By

Published on

अमेरिकामा नवनिर्वाचित अन्तर्राष्ट्रिय अध्यक्षद्वारा पहिलो पटक नेपाली लायन्स क्लबको उद्घाटन

क्यालिफोर्निया प्रतिनिधी – जुन १२, २०१४ को साँझ फ्रीमोन्ट म्यारिओट सिलिकन भ्याली होटेलमा एक भव्य समारोहबीच नवनिर्वाचित लायन्स क्लबका अन्तर्राष्ट्रिय अध्यक्ष जो प्रेस्टनबाट लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको सौजन्यमा स्थापित लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथाको विधिवत उद्घाटन गर्नु भएको छ । सम्भवत नेपाल वा नेपाल बाहिर रहेको नेपाली समुदायबीच को लायन्स क्लबको यो ऐतिहासिक उद्घाटन अन्तर्राष्ट्रिय लायन्स क्लबका अध्यक्षबाट गरिएको हो ।

us1विश्वको सर्वाधिक ठूलो र सम्मानित सेवामुलक संस्था लायन्स क्लब्स इन्टरनेश्नल अन्तर्गत नेपालीहरूले पनि नेपाली लायन्स क्लबहरू खोलेर अन्तर्राष्ट्रियरुपमा आफूलाई राम्रा समाजसेवीहरूको रुपमा चिनाउदै आएका छन् । नेपाली अमेरिकी इतिहासमा दोश्रो लायन्स क्लबको रुपमा चार्टर भएको लायन्स क्लब अफ बर्क्ली अन्नपुर्ण अमेरिकाको सबै भन्दा ठूलो नेपाली लायन्स क्लब हो । यो क्लबले आफ्नो डिस्ट्रिक्त ४ सी ३ र अन्तर्राष्ट्रिय स्तरबाट पनि आफ्ना उदाहरणीय सेवाहरूको लागि सम्मान प्राप्त गरि सकेको जानकारी दिदै आउदो दिनहरुमा नयाँ क्लब बाट पनि उल्लेख्य सेवा मुलक कार्य हुने अपेक्षा राख्दै अन्तर्राष्ट्रिय भूतपूर्व डाइरेक्टर डा. बिल आनाकोनिले नेपाल र नेपालमा रहेको लायन्स क्लबको बारेमा समेत जानकारी गराउनु भयो।

us2नवनिर्वाचित अन्तर्राष्ट्रिय अध्यक्ष जो प्रिसटनले नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै आफ्नो बक्तब्यको क्रममा हालै आफुपनि नेपाल गएको र नेपालको प्राकृतिक सुन्दरता, नेपालीहरुको आथित्य सत्कारबाट आफु प्रभावित भएको र नेपालीहरुको लायन्स क्लब प्रतिको समर्पण र योगदानको समेत प्रसंशा गर्दै आउदो दिनहरुमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली लायन्स क्लब अघि बढ्दै गरेको समेत जानकारी गराउनु भयो ।

us3क्यालिफोर्नियामा दोश्रो नेपाली लायन्स क्लबको रुपमा जन्मिएको लायन्स क्लब अफ फ्रिमोंट सगरमाथा क्लबको चार्टर अध्यक्ष राजन बर्तौलाको अध्यक्षतामा ३३ जनाले लायन्स क्लबमा चार्टर मेम्बरको रुपमा प्रवेश गरिएको हो । नबगठित कार्य समिति र साधारण सदस्यलाइ लायन्स क्लबको बारेमा जानकारी दिने, तालिम दिने र संरक्षण गर्ने गरि गाइडिंग लायन बर्क्ली अन्नपुर्णका अध्यक्ष तिलक सुनार र लायन हरिहर दाहाललाइ अन्तर्राष्ट्रिय अध्यक्षले काम कर्तब्य र जिम्मेवारीको बारेमा जानकारी गराउनु भयो ।

us4नव गठित क्लबको चार्टर प्रेसिडेन्ट राजन बर्तौला तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णका अध्यक्ष लायन तिलक सुनारको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको संचालन लायन ध्रुव थापाले गरेका थिए । उक्त कार्यक्रममा नेपाली समुदाय, नेपाली संगसंस्थाको प्रतिनिधि र अन्य अमेरिकी लायन्स क्लबका प्रतिनिधि लगायत डिस्ट्रिक्टबाट समेत उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रममा सांस्कृतिक कार्यक्रमको संयोजन लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णकी नवनिर्वाचित कोषाधक्ष बिन्दु सापकोटा लगायतको समुहले नेपाल र नेपाली संस्कृति र भेषभूसाको प्रदर्शन र नृत्य समेत प्रस्तुत गरेका थिए ।

नब निर्वाचित अन्तर्राष्ट्रिय अध्यक्ष जो प्रेस्टन समेतले नेपाली लोक संस्कृति र नृत्यको प्रशंसा गर्दै कार्यक्रमको अन्तमा आफु समेत नाचेर भरपुर मनोरंजन गराउनु भयो । उक्त चार्टर साँझमा बर्क्ली अन्नपुर्णको तर्फबाट लायन ध्रुव थापाद्वारा सम्पादित स्मारिका “सगरमाथा” उपस्थित सबैलाई प्रदान गरिएको थियो । चार्टर साँझको विशिष्ट रात्रि भोज र मनोरन्जनात्मक कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर डा. डेनिश ग्रोटरियनले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा लायन्स क्लब वर्कलीका अध्यक्ष लायन तिलक सुनारले उपस्थित विशिष्ट अतिथिहरुलाई गौतम बुद्धको प्रतिमा र ढाका टोपी लागाएर सम्मान गर्दै उनले आफ्नो मन्तव्यमा सबैलाई कार्यक्रम सफल पार्न सहयोग गरेको र यो अति विशिष्ट साँझमा सबैको उपस्थितिको मुक्त कण्ठले प्रशंसा गरेका थिए । त्यसै गरि नव निर्वाचित चार्टर अध्यक्ष राजन बर्तौलाले आज आफु नयाँ क्लबको अध्यक्ष बनेकोमा आफु सम्मानित भएको र सबैको सहयोग र साथमा आउदो दिनमा सेवा मुलका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

चार्टर राजन बर्तोलाको अध्यक्षता मा गठित कार्य समितिमा २० जना रहेका चां जस्मा , प्रथम दोश्रो र तेश्रो उपाध्यक्षमा क्रमश श्याम त्रिपाठी, सन्तोष गिरि, संदेश उप्रेती,

मेम्बेरशिप चियरमा प्रकाश थापा,
कोसाध्यक्ष शंकर कार्की ,
सेक्रेटरी विशाल हाडा,
टेल टुविस्टर नारायण खनाल,
टेम्मर पुरुषोत्तम अधिकारि ,
गाइडिंग लायन तिलक सुनार,
हरिहर दाहाल ,
सल्लाहकारमा इश्वर सापकोटा, दिल्ली भट्टराई, राज कुमार गौतम , र निर्देशकहरुमा निर्मल अधिकारी, सन्तोष केसी अर्जुन थापा ,राम दाहाल, निराजन कार्की र अशोक खड्का रहेका छन्।

कार्यक्रममा शुभकामना मन्तब्य न्यान्सको तर्फबाट उत्तम कार्की, डिस्ट्रिकको तर्फबाट भूतपूर्व डिस्ट्रिक गभर्नर लिन्डा ग्रीफिन, गाइडिंग लायन हरिहर दाहाल, बर्क्ली अन्नपूर्णका गाइडिंग लायन एल सताके, बर्क्ली अन्नपूर्णका चार्टर अध्यक्ष राजन थापाले दिनु भएको थियो । कार्यक्रममा बर्क्ली क्लबका चार्टर अध्यक्ष राजन थापा, भूपू अध्यक्षहरु मणि नेपाली, रामचन्द्र ढकाल, चन्द्रकान्त धिताल, चिनकाजी श्रेष्ठ, लक्ष्मी चौधरी र बर्तमान अध्यक्ष तिलक सुनारलाई अन्तर्राष्ट्रिय अध्यक्ष जो प्रेस्टनले उनीहरुको क्लब प्रतिको योगदानलाई कदर गर्दै सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो । त्यसै गरि प्रशंसा पत्र स्मारिकालाई सौजन्य गर्ने सबै नेपाली व्यवसायीहरुलाई र सांस्कृतिक समुहको नेत्री बिन्दु सापकोटा लगायतका सम्पूर्ण कलाकारहरुलाई समेत प्रदान गरिएको थियो |

त्यसै गरि बर्क्ली लायन्स क्लबको पदस्थापना क्लबको दोश्रो नारि अध्यक्षको रुपमा हेमा पनेरुको अध्यक्षतामा यहि जुलाई २० तारिक हुने जानकारी क्लबको नियमित मासिक बैठकले निर्णय गरेको छ । केहि पधाधिकारिहरुको चयन प्रक्रिया पुरा नभैसकेको जानकारी गराउदै भुतपुर्ब अध्यक्ष लायन चीनकाजी श्रेष्ठले बताउनु भयो । साथै आउदो पदस्थापना कार्यक्रमलाई सफल पार्न कार्यकम संयोजक मनिल बाबु श्रेष्ठद्वारा सबैलाई आह्वान गरिएको छ ।

 


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading