ ९१७१ अफिस को नम्बर हो । मेरो ईमेल info@yagyaimmigration.com र वेबसाईट http://www.yagyaimmigration.com हो

१ क्यालिफोनियामा कहिले देखी कानुनी ब्यबसायमा सग्लंन हुनुहुन्छ ?

म न्यु योर्क बार असोसिअसोनमा दर्ता भएको इमिग्रेसन अटोर्नी हुँ र अटोर्नी को हैसियेतले बिगत १ बर्ष देखि क्यालिफोर्नियामा इमिग्रेसन सम्बन्धी सबै खाले मुद्धाहरुमा प्रतिनिधित्वो गर्दै आएको छु । म अमेरिकन इमिग्रेसन लयेर्स असोसिएसन, अमेरिकन बार असोसिएसन तथा United States Court of Appeal for the 9th Circuit मा समेत आबद्ध छु ।

२, नेपालीहरुमा कस्ता कस्ता केसहरु बढि आउने गर्छन् ?

मैले हाल ईन्डिया, फिलिपिन्स, भुटान र नेपालका मानिसहरुको केसमा प्रतिधिनित्वो गरिरहेको छु । नेपालीहरुको सन्दर्भमा कुरा गर्दा बिशेष गरि नेपालमा द्वन्दपिदित भएर आएका मानिसहरुको लागि असाइलमा अर्थात शरणको लागि केस फाइल गर्ने, तिनीहरुलाई असाइल अफिस देखि इमिग्रेसन कोर्ट तथा बोर्ड अफ इमिग्रेसन अपिल सम्म प्रतिनीधित्वो गर्ने, डिपोर्टेसनमा परेका, अबैधानिक रुपमा अमेरिकाको बोर्डर पार गरि पक्राउ परेका मानिसहरुलाई डिटेन्सन सेन्टरबाट निकाल्ने र तिनीहरुको लागि इमिग्रेसन कोर्टमा उचित कानुनी उपचारको खोजी गरि देश् निकाला हुनबाट बचाउने आबस्यक कानुनी प्रयास गर्ने काम गर्दछु । तेस्का साथै बिभिन्न भिसा दिलाउने, अमेरिकाको ग्रीन कार्ड तथा नागरिताको लागि योग्य ब्यक्तिहरुलाई तेस्को लागि सबै कानुनी कागजात तयार गरि फाइल गर्ने, अमेरिकन नागरिक तथा स्थाइ बसिन्दासँग बिबाह भएका मानिसहरुको ग्रीन कार्डको लागि काम गरिदिने, तेस्ता ब्यक्तिहरुको नेपालमा रहेका नजीकका आफन्तहरुलाई अमेरिका आउनको लागि आबस्यक इमिग्रेसन सम्बन्धी निबेदन हरु गरिदिने, गम्भीर अपराधको सिकार भएका मानिसहरुलाई यू भिसा फाइल गर्ने तथा ब्यपार ब्यवसायमा लगानी गर्न चाहने मानिसहरु तथा कम्पनीको लागि L visa र योग्यता पुगेका मानिसहरुको लागि H1, E visa etc फाइल गर्ने काम हरु मुख्यगरी गर्दछु ।

३ शरणको केसहरु गर्दा क्यालिफोनिया र अन्य स्टेटमा के फरक पाँउन सकिन्छ ?

इमिग्रेसन सम्बन्धी कसेहरुमा अमेरिकाका सबै स्टेटहरुमा एउटै इमिग्रेसन कानुन को प्रयोग हुन्छ । तैपनि बिशेष गरि शरणको(असाइलम) निबेदनको केसको कुरा गर्दा क्यालिफोर्निया स्टेटलाई अली लिबरल स्टेट मानिन्छ । तेसैले मेरा धेरै क्लाइन्टस हरुले अरु बिभिन्न स्टेटहरुबाट यहाँ केस सारेका छन् ।

४, के क्यालिफोनियामा केसहरु बढि सफल हुन्छ भन्छनी ?

कुनै पनि केस सफल र असफल हुनमा मुख्य गरि त्यो केस को तथ्य के छ र निबेदकको माग दाबी कानुनको परिधी भित्र आउछ की आउदैन भन्ने कुराले निर्धारन गर्दछ । तैपनि कहीले काही केस हेर्ने न्यायधिसको ब्यक्तिगत स्वेचछा,बिचार, वरपरको परिबेस आदि जस्ता कुराहरुले पनि निर्णयमा फरक आउन सक्छ ।

५, के अन्य स्टेटमा बसेर पनि क्यालिफोनिया आफनो केस गर्ने सकिन्छ ?

क्यालिफोर्नियामा केस गर्न को लागि क्यलिफोर्नियाकै बासिन्दा हुनु पर्दछ र त्यो सबै स्टेटमा लागु हुन्छ । तपाईं यो राज्यमा बसेको प्रमाण, तपाईंलाई आफू बसेको ठाउको अनुभब, जानकारी आदि कुराहरु पनि तपाईंको केसको एउटा इस्यु बन्ने हुनाले तपाईं तेस्तर्फ सतर्क हुनु पर्दछ । तपाईं क्यालिफोर्नियामा बसेको आधारमा अरु स्टेटबाट तपाईंको केसको भेन्यु सजैलई सार्न सकिन्छ ।

६,बिशेषगरी केसहरु गर्दा के कुरमा ध्यान दिनु पर्छा केस गर्नेहरुले ?

बिशेष गरी शरणको केसमा निबेदकको भनाइ पत्यारलाग्दो, सत्य ठहरियो भने अरु कुनै कगजात नभएपनी तपाईंको बयानकै आधारमा मात्रै पनि न्ययधिसले केस पास गरिदिन सक्ने कानुनी ब्यबस्था छ । तेसैले केस गर्ने मानिसहरुले त्यो कुरा चाइ निकै राम्रो सँग बिचार गर्नु पर्दछ । तपाईंको केसमा तपाईंले बोलेका कुराहरु एक आपसमा बाझिने, तपाईंको सपोर्टिङ कागजातहरु एक आर्कामा नमिल्ने र तेस्को बैधानिकताको बारेमा कुनै आधार नहुने अवस्था आयो भने तपाईंको केस असफल हुन सक्दछ ।

७,कुनै स्टेटमा असफल भएको केसलाई अर्को स्टेटमा गएर पुन केस गर्ने सकिन्छ की सकिदैन ?

एउटा स्टेटमा असफल भएको केसलाई अर्को स्टेटमा गएर तुरुन्तै गर्न सकिदैंन बरु तेही केसलाई त्यो अदालत भन्दा मथिल्लो अदालतमा अपिल गर्न सकिन्छ । तपाईंको केस इन्कारी भयपछी पनि तपाईं वा तपाईंको परिवारमा कुनै नयाँ घटना घट्यो र तपाईंको कसेमा तेसले तत्विक असर पार्ने भयो भने तपाईंले पुन शरणको लागि निबेदन गर्न पाउनु हुन्छ तर तेस्बेला तपाईंको केस अली कठिन हुन सक्छ । तर स्टुडेन्ट हरुले गरेको शरणको केसमा असाइलम अफिस बाट इन्कारी भयी टुङियेको केसलाई त्यो स्टुडेन्टको भिसा सकियपछी पुन इमिग्रेसन कोर्टमा खोल्न सकिन्छ र न्यायधिसबाट सुनिवाइ गराउन सकिन्छ ।

८, तपाईंलाई संपर्क गर्ने कुनै मध्याम छ भने हाम्रा पाठकहरुलाई बताइदिनु हुन्छ की ,

मेरो संपर्क नम्बर ९१६ ५९५ ८६३८( मोबाईल ) र ५१० ६३९ ९१७१ अफिस को नम्बर हो । मेरो ईमेल र वेबसाईट हो । क्रिपया इमिग्रेसन सम्बन्धी कुनै जिज्ञासा छ भने मलाइ संपर्क गर्नु होला । प्रारम्भिक कानुनी सल्लाह निशुल्क हुनेछ ।

First published in hamrosamaj.net


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading