By

Published on

आऔ हामी सबै मिली आफनो देसको संबिधान बनाऔ

आऔ हामी सबै मिली आफनो देसको संबिधान बनाऔ र देशमा बसेर भत्ताखाने हरुलाई देखाईदिउ जनताले चाहे के हुदैन भनेर First published in  May 12, 2011 at 2:38am

सानोमा जन्मदिनको केक भन्दा नया लुगापाउने आशामा हरेक महिना औला गन्दै मनका लडडु फुटाइन्थ्यो केक काटन त जानीएकै थिएन तर निक्कै मिठो पक्वान पाक्थ्यो घरमा , आमाले भात खाने बेलामा अरुलाई भन्दा धेरै र पहिलै पस्किनु हुन्थ्यो र भन्नु हुन्थ्यो कान्छा त आज देखि एति बर्षको भइस र छेउमै बाबाले भन्नु हुन्थ्यो उमेरले हैन इमानले बाच्नु कहिले नराम्रो नगर्नु र सकेसम्म र तेरो बुद्धीले भ्याए सम्म राम्रो र नराम्रोको पहिचान गर्नु र सधै सत्यको बाटोमा हिडनु त्यसपछि भान्छामा मौनता छाउथ्यो कोहि बोल्दैन थिए आ आफनो भागको खाना खाएर निस्किन्थे कतै कसैले ह्याप्पी बर्थडे को गान गाउदैन थिए नत मैन बत्तीनै फुकेर निभाईन्थ्यो तर त्यस बेलाको जन्मदिन र आजको जन्मदिनमा आकास पातालको फरक भोगि रहेको छु हरेक बर्ष अमेरिका आए देखिनै मैन बत्तीलाई फुक्दै मन मनै विस गर्दै केक काटन थालेको छु तर कहिलेपनि रहरले जन्म दिन मनाउछु भनेरै केकचाहि काटन भनेर कहिले किनेर ल्याईएन र कुनै भोज वा जन्मदिनको पार्टीैको आयोजना गरिएन कहिले साथीहरुले त कहिले घरपरिवारले लुकाएर ल्याएर पि्रुजमा राखेको हुन्छ केक र राती सबैजना भेला भएपछि स ुटुक्कै केक निकालेर आफनो अघिल्तीर राखिन्छ यो मेरो मात्रै हैन प्राय सबैको यस्तै हुन्छ होला सायद यहु तर हाम्रो घरमा भने बर्षमा सात देखि बाह्रवटा सम्म केक काटिइन्छ हरेक बर्ष त्यो कसरी भने केटा केटीहरु नेपाली र अंग्रेजी क्यालेण्डर अनुसारै मनाउन खोज्छन जहिलेपनि म भन्ने गर्छु किन ल्याएको यो सब झमेला खै मलाई त केक काटन र यो मैन बत्ती निभाउनपनि मन लाग्दैन केटा केटिहरु एकै स्वरमा उत्तर दिन्छन काटनु त केक खान मन लागेर पो ल्याएको त एसो रमाईलोपनि हुने र केक पनि खान पाइने लो त भनेर आफुपनि केट काटेर सबैको मुखमा केकको बुचो लाईदिन्छु लौ रमाइलो गर अव त्यस बेला सम्ममा कम्प्युटरले ह्याप्पी बर्थडेको गीत गाउन थालिसकेको हुन्छ यस्तै छ यहाको रित …॥
थाहै नपाई यसपालीको जन्म दिनसम्ममा त नौ ओटा केक काटिइसकिएछ सायद अमेरिकामा जीवनलाई नया ढंगमा अघि बडाएकोमा होला नौ वटा केक काटि सक्दापनि नव ग्रह भने भगाउन सकिएको छैन न त आफनो जन्म घरको त्यस भान्छाघरमा बसेर जन्मदिनमा पाकेको मिठो परिकार संगै आमा र बाबाको आर्शिवादनै थाप्न पाईएको छ आज केक काटेर घरमा फोन गरेर आमा बा सित बोल्दा उल्टा हप्किपो खाईयो किन हिजो फोन नगरेको तेरो जन्मदिन पनि विसर्ीसकि क्या हो हामीभने तेरो फोन आउछकि भनेर यहाँ घरमा मिस्टान्न भोजन बनाएर बसेको र्तैले भने फोनै गरिनस् थाहाँ छ बाले खानै नखाई राती सुतनु भयो खै जीउ सन्चो छैन भनेर सुतनु भयो तर वास्तवमा तैले फोन नगरेर नियास्रो लागरे हो हुनत मैलेपनि खाना खाईन…………उता बाट फोनमा केहि क्षण शान्त छायो मपनि केहि बोल्नै सकिन एक छिनको मौनतालाई तोडदै आफै भने हैन मेरो जन्म दिन त आजपो हो त यहाँ त्यसैले आज फोन गरेको नि अ तैले भनेर हुन्छ एक दिन को फरक भएपनि समयत उहिनै होनि यदि यहा कुनै बच्चा जन्मियो भने त्यही समयलाई मान्नुपर्छ त्यहाँ भने एकदिन पछि जन्मियो भनेर भन्न मिल्छ मेरो मा कुनै जवाफ थिएन मन मनै सोचे हो त नी तर के गर्नु तारिक अनुशारत मान्न पर्योनि जन्मदिनपनि तर मैले आमालाई यो बुझाउनै सकिन किनभने वहाँको भनाईमा सत्यता थियो र सत्य एउटै हुन्छ जति बेला आमाले घरमा मलाई सम्झिनु भाको थियो त्यहि समयत हो नी मलाई जन्माएकोपनि आखिर यहा एकदिन पछि सुर्य उदायो भन्दैमा मान्छेपनि एकदिन पछि जन्मन्छत
तर वास्तवमा भने मैले यहा आफनै कार्य व्यस्तता र भागदौडले होला आफनै जन्मदिन समेत भुलेको थिए तर फेस बुकको चमत्कार र यस सामाजिक संजालको करामत विहानै देखि जन्मदिनको बधाईको ओइरो लागेको थियो मेरो आइफोनमा र हरेक मिनटमा नया म्यासेजको टोनले दिनभरिनै सताएको थियो । यो फेसबुकलेपनि गजबै गर्छ बा…॥
जेहोस मेरो त सहि जन्मदिन हालेको रहेछु फेसबुक प्रोफाईलमा मेरो एक जना चिनेको दाईको त जन्मदिन चैतमा हो भनेर मलाई धेरै पल्ट भन्नु भाकै हो तर यसपालीको असारमा वहाँलाई पनि जन्मदिनको बधाईको ओइरो लाग्यो मन मनै सोचे बधाई दिउकि नदिउ भनेर तर मन मानेन सबैले दिइरहेको बेला आफुभने पछि परिने भयो भने र हतार हतार बधाईसन्देस पठाए तर मन भने मानेकै थिएन जे होस धेरै दिन भयो न भेटेको पनि एसो फोनै गर्न मनलाग्यो र फोनमापनि शुभकामना दिए उल्टा हप्की खाईयो ए तिमी पनि मलाई जिस्काउने मैले केहि बोल्ने पाएको थिईन उता बाट अलिक मलिन स्वरमा उत्तर आयो हन किन सबैले आज मलाई शुभकामना दिइ राखेकाछन मैले भने हैन तपाइको फेसबुक प्रोफाईलमा आज तपाईको जन्मदिन भनेर आएको छनि त्यसैले पो त तर मलाई भने पत्यार नलागेर एसो बुझन फोन गरेकोनि…॥
ए त्यसो पो हो अ यो फेसबुकमा आफनै जन्मदिनको जानकारी आफुलाई चाहि नआउने तर सबै साथीहरुलाई भने जाने कस्तो संजाल बनाएको हो यो सायद सरप्राईज दिनै एसो गरिएको होला… यस विषयमा निक्कैलामो गफ र हासो चलेको थियो हामी विच तर कुरै कुरामा वहाले भन्नु भयो मैले आफनो आइडेन्टीटी थेपवाट(Identity theft) बचाउनपो अर्कै डेट राखेको त कहाँ यस्तो सामाजिक संजालमा आफनो बारेमा सबै जानकारी दिने हो त तर जे होस यो कम्प्युटरको खेलहो यस्ले कुरा घुमाएर बुझदैन जस्तो डाटा हालेको छ त्यहि त दिने हो नी मान्छेलाई जस्तो यस्लाई कहाँ संका लाग्छ र सोध्छ तर मेरो जन्मदिनमा भने शुभकामनाको आईरो लाग्यो तर घरमा फोन गर्दाभने हप्की खाईयो यो मेरो पनि भुल थिएन न त मलाई शुभकामना दिने मेरा शुभचिन्तकहरुको नै वहाहरुलेत आफनो प्रोफाईलमा जे देखे त्यसै त गरेनी …।
तर नेपालबाटभने एउटै पनि शुभकामना पहिलै आएन तर भारतबाट भने एकजनाले पठाएको थियो सबै भन्दा पहिले मेरो यहा जन्मदिन सुरु भएकै थिएन तर त्यहाँको समय अनुशार मेरो त्यहाको फेसबुकमा जन्म भईसकेको थियो ।
तर अचम्म लाग्यो मेरो त्यती धेरै मित्र र आफन्तहरु नेपालमा हुदा हुदैपनि किन कसैले शुभकामना लेखेननतर आज जन्मदिन वित्नै आटदा एटामित्रले शुभकामना साथै यो पनि लेखेका थिए ” मित्र के गर्नु समयमा शुभकामना समेत दिन पाईन यसपल्ट तिमीलाई हेर न आज त दोस्रो दिन भईसक्यो यहा त त र जेहोस त्यहा त आजै हो नि तिम्रो जन्म दिन…। के गर्नु मित्र यो लोडसेिडंगले गर्दा कम्प्युटर भएरैपनि खोल्न पाईदैन आज बल्ल बल्ल १८ घण्टापछि लाईन आयो र फेसबुकमा तिमीलाई धेरैले शुभकामना दिएको देखेर सानै देखिको साथीलेपनि भुलेछ भन्लाउभनेर ढिलै भएपनि लेखेको है…साथीको म्यासेज देखि तल भने नेपालबाट आएको शुभकामनाको ओहिरो थियो विचरा नेपाली जन्ता जन्मदिनको शुभकामना दिनपनि नपाउने समयमा कसरि संबिधान लेखने हो …………॥
यस बर्षको जन्मदिनमा खै किनहो धेरै कुराहरु खेल्यो यो मनमा हुनपनि किन न खेलोस यस पाली जत्ति शुभकामना मेरो जन्म दिनमा कहिले पो पाएको थिए र थाहाँ छ आज मेरो जन्मदिन वितिसक्दा सम्ममा मलाई शुभकामनादिने हरु १,२३३ जना रहेछन् म त दंगै परे यस पालात …… यो सब फेसबुककै चमत्कार हो ।
जलश्रोतको धनी देसमा पानीबाट उत्पादन हुने विजुली औशीको जुन जस्तै भएको छ सायद यस्ले नेपलाको अन्धकार भविष्यको संकेत पो दिएको होकि नेता र सान्सदहरु संविधान बनाउन ढिलो हुनमा लोडसेिडंगको कारण मात्रै देखाउन बाकी रहेको छ अब सायद त्यो पनि कसै कसैले त भन्दै होलान।
अचानाक मेरो दिमागमा एउटा कुरा फुर्यो म जस्तो जाबो एकजना साधारण मान्छेलाई एति धेरै जन्मदिनको शुभकामना यो फेसबुकको कारणले आउछ भने अहिले नेपालमा संविधान बनाउन जुन कसरत भईरहेको छ र समयमा नहुने संकेत देखिदैछ बरु हामी सबै मिलेर यो फेसबुकमै नया नेपालको संविधानको मस्योदा एकै रातमा सबै मिलेर बनाउने होकि? समावेसि संविधान , जनताको संविधान र हरेक जनताको प्रत्यक्ष सहभागितामा सबैको हितलाई हेरेर यहि फेसबुकमै संविधानपो लेख्ने होकि? आऔ हामी सबै मिली आफनो देसको संबिधान बनाऔ र देशमा बसेर भत्ताखाने हरुलाई देखाईदिउ जनताले चाहे के हुदैन भनेर …….

जय फेसबुक……………


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading